site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गिरिजाप्रसाद कोइरालाले ल्याएको गणतन्त्रमा प्रश्न उठाउने भइसक्यौं ? नेतृत्वले मनलाग्दी कुरा बोल्न पाइँदैन 
Ghorahi CementGhorahi Cement

नेपाली कांग्रेस प्रतिपक्षमा हुँदा पनि सत्तापक्ष जस्तै रक्षात्मक अवस्थामा रहेको छ । यसलाई धेरैले नेतृत्वको कमजोरी भनेका छन् भने सरकारले गरेका काम कारबाहीका विषयमा सत्तापक्षकै नेताहरुले तीव्ररुपमा विरोध गरे पनि प्रतिपक्षमा रहेको कांग्रेसले भने त्यसमा बोली मिलाउने मात्रै काम गरेको देखिन्छ । त्यो पनि नेतापिच्छे फरक फरक । 

अझ पछिल्लो समयमा महामन्त्री सशांक कोइरालाले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका विषयमा जनमत संग्रह गर्नुपर्ने धारणा राखिदिएपछि कांग्रेसमा तरंग ल्याएको छ ।

किन कांग्रेस यति रक्षात्मक अवस्थामा पुगेको ? नेतैपिच्छेका धारणा आउँदा पार्टीभित्र रहेका अन्य नेताहरुलाई कत्तिको समस्या परेको छ ? यिनै विषयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेलसँग बाह्रखरीका केशव सावदले गरेको कुराकानीः 

Agni Group

तपाईंको विश्लेषणमा नेपाली कांग्रेस अहिले कुन अवस्थामा छ ? 

महासमितिको बैठकपछि नेपाली कांग्रेसले जुन गति लिनुपथ्र्यो त्यो गति लिने कुरा त एकदम टाढाको कुरा भयो, महासमितिको बैठकमा भएकै निर्णयको अपव्याख्या भयो । सभापतिहरुले अथवा महासमितिमा सहभागी साथीहरुले जे कुरालाई प्रमुख मुद्दा बनाउनुभएको थियो । त्यसलाई केन्द्रीय समितिले ठिक विपरित गर्यो । त्यसको आशय मात्रै होइन भाषिक पक्षबाटै त्यसलाई पूर्णरुपमा उल्ट्याउने काम भयो ।

Global Ime bank

त्यसले नेपाली कांग्रेसको जीवनमा एउटा ठूलो समस्या उत्पन्न गर्छ । त्यसलाई सभापतिले नजरअन्दाज गर्नुसक्नुभएन । त्यो एउटा गम्भीर अवस्थामा छ जस्तो मलाई लाग्छ । 

त्योभन्दा पछाडि लामो समयसम्म अनुशासन समिति बन्न सकेको थिएन । समिति जे जस्तो समझदारी बनेर गठन भयो, त्यसलाई सकारात्मक रुपमा लिन सकिन्छ । निर्वाचन समिति बनेको विषयलाई सकारात्मक रुपमा लिन सकिन्छ । अब नियमावली त यो विधानलाई जारी गरेपछि त्यसलाई व्यवहारिक पक्षबाट कसरी लागु गर्नुपर्छ भन्ने बारेमा केन्द्रित छ । 

त्यसैले यी विषयहरु पछिल्लो बैठकले जुन अगाडि बढाएको छ, ती विषयहरु केही हदसम्म आशा गर्न सकिने, अब समझदारीबाट अगाडि लैजान खोजेको हो भनेर पनि अनुमान गर्न मिल्ने ढंगका छन् । तर मुख्यगरी महासमितिको बैठकले गरेको निर्णयलाई उल्ट्याउने काम हदैसम्म्को गलत हो । 

कांग्रेसभित्रको भाँडभैलो किन र के का लागि भइरहेको छ ? 

एउटा त स्वस्थ प्रतिष्पर्धामा जानका निम्ति सबै तयार भएको हो कि ? अहिले पनि नेतृत्वकै वरिपरी बसेर आफूलाई सुरक्षित गर्न खोजेको हो कि ? अब एउटा लोकतान्त्रिक पार्टी भन्ने तर आफूभित्रको अभ्यासलाई पूर्णरुपमा लोकतानित्रक ढंगले अगाडि बढाउन नसक्ने हो भने त हामीप्रति लक्षित प्रश्नहरु अनुत्तरित रहिरहन्छन् । 

त्यसकारण अहिले नेपाली कांग्रेस मात्रै विधानअनुसार चल्दिने हो भने पनि हाम्रो ५० प्रतशित समस्या त यसै समाधान भएर जान्छ । त्यसपछि राष्ट्रिय राजनीतिमा कांग्रेसको सशक्तता आफैँ आउँछ । सशक्त ढंगबाट कांग्रेसलाई अगाडि लिएर जान सक्छौं ।

मुद्दालाई कसरी प्राथमिकतामा राख्न सक्छौं भन्ने कुरा पनि त्यस पछाडि स्वतः भएर आउँछ । किनकि आन्तरिक प्रतिष्पर्धात्मक विधिलाई एकदमै सहज ढंगले स्वीकार्ने स्थिति आयो भने सबै योग्य मान्छेहरु पार्टीभित्र प्रवेश गर्छन् । सबै योग्य मान्छेले नेतृत्व लिने अवस्था आउँछ । कसैको पनि गुनासो हुँदैन । अनि नेतृत्व एकदमै सर्वेसर्वा पनि हुँदैन ।   

नेतृत्व तलतिर उत्तरदायी हुने परिस्थिति बन्दछ । त्यसैले पहिलो कुरा हामीले हाम्रो पार्टीलाई विधानसम्मत ढंगबाट चल्नुपर्छ, चलाउनुपर्छ भनेर भनिरहेका छौं । पहिलो काम त्यो गर्नुपर्‍यो, दोस्रो काम अब हामीले अहिलेको प्राथमिकता के हो त्यसलाई प्रष्ट पार्नु पर्यो । प्रतिपक्षी भूमिकालाई कसरी प्रभावकारी बनाउन सकिन्छ, त्यसलाई हामीले स्पष्ट रुपमा लिएर जान सक्नुपर्यो ।

कांग्रेस प्रतिपक्षमा छ तर बढी रक्षात्मक छ । प्रतिपक्षमा हुँदा पनि रक्षात्मक हुने ? आक्रामक हुन नसक्ने ? हामीले के कुराले  रक्षात्मक बनाएको हो ? किन रक्षात्मक बनाएको ? अहिले त हामी रक्षात्मक हुनुपर्ने कुनै कारण नै छैन । हामीले आफैले गल्ती त केही गरेका छैनौं नि अरुको गल्तीलाई पनि हामीले औंरुल्याउन नसक्ने ? 

सरकारको गल्ती पनि हामीले औंल्याउन नसक्ने ? सशक्त ढंगबाट ती गल्तीहरु औंल्याउनका निम्ति हामीलाई के ले छेकेको छ ? त्यसैले अहिले हामीले यो कुरालाई गम्भीर ढंगले विश्लेषण गरेर त्यस अनुसारको कार्ययोजना बनाउनुपर्छ । 

अहिले कांग्रेसको लाइन पनि कुनै स्पष्ट रुपमा नै आउँदैन । कुनै पनि विषयमा पार्टीको धारणाभन्दा पनि नेतापच्छिे धारणा आइरहेका छन् । यसले प्रतिपक्ष नै कमजोर स्थितिमा भएको लाग्दैन ? 

त्यही त विधि प्रक्रियाबाट हामी चल्न नसकेको कुराको ज्वलन्त उदाहरण यो पनि हो । कांग्रेसको विधानमा जे लेखिएको छ त्यसलाई अक्षरशः पालना गर्नुपर्छ । कांग्रेसले यो संविधानप्रति हाम्रो पूर्णरुपमा प्रतिबद्धता छ भनेको छ अनि संविधानप्रति प्रतिबद्ध भैसकेपछि संविधानअनुसार चल्नु पर्छ । त्यो विषयमा फरक मत राखेर जान सक्ने स्थिति हुँदैन । 

संविधान पनि हामीले ल्याएको भन्छौं, हामीले जारी गरेको भन्छौं । अनि त्यसका आधारभूत विषयहरुका बारेमा पनि प्रश्न उठाइरहन्छौं । त्यसैले यो स्वाभाविक भएन । कुनै पनि राष्ट्रिय मुद्दाका विषयका बारेमा हामीले छलफल गरेर निचोड निकाल्नु छ भने पहिले त्यो विषय पार्टीको केन्द्रीय समितिमा आउनु पर्‍यो । त्यो विषय महासमितिमा आउनुपर्‍यो । अधिवेशनमा आउनुपर्‍यो । 

अनि महासमिति, अधिवेशन, केन्द्रीय समितिले जे कुरा पास गर्छ त्यो कुरामा असहमत भए पनि त्यही कुरा लिएर अगाडि बढनु पर्‍यो । किनकि अब बाहिर हाम्रो महासमितिले पास नगरेको विषय, हाम्रो अधिवेशनले पास नगरेको विषय, हाम्रो विधानमा नभएको विषय, हामी संविधान मानी रहेका छौं । संविधानले नचाहेको विषय त हामी बाहिर छलफल गर्न सक्दैनौं नि । 

त्यसैले हामीले नेतृत्वलाई सचेत गराउने अथवा भन्ने विषय के हो भने तपाईंहरु संविधानभित्र बाँधिनुभएको छ, कांग्रेसको विधानभित्र बाँधिनुभएको छ । त्यसैले त्यहाँभित्र बाँधिएका हामीले आफूलाई लाग्यो भन्दैमा मनलाग्दी सबै कुरा बोल्न मिल्दैन । 

तपाईंले सभापति शेरबहादुर देउवालाई लक्षित गरेर नेतृत्वको भूमिका ठिक भएन भन्नु खोज्नुभएको हो ? तपाइँ आफैँ पनि केन्द्रीय समितिमा हुनुहुन्छ । यसमा सभापति नै पूर्ण रुपमा गलत हो कि अरु नेताहरुको पनि कमजोरी छन् ? 

पोजिसनको हिसाबले जिम्मेवारीको हिसाबले हाम्रो विधानले दिएको अधिकारको हिसाबले मुख्य नेतृत्व सभापति हो । त्यसपछि अन्य पदाधिकारीको हो, त्यसपछि हामी सदस्यहरुको पनि हो । त्यसैले म जिम्मेवार छैन भनेर भनिरहेको छैन । 

तर कुरा के हो भने मेरो जिम्मेवारी त मेरा नेताहरुलाई पनि सच्याउने छ भन्ने लागिरहेको छ । पार्टीभित्र हामीले आफ्नो जिम्मेवारीका बारेमा पनि कुरा गरिरहेका छौं । पार्टीभित्र नेतृत्वले गरेका गलतका बारेमा पनि कुरा गरिरहेका छौं । र समग्र बाहिर नेपाली कांग्रेसको कार्यक्रम, योजना, नीति, पार्टीले निर्माण गरेको सबै विषयका बारेको अवधारणा हामी देशव्यापी रुपमा बोकेर हिँडिरहेका छौं । 

नेकपाको सरकारले जुन प्रकारको कमी कमजोरी गरिहरेको छ त्यस विरुद्ध  प्रहार गरिहरेकाछौं । त्यसैले यो सबैतिर सच्याउने, त्यसपछि नेपाली कांग्रेसलाई सबल बनाउने विषयमा हामीले काम गरिरहेका छौं । तर हामीले ती विषयहरु जसरी उठाइरहेका छौं, त्यसरी सुनिएको छैन । सच्चिने गरी सुनिएको छैन । तयसैले पार्टीभित्र सुनिने गरी दबाव सिर्जना गर्न जरुरी छ । पार्टीभन्दा बाहिर सार्वजनिक मञ्चमा, जनताका बीचमा प्रभावकारी प्रतिपक्षका रुपमा कांग्रेसलाई उभ्याउनका निमित्त हामीले धेरै कुरा बदल्न, धेरै कुरा सच्याउन, धेरै कुरा प्रष्ट पार्न आवश्यक छ । दुबै पक्षमा हाम्रो भूमिका आवश्यक छ । 

कमजोर नेतृत्वका विरुद्ध तपाईंहरु अघि सर्न डराउनु हुन्छ हो ? 
होइन, त्यसको त हामीले जतिखेर पनि वैकल्पिक नेतृत्वका निम्ति हामी तयार छौं भनिरहन मिल्दैन । त्यसको आफ्नै प्रक्रिया हुन्छ । अधिवेशन हुन्छ । अधिवेशनका सन्दर्भमा हामीले भन्ने एउटा विषय हुन सक्छ । तर अरु बेलामा हामीले गर्ने निर्णयहरुमा जनताको आवाज मुखरित हुनुपर्छ, पार्टीको हितका विषयहरु जोडिएको हुनुपर्छ, पार्टीले बनाएको अवधारणामा आधारित हुनुपर्छ, पूर्ण लोकतन्त्रमुखी हुनुपर्छ । त्यो सन्दर्भमा हामीले पार्टीको आन्तरिक मञ्चहरुमा पनि बोलिरहेका छौं, बाहिर पनि बोलिरहेका छौं र बोली रहन्छौं । 

