site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
\'चियापसलमा राजनीतिक गफ, वित्तीय सुविधाबारे चुप\' 
Sarbottam CementSarbottam Cement

गाउँमा हुर्किंदै गर्दा प्रकाशले आफ्नो समुदायका कयौं सर्वसाधारणले पैसाको उचित व्यवस्थापन गर्न नसक्दा अनेक समस्या झेल्नुपरेको महसुस गरे । आम नागरिकको यो समस्या साधारण देखिन्थ्यो, तर समाधान जटिल थियो ।

सर्वसाधारणलाई पैसाको उचित व्यवस्थापन सिकाउन उनी बझाङ पुगे, त्यहाँ एक महिना बिताए । वित्तीय साक्षरता सिकाउँदै जाँदा उनले सर्वसाधारणको व्यवहारमा परिवर्तन भएको पाए ।

यो अनुभवले प्रकाशमा जोश सिर्जना गर्‍यो जुन जोशले उनलाई गोरखा, दोलखा हुँदै बेलायत पुर्‍यायो । सन् २०१५ मा उनले बेलायतको सांसदबाट उनले ‘युथ फाइनान्सियल अवार्ड’ हात पारे । बेलायतको सांसदमा अवार्ड लिने उनी पहिलो नेपाली थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी हुन्, फिनलिट नेपालका प्रबन्ध निर्देशक प्रकाश कोइराला । प्रकाश ९ वर्षदेखि वित्तीय साक्षरताको क्षेत्रमा काम गरिरहेका छन् । उनी भन्छन्, “यो मेरो प्यासन हो ।” उक्त अवार्डले उनलाई वित्तीय साक्षरताको क्षेत्रमा काम गर्न उत्प्रेरणा मिल्यो ।

नेपालमा पैसा तिरेर पैसाको जोहो कसरी गर्ने भन्‍ने सिकाउने मान्छे त्यसबेला नेपाल थिएनन् । उनले वित्तीय साक्षरतामा दुई जना साथीसँग मिलेर २०१७ मा 'प्रोफेसनालिज्म' ल्याउनका निम्ति ‘फिनलिट नेपाल’ नामक संस्था खोले । हाल यो संस्था बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा नेपालमा वित्तीय साक्षरता अभिवृद्धिमा लागेको छ ।

Global Ime bank

फिनलिटले हाल नेपाल राष्ट्र बैंक, बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीहरुसँगको सहकार्यमा वित्तीय साक्षरता प्रबर्द्धन गर्दै आएको छ । संस्थाले हालसम्म करीब २ लाख सर्वसाधारणलाई वित्तीय साक्षरताको तालिम दिइसकेको छ । फिनलिट वित्तीय साक्षरतामा संसारकै उत्कृष्ट आउटरिच इनिसिएटिभ भएको संस्था हो ।

वित्तीय साक्षरताका नेपाली प्रणेता तिनै प्रकाशसँग बाह्रखरीले सोधेको थियो, 

“वित्तीय क्षेत्रमा काम गर्ने सबै संस्था वित्तीय साक्षरताको कुरा गर्छन्, मिडियामा पनि राम्रै चर्चा छ । तर, आज ग्रामिण भेगमा सर्वसाधारण बैंकमा पस्दा चप्पल फुकालेर पस्छ, सेक्युरिटी गार्डसँग डराउँछ, ज्यालामजदुरी गरेर मासिक ६० हजार कमाउने एउटा व्यक्ति मासिक ६ हजार पनि बचत गर्दैन । सबै पहल बालुवामा पानी खन्याएको झैं भएको हो ?”

उनको छोटो जवाफ : डरलाग्दो तथ्यांक, भताभुंग अवस्था

सरकारको ‘डिजिटल नेपाल’ भन्‍ने इनिसिएसन एउटा चुनौतिको रुपमा देखा परेको छ । नौ मिलियन डलर बराबरको पिपुल-टु-पिपुल कारोबारमा डिजिटल कारोबार १.३ प्रतिशतमात्र छ । डिजिटल नेपाल भन्दै गर्दा कतिको मान्छेलाई डिजिटल प्रणालीबाट कारोबार गर्न सिकाएका छौं भन्‍ने मनन गर्न जरुरी छ ।

यो कुरालाई बुझ्‍न ग्राउन्ड रियालिटि अध्ययन गर्न जरुरी छ । नेपालमा गाउँमा रहेका कतिमय मान्छेलाई पैसा व्यवस्थापन गर्ने पाटोसँगै बैंक तथा वित्तीय संस्थाले दिएको सेवासुविधा प्राप्त कसरी गर्ने भन्‍ने थाह छैन । यो कुरा उनीहरुले सिकेका छैन ।

यो खाडल बैंकले दिने सेवासुविधा र आम नागरिकले प्राप्त गर्न सक्ने क्षमतामा छ । यो माग र आपुर्तीबीचको खाडल जनमानसमा वित्तीय सेवा सुविधा प्राप्त गर्नेमा देखिन्छ । नेपालमा राजनीतिक साक्षरता धेरै भो भन्ने गरिन्छ, तरको यसको कारण पनि छ । चियापसलमा राजनीतिको गफ हुन्छ, जहाँ वित्तीय व्यवस्था र यो व्यवस्थाले दिने सेवासुविधाबारे कसैले चुइँक्क बोल्दैन । 

पोलिटिकल डिस्कोर्स ठाउँठाउँमा हुन्छ, तर फाइनान्सियल डिस्कोर्स कतै हुँदैन । जसरी राजनीतिमा हुन्छ, बैंक ५–६ सय जना बुटुलेर गोष्ठी, सम्मेलन गर्न सकेको छैन । न त बैंकले कुनै डिजिटल माध्यमबाट आफूसँग भएको सेवा सुविधा र त्यो उपभोग गर्ने तरिका सिकाएको छ । यहाँसम्म कि पैसा कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर सिकाइएको पनि छैन ।

पैसाको कारोबार हुँदै गर्दा वित्तीय रुपमा सबल भएर एउटा आम नागरिकले कुनै निर्णय गर्न सकिरहेको छैन । सँगसँगै, बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवा पुग्‍नुपर्ने उपभोक्तामाझ पुग्‍न सकेको छैन ।

अर्को कुरा नेपालमा अझै पनि १८ देखि २० प्रतिशत जनता वित्तीय सेवा सुविधाबाट पूर्णरुपमा वञ्‍चित छन् । यसको अर्थ अझै ६० लाख नेपाली वित्तीय पहुँचमा पुगेको छैनन् । तथ्यांकमै हेर्दा रेमिट्यान्सले धानेको देशमा ४० प्रतिशत (फिन्डेक्सको तथ्यांकमा आधारित) रेमिट्यान्समात्र वैधानिक बाटो हुँदै आउँछ । बाँकी रहेको अवैधानिक, हामीले ध्यान दिनु पर्ने कुरा पनि यही हो । त्यसरी अवैध बाटोबाट आएको पैसा कसरी क्यापिटलाइज भइरहेको छ भन्ने कुरामा ध्यान दिन पर्दछ ।

ग्रामिण भेगमा बसोबास गर्ने आम नागरिकको कुरा गर्ने हो भने उनीहरुमध्ये २६ प्रतिशतले स्वास्थ्य उपचारका लागि ऋण लिनपुर्ने अवस्था छ । यसको अर्थ, सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम देशभर वितरण हुन नपाएको देखिन्छ । यही यो पूर्णरुपमा कार्यान्वयन हुने हो भने ऋण खोज्ने २६ प्रतिशत जनता कम हुने थिए ।

हामीले ध्यान दिनुपर्ने विषय पनि त्यही हो, आम नागरिकको आवश्यकता बुझ्नु । मेरो अनुभवमा पनि उनीहरुलाई कुनै सुचनाको स्रोत के हो र सेवासुविधा कसरी प्राप्त गर्ने स्रोत नै थाह छैन । यसका लागि वित्तीय शिक्षा र वित्तीय साक्षरताको आवश्यकता पर्छ ।

यहाँ सबैले वित्तीय साक्षरता र समावेशीकरण बारे बुझ्‍न जरुरी छ । कुनैपनि आम नागरिकलाई वित्तीय निर्णय गर्ने ज्ञान छ भने त्यो वित्तीय शिक्षा भयो । त्यसैगरी, बैंकिङ र पैसा व्यवस्थापन गर्न सक्ने सम्बन्धि ज्ञान र आत्मविश्वास दिन सकिन्छ भने, त्यो वित्तीय साक्षरता भयो । 

वित्तीय समावेशीकरण भन्‍नाले वित्तीय उत्पादन छनोट, तुलना गरी जोखिम मुल्यांकन क्षमता हो भन्‍ने बुझिन्छ । यो अवस्थामा पुरै वित्तीय व्यवस्था मजबुत हुन्छ । नेपालको सन्दर्भमा सबैले आफ्नो स्थानमा बसेर काम गरिरहेका छन्, तर त्यो सामूहिक हुन नसक्दा भइरहेका काम फितलो देखिएका छन् ।

