site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भलिबलले रंगीन बनाएको रेश्‍माको जीवन
Sarbottam CementSarbottam Cement

काठमाडौं । हरेक व्यक्तिमा फरक-फरक चाहना हुन्छन् । मानिसले गर्ने काम र लक्ष्य फरक पनि हुन सक्छ । कुनै पनि मानिस एउटै लक्ष्य र कार्यमा लागिपरेमा सफलताको शिखर अवश्य चुम्छ ।

रेश्मा भण्डारी, नेपाली भलिबल पारखीहरुका लागि यो कुनै नौलो नाम होइन । २४ वर्षीया रेश्मा, विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ र नेपाली महिला भलिबल टिमकी मुख्य खेलाडी हुन् ।

 कक्षा ६ मा पढ्दै गर्दा भलिबल यात्रा सुरु गरेकी उनले हालसम्म भलिबललाई नै आफ्नो जीवनको महत्वपूर्ण अध्यायका रुपमा लिएकी छन् । रेश्मालाई पहिलो पटक भलिबल खेल्न अवसर आउँदा उनलाई लागेको थिएन कि भलिबल नै उनको जीवनको मूल अध्याय बन्‍नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो पटक उनलाई भलिबल खेल्ने अवसर आयो जतिबेला उनी भलिबल खेलको बारेमा अनजान थिइन् । अग्लो कद,  आकर्षक जिउडाल, भलिबलको जर्सीबाहेकको पहिरनमा उनलाई देख्नेहरु पनि नभएका होइनन्। 

भलिबलबाट नै आफ्नो नयाँ जीवनको सुरुवात भएको ठान्ने रेश्माको भलिबलमै जीवन बिताउने चाहना छ । आखिर उनलाई आजसम्म जस्तो सम्मान मिल्यो त्यो भलिलबाट नै मिल्यो । 
\"\"

Global Ime bank

न्यू डायमन्ड एकेडेमी रेश्माको भलिबल जीवनको पहिलो पाइला हो । जहाँ कक्षा ६ मा पढ्दै गर्दा रेश्माले भलिबलको यात्रा सुरुवात गरेकी थिइन् । रेश्मालाई न्यू डायमण्ड एकेडेमीका प्रशिक्षक कुमार राईले उनलाई भलिबल यात्र सुरुवात गर्ने बाटो देखाए ।

 एकेडेमीका प्रशिक्षकसमेत रहेका राईले रेश्माको अग्लो कद देखेर उनलाई भलिबलमा तानेका थिए । तर पछि उनको भलिबलप्रतिको मायाले उनलाई उत्कृष्ट बनाउन सहयोग गर्‍यो । न्यू डायमन्ड एकेडेमीमा लामो समय भलिबल यात्रा गरेकी उनले मध्यमाञ्चलबाट छैठौं राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाइन् । 

रेश्माका लागि एकेडेमीमा रहँदाको सबभन्दा ठूलो प्रतियोगिता त्यहि थियो । सट, ब्लक र डिफेन्स यी तीनै पक्षमा पोख्‍त रेश्मालाई प्रतिष्ठत भलिबल खेलाडीको नामले चिनिनु थियो ।
न्यू डायमण्डमा रहँदै आफ्नो बेग्लै पहिचान बनाउन सफल उनले १२ कक्षा पास गरेपछि २०६९ सालमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा खेल्ने अवसर आयो ।

नाम सुनेको र खेल्ने चाहना पनि भएको क्लबबाट खेल्न आग्रह आएपछि उनले नकार्ने कुरै भएन । एपीएफका प्रशिक्षक ज्ञानेन्द्र विष्टले रेश्मामा एपीएफको उत्कृष्ट खेलाडीको स्थान पूर्ति गर्ने विश्वास लिए । 
\"\"उनले रेश्मालाई एपीएफमा नयाँ बाटो देखाए । भलिबलमा आफ्नो बेग्लै पहिचान बनाउने यात्रामा निस्केकी रेश्‍मा एपीएफसँग जोडिन पुगिन् । उनको एपीएफमा पहिलो खेल नै यादगार बन्न पुग्यो । रेश्माले पहिलो खेलमा नै उत्कृष्ट प्रदर्शन गर्न सफल भइन् । 

२०६९ सालमा भएको एनभीए कप नै एपीएफमा उनको पहिलो खेल थियो । क्लबमा पहिलो वर्ष नै सफल तरिकाले बिताएकी रेश्मा अहिले टोलीको लागि एउटा सशक्त खेलाडीको रुपमा छिन् । क्लबमा उत्कृष्ट प्रदर्शन गर्न सफल रेश्माले सन् २०१४ मा राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् ।

 नेपालमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण भलिबलमा उनले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउने मौका पाएकी थिइन् । उक्त समय नेपाली महिला भलिबलको नयाँ राष्ट्रिय टोली बन्यो । त्यस टोलीमा एपीएफकै धेरै खेलाडीहरु अटाए ।

एपीएफकी सरस्वती चौधरी, नेविका चौधरी र रेश्मा स्वयम राष्ट्रिय टोलीमा परिन् । नेपालमा सन् २०१४ भन्दा पहिला अन्तर्राष्ट्रिय स्तरको ठूलो महिला भलिबल भएको थिएन । पहिलो वर्ष नै भएको खेलमा नेपाली टोलीले श्रीलंकालाई पराजित गर्दै दोस्रो स्थान हात पार्‍यो । जसमा रेश्माको प्रदर्शन पनि हेर्न लायक थियो । 

“पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएको थिएँ । डर पनि लागेको थियो । पछि देशको लागि खेल्न पाउँदाको खुशीले सिमा नाघ्‍यो, अनि आफ्नो जिउज्यान लगाएर खेले”, रेश्माले भनिन् ।  

आफ्नो क्लब एपीएफले जीवनमा एउटा ठुलो योगदान पुर्‍याएको उनी बताउँछन् । विभागीय टोलीमध्यको कान्छो मानिने एपीएफ हाल महिला तथा पूरुष भलिबलमा बलियो टोलीको रुपमा रहेको छ ।

\"\"रेश्माले २०६९ सालमा एपीएफमा पहिलो पाइला टेकेदेखि नै नेपाली महिला भलिबलमा एपीएफले राज गर्दै आईरहेको छ । एपीएफमा प्रवेश गर्नुअघि रेश्मा भलिबल खेलमा त शसक्त थिइन् तर प्राविधिक कुरामा भने केहि कमजोर थिइन् । 

उनलाई भलिबलमा पूर्णरुपमा पोख्त बनाउन एपीएफले ठूलो भूमिका खेल्यो । त्यहाँबाट उनको भलिबलमा दोस्रो यात्रा सुरुवात भयो । रेश्मालाई एपीएफ टोली एउटा परिवार जस्तै लाग्छ । एसएलसीपछि नै एपीएफमा छिरेर होला उनलाई टोलीका सबै खेलाडी आफ्नो समान लाग्छ ।

"म एउटा परिवारमा छु, जहाँ मलाई कहिले अनौठो र एक्लो महशुस भएन, लाग्छ एपीएफ मेरो कलेज हो, खेलाडी सबै क्लासमेट हुन्", उनी भन्छिन् । 
रेश्माले एपीएफमा बिताएको लामो समय भयो । हालसम्म एपीएफले च्याम्पियनको यात्रालाई कायम राखेको छ । यसै वर्षमात्र एपीएफले नेपालमा भएका महिला भलिबलका कुल आठ प्रतियोगितामा सात प्रतियोगिताको ट्रफी उचालिसकेको छ । एपीएफका धेरै खेलहरुको जितमा रेश्माले मुख्य भूमिका खेलेकी छन् । 
आकर्षक ज्यूडालकी रेश्माको लगनगाँठो कुनै सुर नभएको बताउने उनले खेल क्षेत्रभन्दा बाहिरको मान्छेसँगै जीवन बिताउने लक्ष्य राखेकी छन् । “खेल क्षेत्रकै मान्छे भन्ने छैन खेल क्षेत्रभन्दा बाहिरकै मान्छेले मलाई खुशी बनाउन सक्छ भने म पछि किन हट्नु", ओठमा मुस्कान फुलाउँदै उनले थपिन्, "म भलिबलसँगै वास्तविक जीवनको प्रेम सम्बन्धमा छु।"
सेलिब्रेटी प्लेयरको उपमा पाएकी रेश्माले पछिल्लो समय राम्रो फिल्ममा अवसर पाएका खेल्ने योजना पनि बनाएकी छन् । पछिल्लो समय रेश्मालाई आउने मुख्य प्रश्न हो, "तिमी मोडल हो ?" यो शब्दले उनको मनमा एक प्रकारको रहर जाग्छ ।
\"\"रेश्माले भनिन्, “म पनि त नायिका बन्न सक्छु होला । मोडल बन्न पनि रहर छ । आखिर सबैमाझ परिचित हुनु न हो । एकताका मैले पनि मोडल भएर टो सुट गरेकी थिएँ । सबैले सोचे म मोडल नै हो भन्ने । तर,  भलिबलमा केही बाधा पुग्छ जस्तो लाग्यो । त्यसपछि यस विषयमा धेरै सोचिन।”
नायिका नबने पनि रेश्मा टिक-टकमार्फत् भने राम्रो अभिनय गरिरहेकी छन् । उनले हरेक दिन म्युजिकल्लिीमा एउटा भिडियो बनाउने राज खोलिन् । 

“टिक-टकमा अर्काको जस्तै अभिनय गर्दै भिडियो बनाउँछु । मेरो फलोअर्सले पनि अभिनय राम्रो भएको सुझाव दिन्छन् । कहिलेकाहीँ राम्रो चलचित्र भए अवश्य खेल्ने छु भन्ने सोंचाइ पनि छ”, रेश्माले भनिन् ।

परिवारको राम्रो साथ पाएकी रेश्मालाई भलिबल जीवनमा ठूलो योगदान पनि गरेको थियो । रेश्मा परिवारकी पहिलो सन्तान हुन् । “मेरो घरमा चार जनाको परिवार छ । बुबा, आमा, बहिनी र म । सानो परिवार छ । खुशी पनि छौँ । मलाई भलिबल खेल्नेदेखि लिएर जीवनका हरेक पाटोमा परिवारले धेरै सहयोग गर्नुभएको छ ।” जीवनको आधाभन्दा बढी उमेर नै भलिबलमा बिताएकी रेश्माले भविष्यमा पनि भलिबलसँगै जिउने बताइन् । हिँड्दै जाँदा जीवनको हरेक निर्णयहरु तय हुने रेश्‍माले बताइन् । 

\"\"

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १०, २०७५  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC