काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनमा पूर्व प्रथम महिला हिलारी क्लिन्टन आगामी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट मंगलवार उमेदवार घोषित भएकी छिन् । उनको रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पसँग कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको दी न्यु योर्क टाइम्सले जनाएको छ ।
ठूला पार्टीबाट राष्ट्रपतिको उमेदवारी पाउने हिलारी प्रथम महिला हुनेछन् । उनी निर्वाचित भएमा अमेरिकाको इतिहासमा प्रथम महिला राष्ट्रपति हुनेछिन् । वर्तमान राष्ट्रपति बाराक ओबामा अमेरिकाका प्रथम अश्वेत राष्ट्रपति हुन् । पूर्व राष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी सिनेटर र विदेश मन्त्री रहिसकेकी छन् । अहिलेको निर्वाचनमा हिलारीले उदार पक्षको र रिपब्लिकन उमेदवार ट्रम्पले अनुदार पक्षको प्रतिनिधित्व गर्ने मानिन्छ ।