अहिले महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विषयमा कांग्रेस जनमत संग्रहमा जान्छ भन्नुभएको छ, तपाईंहरु जनमत संग्रहका लागि तयार हो ? 
त्यसका लागि पहिला यो संविधान बदल्न पर्‍यो । यो संविधानप्रति नै हाम्रो विश्वास छैन भन्नु पर्‍यो । त्यसैले संविधानप्रति विश्वास छ भनेर भन्ने अनि संविधानका मुलभूत विषयमाथि नै प्रश्न गर्ने हो भने त संविधानप्रति कसरी विश्वस्त भएको पाइयो छ ? त्यसैले नेपाली कांग्रेसकै नेतृत्वमा हामीले संविधान ल्याएको भनिरहेका छौं, संविधानका मुख्य विषयमा नै हाम्रो असहमति भैरहँदा यो अनरसिप लिन कसरी मिल्यो त ? 

गणतन्त्र ल्याउनका निम्ति गिरिजा प्रसाद कोइरालाको धेरै ठूलो योगदान छ । आजै हामीले त्यो विषयमा प्रश्न गरिसक्यौं त ? त्यसैले मलाई लाग्छ उहाँको त्यो कुरा एकदमै गलत हो । अब महामन्त्रीज्यूले सचेत ढंगबाट यो कुरा भन्नुभएको हो भने गम्भीर विषय हो । अब त्यसमा उहाँको चेतना नभएर त्यो आशय बाहिर गएर मिडियाले लेखेको हो भने आफ्नो ठाउँमा छ । तर सचेत ढंगले यो कुरा उठाउनुभएको हो भने त्यो अत्यन्तै गम्भीर विषय हो । 

त्यसैले यो ढंगबाट संविधानका मुलभूत विषयहरुमा प्रश्न गर्ने कांग्रेसको अवस्था होइन । कांग्रेसले त्यो ढंगले बहस गरेको पनि छैन । यो संविधानप्रति त्यति धेरै अनआस्था जाहेर गरेको पनि छैन । हाम्रो कुनै पनि प्लेटफर्ममा यो विषय यति गम्भीर ढंगले उठेको पनि छैन । त्यसैले यो कुराले महामन्त्रीले गम्भीर रुपमा ख्याल गर्न जरुरी छ । त्यो कुरा स्वभाविक होइन । 

होइन भने उहाँको भनाइलाई कांग्रेस पार्टीले कसरी लिन्छ त, कि कांग्रेसमा जो जे बोले पनि हुन्छ हो ? 

पार्टी आफ्नो नम्समा चल्नुपर्छ । विशेष गरी यस्ता सैद्धान्तिक विषयहरुमा यस्ता राजनीतिक आधारभूत विषयहरुमा यसरी आफूलाई मन लागेर बोल्न मिल्दैन । यत्रो संघर्षबाट प्राप्त गणतन्त्र, संघीयतामा प्रश्न उठाउने अवस्था हो भन्ने मलाई लाग्दैन । 

कांग्रेस पार्टीभित्र हिन्दु धर्मको सन्दर्भमा विषयहरु नउठेका होइनन् । तर त्यो विषय पनि संस्थागत ढंगबाट हामीले परिवर्तन गरेको आजको अवस्था होइन । त्यसैले हामीले के भनिरहेका छौं भने हिन्दु धर्म हाम्रो मौलिक धर्म हो, हाम्रो संस्कृति हो । यो मौलिकतालाई हामीले बचाउनुपर्छ । तर अरु धर्म मान्ने सबैलाई धार्मिक स्वतन्त्रता प्रदान गर्नुपर्छ । यो विषयलाई संविधानले नै प्रत्याभूत गरेको छ । 

त्यसैले धर्मका बारेमा संविधानले जे भनेको छ आजका दिनमा नेपाली कांग्रेसको त्यसैका प्रतिको प्रतिबद्धता हो । नेपाली कांग्रेसले संविधानले व्यवस्था गरेभन्दा बाहेकको विषयलाई धर्मका नाममा पनि आत्मसात गरेको छैन् । 

संघीयता, गणतन्त्रको विषयमा त कांग्रेसमा कहीँ पनि प्रश्नै उठेको छैन । मैले मिडियामा महामन्त्रीले उठाएको विषय सुनेँ । यो किन उठाउनुभयो, यो के कारणले उठाउनुभयो ? यो एकदमै अस्वभाविक छ । कांग्रेस पार्टीको हितमा छँदै छैन । त्यसकारण सचेत ढंगले उहाँले यो कुरा नउठाएको हुनसक्छ । अब त्यो कुरा हाम्रो पार्टीमा उठ्छ । 

अहिले १३ औं महाधिवेशनमा देखिएको कांगेसको तेस्रो गुट अर्थात तपाईंहरुको गुटको अवस्था कस्तो छ ? 

होइन, होइन यो परम्परागत गुटबन्दीमा हाम्रो विश्वास छैन । पहिलो धार, दोस्रो धार, तेस्रो धार यो केही पनि होइन । विषयमा आधारित हुन्छ । विषय के हो भने हामीले सम्पूर्ण रुपमा यो संविधानप्रति हाम्रो प्रतिबद्धता छ, कांग्रेसको प्रतिबद्धता छ । त्यसैले यो संविधानलाई कार्यान्वयन गर्ने सन्दर्भमा, सरकारलाई सचेत गराउने सन्दर्भमा पार्टीको एकदमै सशक्त भूमिका हुनुपर्छ । हामीले रक्षात्मक भएर होइन आक्रामक भएर प्रतिपक्षको भूमिका निर्वाह गर्नसक्नु पर्छ । त्यसैले हामीले धेरै कुरा सच्याउन जरुरी छ । 

कांग्रेसमा आन्तरिक लोकतन्त्रका बारेमा जुन प्रश्न उठेको थियो त्यो प्रश्नको सही उत्तर हामीले अहिलेसम्म दिन सकेका छैनौं । प्रश्न नउठ्ने स्थिति हामीले निर्माण गर्न सकेका छैनौं । त्यो प्रश्न उठ्ने स्थिति नेतृत्वका कारणले आएको हो । 

पार्टी सञ्चालन प्रक्रियामा त्यस्तो खालको त्रुटि देखिन्छ । यो त्रुटिलाई हटाउनुपर्छ, सच्याउनुपर्छ, आन्तरिक लोकतन्त्रको सन्दर्भमा प्रश्न नउठ्ने स्थिति हामीले बनाउनुपर्छ । र, कांग्रेसले आफ्ना प्राथमिकताहरु बदल्नुपर्छ । हिजोकै सैद्धान्तिक जगमा उभिएर हामीले नयाँ उचाईमा कांग्रेसलाई पुर्‍याउन सक्दैनौं । 

त्यसैले प्राथमिकताहरु बदल्न जरुरी छ । बीपी कोइरालाको समयमा समाजवादको ब्याख्या जसरी गरिएको थियो त्यही ब्याख्याले आजको समयलाई सम्बोधन हुन सक्दैन । 

त्यसैले हामीले तयसलाई पनि समय अनुसार बदल्न जरुरी छ । जनताले जे चाहेको छ त्यस्तो कांग्रेस बनाउनका निम्ति हामीले नेतृत्व परिवर्तन गर्नुपर्छ, सैद्धान्तिक विषयहरुमा परिवर्तन गर्नुपर्छ, सांगठनिक विषयहरुमा परिवर्तन गर्नुपर्छ र हाम्रो प्राथमिकता पनि परिवर्तन गर्नुपर्छ । 

१४ औं महाधिवेशनमा पनि कायम रहन्छ कि रहँदैन ? 

यो विषय जसले उठाउँछ त्यही नै हाम्रो गुट हो । यो विषय नउठ्ने अवस्था होला त १४ औं महाधिवेशनमा ? त्यसैले यो तमाम विषय उठ्छन् । हामीलाई यस्तो नेतृत्व चाहिएको छ जसको प्रखरताले नेकपासँग प्रतिष्पर्धा गर्न सकोस् । हामीले यत्रो निराशाका बीचमा आशा पलाउने गरी नेपाली कांग्रेसको नेतृत्वले प्रखर ढंगबाट विषयहरु ल्याउन जरुरी छ । 

त्यसैले अब सामान्य तरिकाबाट, परम्परागत हिसाबबाट नेपाली कांग्रेस अगाडि जान सक्दैन । आजको देशले नेपाली कांग्रेसको नेतृत्व कस्तो चाहिरहेको छ, त्यो चाहना अनुरुपको नेतृत्व आउन जरुरी छ । 

नेतृत्वको सन्दर्भमा १४ औं महाधिवेशनमा यो ढंगबाट नेतृत्वको खोजी गरिन्छ । प्राथमिकताको सन्दर्भमा आजको प्राथमिकता नेपालको समृद्धि हो, विकास हो, बेरोजगारी अन्त्य हो, युवामाथिको शोषणको अन्त्य हो, स्रोत र साधनको उपयोगिता हो । यो सबै विषयमा हामीले प्रष्ट दृष्टिकोण १४ औं महाविधेशनमा ल्याउन जरुरी छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारका कामकारबाहीलाई कसरी लिनुभएको छ ? 

यो सरकार पूर्णरुपमा अधिनायकवाद उन्मुख छ । दोषारोपणका निम्ति मात्रै हामीले भनेको होइन, प्रधानमन्त्री जति शक्तिशाली हुन खोजी रहनुभएको छ त्यसले उहाँमा लोकतान्त्रिक आचरण देखिएन । उहाँले लोकतन्त्रलाई बलियो बनाउन खोजेको जस्तो देखिएन । 
विभिन्न मन्त्रालयहरुका विभिन्न विभागहरुलाई आफू मातहतमा लिएर जानुभयो । उहाँले बिना टेण्डर ठूला योजनाहरु दिने व्यवस्था गर्नुभयो ।

अहिले हुँदा–हुँदा सुरक्षा परिषदले सेना परिचालन गर्ने होइन कि सीधैँ प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउनुपर्छ भनेर उहाँले विधेयक तयार पारिहरनुभएको छ । 

यो सबै कुराले प्रधानमन्त्री एकदमै धेरै शक्तिशाली हुन खोजेको देखिन्छ । अनि उहाँको व्यवहारले पनि त्यस्तो देखिन्छ । प्रधानमन्त्रीले कसैलाई सम्मान गर्नुभएको छैन आजसम्म । उहाँले सबैलाई गाली गर्नुभएको छ । मलाई लाग्छ सीके राउत बाहेक प्रधानमन्त्रीले प्रधानमन्त्री भएबाट आजसम्म कसैलाई पनि सम्मान गर्नुभएको छैन । 

त्यसैले उहाँले सीके राउतसँग जे खालको अपारदर्शी सम्झौता गर्नुभयो त्यो प्रश्नको जवाफ उहाँले कसरी दिनुहुन्छ ?  विप्लव समूह आतंकमा विश्वास गर्छ भन्ने आशंका छ ।  उसले गरेको हिंसात्मक गतिविधिप्रति हाम्रो कसैको पनि सहमति हुन सक्दैन । हिंसा त्याग्नु पर्छ तर उसँग वार्ता गर्नै मिल्दैन, उसँग संवादै गर्न मिल्दैन । उ वार्ता र संवादका लागि पनि योग्य छैन भनेर प्रधानमन्त्रीले भन्न मिल्दैन । सीके राउतसँग वार्ता गर्न मिल्ने, सम्झौता गर्न मिल्ने अनि विप्लवसँग वार्ता गर्न नमिल्ने हुन्छ ? प्रधानमन्त्रीको मापदण्ड के हो ? प्रधानमन्त्री भएपछि दुईतिहाइ भएपछि मनपरी गर्न पाइन्छ ? 
 

त्यसैले यो सरकारले यो ढंगबाट लोकतन्त्रलाई पनि बलियो बनाउँदैन । नेपालमा शान्ति सुरक्षा पनि प्रदान गर्दैन । नेपालको समृद्धि पनि ल्याउँदैन । नेपाली जनताले अपेक्षा, आशा जे गरेका छन् त्यो अपेक्षा आशालाई मिट गर्न पनि सक्दैन । 

सरकारका कारण अहिलेको व्यवस्था अलोकप्रिय हुँदैन । खतरा के छ भने यो व्यवस्थालाई नै एकदमै धेरै अलोकप्रिय बनाएर व्यवस्थाकै विकल्प खोज्नुपर्ने स्थिति, व्यवस्थाकै विकल्प ठिक हो भन्ने मनोविज्ञान यो सरकारले विकास गराउँदै छ । त्यसैले यो गम्भीर छ ।

त्यसकारण यो नेकपाको विकल्प, यो सरकारको विकल्प नेपाली कांग्रेस हो । यो सरकारले गर्न नसक्नु व्यवस्थाको दोष होइन, केपी ओलीको दोष हो । यो सरकारका मन्त्रीहरुको दोष हो, नेकपाको दोष हो भनेर नेपाली कांग्रेसले आक्रामक ढंगले आफूलाई अगाडि लैजान जरुरी छ ।       
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १०, २०७५  ०९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC