site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई अनुदान पाउने सूचीमा परेका सबै घरधनीलाई पहिलो किस्ता अनुदान उपलब्ध गराउन २० अर्ब रुपैयाँ बजेटको अख्तियारी दिएको छ ।
प्राधिकरणले संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यन्वयन इकाईलाई मंगलरबार पीडितलाई अनुदान रकम वितरण गर्न अख्तियारी प्रदान गरेको जानकारी दिएको छ । ४ लाख ७४ हजार ४४४ घरधनीलाई पहिलो किस्ता रकम प्रतिघर ५० हजार रुपैयाँ दिन २३ अर्ब ७२ करोड २२ लाख रुपैयाा आवश्यक पर्ने भएपनि पहिलो चरणमा सरकार र दातृनिकायका गरी १९ अर्ब ३ करोड हजार रुपैयाँ खर्च गर्न सकिने प्राधिकरणका प्रवक्ता राम थपलियाले जानकारी दिए । उनका अनुसार बाँकी ४ अर्ब ३८ करोड रुपैयाँ अघिल्लो वर्षको वचत तथा विभिन्न गैरसरकारकारी संस्थामार्फत उपलब्ध गराउन व्यवस्था अनुसार वितरण हुने छ । 
यस्तै उपत्यका बाहिरका भूकम्प अतिप्रभावित जिल्ला र ललितपुरको कार्यविनायक नगरपालिकामा गरी ५ लाख ३३ हजार १६८ घरधनीले २ लाख रुपैयाँ अनुदान पाउने भएका छन् । यसमध्ये ३७ हजार ७२ घरधनीको यसअघि नै पहिलो किस्ता अनुदान रकम १ अर्ब ८५ करोड ३६ लाख रुपैयाँ लाभाग्राहीको खातामा जम्मा भइसकेको छ । चालु आर्थिक वर्षमा पुननिर्माणका काम अघि बढाउन अर्थ मन्त्रालयले प्राधिकरणलाई ८४ अर्ब रुपैयाँको वजेट अख्तियारी दिएको थपलियाले बताए  ।  अनुदान पाउने सूचीमा परेका मध्ये १९ हजार २२ घर पुननिर्माणका लागि लागि  गैरसरकारी संस्थासंग सम्झौता भइसकेको छ । काठमाडौ उपत्यकामा पनि सर्वेक्षणको काम सुरु भइसकेको छ । यस्तै प्रभावित १७ जिल्लामा सर्वेक्षणको काम जारी रहेको प्राधिरकणले जानकारी दिएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ११, २०७३  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC