अर्थ व्यवसाय
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले दाङको घोराहीमा शाखा खोलेको छ । कम्पनीले नयाँ शाखामार्फत औपचारिक रुपमा जीवन बीमाको कारोबार प्रारम्भ गरेको हो । नयाँ शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरे ।
कम्पनीले सल्यानको शारदा नगरपालिका–१, श्रीनगरमा पनि शाखा खोलेको छ । उक्त शाखाको उद्घाटन सल्यान जिल्ला समन्वय समितिका अध्यक्ष केश बहादुर विष्ट र ग्रुप अध्यक्ष ढकालले संयुक्त रुपमा गरे ।
प्रकाशित मिति: आइतबार, चैत १०, २०७५ १७:५३
प्रतिक्रिया दिनुहोस्