अहिले बैंक तथा वित्तीय संस्था, विदेशी संस्था, डोनर एजेन्सी सबैले वित्तीय साक्षरताको क्षेत्रमा लगानी गरिरहेका छन् । तर, सरकारीस्तरबाट लगानीको फ्रेमवर्क बनेको छैन । पोलिसी डकुमेन्ट नहुँदा सबै तवरबाट गरिएका प्रयत्‍न फितलो देखिएका छन् । पछिल्लो समय वित्तीय साक्षरता प्रबर्द्धनका लागि नीति निर्माण राष्ट्र बैंक देखिन्छ ।

अब, नेपालमा वित्तीय साक्षरता कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने कुरा गरौं । हामीले हाम्रो लक्ष्य र हामीले पालना गर्ने रणनीति के हुन् भन्नेबारे हामी तयार रहनुपर्छ । नेपालको सन्दर्भमा आवश्यक, गुणस्तर र किफायति वित्तीय सुविधा सहज रुपमा पाउन सकिने र त्यसबाट सिर्जना हुने समृद्धि मापन हामीले चाहेको रणनीतिको नतिजा हुन सन्छिन् ।

वित्तीय साक्षरताका लागि निम्‍न रणनीति पालन गर्दा उत्तम हुनेछ

१) इनोभेटिभ (नवीन) च्यानल : विदेशमा बिट्‍क्‍वाइनको प्रयोग बढीरहँदा नेपालमा हाइस्कुल र कलेज पढ्ने अधिकांश विद्यीर्थीलाई चेक वा डिपोजिट स्लिप लेख्‍न आउँदैन । उनीहरुलाई लक्षित गरेर कार्यक्रम ल्याउनु पर्दछ । नेपालमा आधा जनसंख्या पुरा रहेको परिप्रेक्षमा अबको ३० वर्षपछि रिटायरमेन्ट प्लान सिकाउने कोही हुँदैन, त्यसको जग आज बसाल्न जरुरी हुन्छ ।

२) उपभोक्ताको आवश्यकताअनुसार प्रोडक्ट डिजाइन : बैंक तथा वित्तीय संस्थाले उपभोक्ताको चाहना र आवश्यकताअनुसार प्रोडक्ट डिजाइन गर्नुपर्छ । यहाँ बसेर आर्टिफिसियल इन्टिलिजेन्सको आधारमा प्रोडक्ट बनाउँदा हामी कुन धरातलमा छौं, हाम्रा उत्पादनका प्रयोगकर्ता को छन् ? गाउँका मान्छेले यो सुविधाउपभोग गर्न पाउँछन् कि पाउँदैनन् भन्ने मनन गर्न जरुरी छ । बैंकमा जाँदा बैंकको सेक्युरिटी गार्डसँग डर लाग्‍ने परिवेशमा फेरि जुत्ता खोलेर सेवा लिने परिवेश नआओस् । बैंक तथा वित्तीय संस्था गरिबभन्दा गरिब आम नेपालीका लागि हो भनेर बुझाउन जरुरी छ ।

उपभोक्ताका लागि वित्तीय स्वतन्त्रता दिनकै लागि भएपनि उनीहरु लक्षित प्रोडक्ट ल्याउन जरुरी छ ।

३) पूर्वाधारका विकल्पः  नेपालका सबै गाउँमा वाणिज्य बैंकका शाखा पुगेका छैनन् । शाखा पुर्‍याउने अवस्था नहुँदा शाखारहित बैंकिङ सेवा प्रदान गर्न सकिन्छ । जहाँ अहिलेको जस्तो नाताको आधारमा होइन, क्षमता र प्रतिस्पर्धाको आधारमा प्रतिनिधि छनोट गर्न सकिन्छ । यसो गर्दा बैंकले प्रदान गर्ने सेवा स्थानीय प्रतिनिधिमार्फत पाउन सकिन्छ ।

बैंकसम्बन्धि जानेको र स्थानीयको मन नजितेको मान्छे प्रतिनिधि नियुक्त गर्दा शाखारहित बैंकिङ असफल भएको अ नुभव हामीसँग छ ।

४) वित्तीय साक्षरताको काम गर्ने प्लेटफर्म : कुन संस्थाले कुन स्तरको काम गरेको भन्‍ने छुट्याउन जरुरी छ । काम गरेको संस्थाको दाबीअनुसार कुन समूहलाई वित्तीय साक्षरता प्रदान गरिएको छ भन्‍ने सूचना राख्नुपर्छ । यसले उपलब्ध स्रोतमा वित्तीय साक्षरता प्रदा नगरिएको समूहलाई वित्तीय सारक्षताका कार्यक्रम सञ्‍चालन गर्न सकिन्छ । यसले लक्ष्य हासिल गर्न सहजता प्रदान गर्दछ ।

५) निगरानी : नेपालको अवस्थामा वित्तीय संस्थाबाट वित्तीय सुविधा प्राप्त गरेपनि उसको विकास कुन स्तरमा भयो भन्‍ने ट्र्याक गर्नुपर्छ । एउटा एकजनाले दसवटा लघुवित्तबाट कर्जा लिएको उदाहरण यहाँ छ । लघुवित्त र सहहहकारीबाट कर्जा लिएकाहरुको निगरानी गर्नुपर्छ ।

६) कर्मचारीको क्षमता अभिवृद्धि : बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको क्षमता अभिवृद्धि गरिनुपर्छ । अहिले पनि बैंकमा काम गर्ने कर्मचारीलाई अधिकांश वित्तीय सुविधा बारे थाह छैन । सेवा सुविधा उस्तै सुस्त छ । एउटा चेक साट्न १० मिनेट लाग्‍नुनपर्ने हो ।

७) डिजिटाइजेसन : सरकारी कुल १३.२ मिलियन डलरको कारोबारमध्ये १० प्रतिशतमात्र डिजिटल भुक्तानी हुने गरेको छ । डिजिटल भुक्तानी प्रणाली प्रबर्द्धनका लागि सरकारले नै यो दर बढाउनुपर्छ । मोबाइल वालेटबाट राजस्व तिर्न पाउनुपर्छ । यसैगरी भुक्तानी सेवा प्रदायक र उपभोक्तामाझ प्रतिस्पर्धा र उचित पुरस्कारको व्यवस्था गरिनुपर्छ जसकारण डिजिटल कारोबारमा टेवा पुगोस् ।

८) प्रभाव मूल्यांकन : बैंक तथा वित्तीय संस्थाको काम र उनीहरुका कारण प्राप्त भएको प्रभावको उचीत प्रतिवेदन तयार पारिनुपर्छ । ग्रामिण भेगमा पनि पैसा हुने र चाहनेलाई अवसरको नयाँ बाटो देखाउन बैंक तथा वित्तीय संस्था लागि पर्नुपर्छ ।

नेपालमा वित्तीय साक्षरता प्रभावकारी बन्‍न नसक्नुको कारण

नेपालमा वित्तीय साक्षरता सम्बन्धि नीतिगत व्यवस्था छैन । नेपाल राष्ट्र बैंकले विद्यार्थीसँग गभर्नर, विद्यार्थीसँग राष्ट्र बैंकलगायत केही वित्तीय साक्षरता प्रबर्द्धन गर्ने कार्यक्रम आयोजना गरिरहेका छ । तर, त्यसको म्याट्रिक्स भएन । कसले कुन स्तरको प्रयास गरिरहेको छ त्यसको नतिजा कस्तो आयो भन्‍ने मूल्यांकन गर्नुपर्छ ।

त्यसबाहेक सबैले आफ्नोस्तरबाट वित्तीय साक्षरताका लागि काम गर्नुपर्छ । उदाहरणका लाग नेदरल्यान्डमा क्‍वीन म्याक्सिमा फुर्सदको सयम निकाले आफैं पढाउन जान्छिन् । तर, नेपालमा वित्तीय साक्षरताको कार्यक्रममा एउटा बैंकको प्रमुख कार्यकारी अधिकृतलाई आमन्त्रण गर्दा उनी आउन भ्याउँदैनन् ।

वित्तीय साक्षरता भए फाइदा हुने भनेको बैंकलाई नै हो । तसर्थ, यससम्बन्धि बाध्यात्मक व्यवस्था हुनुपर्छ । कसको दायित्व के भन्‍ने कुरा स्पष्ट रुपमा परिभाषित हुनुपर्छ । हामीले साँच्चै डिजिटल वित्तीय साक्षर समाज देख्‍ने भए, युवाहरुलाई साक्षर बनाउनुपर्छ ।

नेपालमा अर्को डरलाग्दो तथ्यांक बचतको बानी नहुनु पनि हो । मासिक ज्याला मजदुरी गरेर मासिक ६० हजार कमाउने बचत ६ हजार रुपैयाँ पनि हुँदैन । हो, उनीहरुले कसरी बढीभन्दा बढी रकम बचत गर्न सक्छन् , त्यसको विकल्प खोजिनुपर्छ ।

त्यसको लागि वित्तीय डायरी उपयुक्त साधान बन्‍न सक्छ । आफ्नो कमाइ कुन स्थानमा खर्च भयो भन्‍ने रेकर्ड गर्न सके अनावश्यक खर्च कम गर्न सकिन्छ । अहिलेसम्म यस्तो भएको छैन, प्रतिदिनको लेखाजोखा गर्ने अभ्यास कहीँ कतै छैन ।

वित्तीय साक्षरता कसलाई ?

वित्तीय साक्षरतासम्बन्धि पाठ्यक्रम बनाउन आवश्यक छ । कक्षाअनुसारको पाठ्यक्रम र सोहीअनुसारको मार्गचित्र बनाउन सके सबै उमेरका सर्वसाधारण लाभान्वित हुनेछन् ।

फिनलिटले के-के गर्दैछ ?

हाम्रो लक्षित समूह भनेको युवा हुन् । युवाहरुमाझ डरलाग्दो अवस्था छ, उनीहरु वित्तीय साक्षरता त परै जाओस् बैंक तथा वित्तीय संस्थाले दिने सेवाबारे पनि जानकार छैनन् । वित्तीय निर्णय उनीहरुले स्वतन्त्र रुपमा गर्न पनि सक्दैनन् ।

हामीले अहिले स-साना उमेरकाहरुलाई वित्तीय साक्षरताको कक्षा सञ्चालन गरिरहेका छौं । तीन महिनासम्म वित्तीय साक्षरताको कक्षा लिइरहेका छौं । प्रत्येक दिनको आय र खर्चको विवरण बनाउने, बढी खर्च कटौती गर्ने र अभभिावकलाई साथ दिने किसिमले एउटा बच्चामा ज्ञान भरिरहेका छौं ।

यसका अतिरिक्त देश स्थानीय तहमा गएपछि पनि स्थानीय जनप्रतिनिधिलाई वित्तीय सुविधाबारे थाह नभएको पायौं । हामीले उनीहरुलाई आम सर्वसाधरणको चाहनाबारे बुझाउँछौं । बजेट निर्माणमा समान सहभागिता सुनिश्चितताका लागि काम गरिरहेका छौं ।

यसैगरी हामी श्रमशक्तिलाई वित्तीय प्रणालीभित्र आबद्ध गर्न लागिपरेका छौं । चाइल्ड फ्रेन्डली वित्तीय प्रोडक्ट निर्माणका लागि पक्षमा बोलिरहेका छौं । नेपालमा बैंकिङ गुनासो सुनिदिने कुनै च्यानल छैन । हामी उहाँहरुको गुनासो सुन्‍ने समाधानको बाटो देखाइदिन्छौं । मान्छेलाई बचत गर्न सिकाएर मात्र हुँदैन, त्यो पुँजी लगानी गर्न हामी उत्प्रेरित गर्दछौं । एउटा व्यक्ति उद्यमशील बनोस् भन्ने हाम्रो चाहना हो । हामी सर्वसाधारणलाई व्यवसायको उपाए दिन्छौं ।

लघुवित्तबाट कर्जा लिएका सर्वसाधारणलाई वित्तीय रुपमा थप सबल कसरी बनाउन सकिन्छ भन्नेमा हामी केन्द्रित छौं । उपभोक्ता र लघुवित्तका कर्मचारीलाई नियमित रुपमा तालिमको व्यवस्था गर्ने गरेका छौं ।

वित्तीय साक्षरताका सहकार्यको आवश्यकता

वित्तीय साक्षरताका लागि काम गर्ने संस्था नेपालमा च्याउसरी उम्रन थालेका छन् । वित्तीय समावेशीकरणको पहिलो खुड्किलो वित्तीय साक्षरता भएका कारण पनि कयों संस्था वित्तीय साक्षरता प्रदान गर्न लागि परेका छन् । यसमा काम गर्न चाहनु प्रेरणा यसक्षेत्रमा रहेको ठूलो कमिसन रकम हो ।

नेपालको हकमा एकल होइन यहाँ कोलाबोरेसनको आवश्यकता छ । सबै संस्था मिलेर ज्वाइन्ट प्रोजेक्ट चलाउन जरुरी छ, यसको आउटपुट पनि प्रभावकारी नै हुनेछ ।

(कोइरालासँग बाह्रखरीका रोविन पौडेलले गरेको कुराकानीमा आधारित)

तस्बिर : सौरभ रानाभाट
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १०, २०७५  १८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC