site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्मला हत्या प्रकरण : एसपी विष्टसहित सबै प्रहरी रिहा
Ghorahi CementGhorahi Cement

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि छानबिन गर्ने क्रममा कमजोरी देखाएको आरोपमा बर्खास्तीमा परेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । कञ्चनपुर जिल्ला अदालतले उनलाई साढे १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

विष्टलाई अभियुक्तलाई यातना दिएको आरोपमा ६ लाख र प्रमाण नष्ट गरेको आरोपमा साढे ४ लाख रुपैयाँ धरौटी माग गरिएको कञ्चनपुर जिल्ला अदालतका रजिष्ट्रार हरिकृष्ण अवस्थीले जानकारी दिए । यसअघि पक्राउ परेका छ जना प्रहरीलाई जिल्ला अदालत कञ्चनपुरले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

Agni Group

निर्मला हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा २२ फागुनमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टसहित ८ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । यसअघि तत्कालिन प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई अभियुक्तलाई यातना दिएको कसुरमा पाँच–पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

त्यसैगरी सार्वजनिक न्याय अनर्तगत प्रहरी निरीक्षक जगदिश भट्टलाई चार लाख, सईद्वय हरिसिंह धामीलाई तीन लाख ५० हजार र रामसिंह धामीलाई तीन लाख धरौटी र प्रहरी जवान चाँदनी साउँद दुई लाख धरौटीमा छुटेकी थिइन । 
सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । 

Global Ime bank

सरकारले निर्मला प्रकरणमा तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाटै बर्खास्त गरिसकेको छ भने अन्य ६ जना प्रहरी कर्मचारी निलम्बनमा छन् । डिएसपी अंगुर जिसीमाथी भने अदालतले आफ्नो आदेश दिन बाँकी छ । जिसीले यसअघि नै जिल्ला सरकारी वकिलको कार्यालयमा बयान दिइसकेका छन् । उनी अदालतमा उपस्थित हुन भने बाँकी छ । 

गत साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ मा घरभन्दा डेढ किलोमटिर दूरीमा रहेको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको, प्रमाण नष्ट गरेको लगायतका विषय सरकारले नै गठन गरेको समितिले प्रतिवेदनमा औंल्याइएको थियो । निर्मलाको बलात्कार तथा हत्यामा संलग्नको खोजी कार्य जारी छ । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को विशेष टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५  ०४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC