site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हाम्रो भनाइ 

पत्रकारितामा लामो समय बिताएपछि इन्टरनेटमा पत्रिका चलाएर संसारभरका पाठकलाई नेपाल र नेपालीको सन्दर्भ र अन्य सामग्री प्रस्तुत गरी व्यवसायिक पत्रकारिता सुरु गर्ने अभियानअन्तर्गत बाह्रखरीको जन्म भएको हो ।

आकांक्षाको असीमित आकाश लिएर आए पनि वास्तविकतामा आधारित अपेक्षा भने अहिले पाएको सफलताभन्दा कमै थियो । हामी यो एक वर्षमा पाठक, शुभेच्छुक र विज्ञापनदाताले देखाएको विश्वास, माया र सहयोगले साँच्चिकै आल्हादित भएका छौँं । पहिलो वर्षमा पाएको यस सफलताले हामीलाई भविष्यमा अझ दृढ, झनै व्यावसायिक र जनताको हकहितप्रति अझ सशक्तरूपमा उभिन शक्ति प्रदान गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

लोकतान्त्रिक समाज, उदार आर्थिक र सामाजिक मूल्य मान्यताको उद्घोष गर्दै जनताको सम्पूर्ण हक अधिकारको रक्षार्थ अभिव्यक्ति स्वतन्त्रताको निडर उपयोग गर्ने हाम्रो दृढ प्रण कुनै पनि मूल्यमा कमजोर नबन्ने विश्वास दिलाउछौँ । यस मिडियाको मुख्य उद्देश्य आर्थिकरूपमा सम्पन्न बन्नु पक्कै होइन ।

तथापि, पत्रकारिताको हक हित र यस पेसामा लाग्नेको संरक्षण र सम्बद्र्धन गर्न भने आर्थिकरूपमा पनि सबल हुनैपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । गएको एक वर्षमा यस संस्थासँग सम्बद्ध पुराना पत्रकारको मूल्य र मान्यताको आधारमा बजारले हामीलाई विश्वास गरेको कुरामा दुई मत छैन । यसबीच समाचारमा कुनै पनि प्रकारले सम्झौता नगर्ने र नैतिक अडानमा कसैसँग नदब्ने चरित्र यस संस्था आफैँले विकास गर्दै गएको हुनाले जनमानसको विश्वास बढेर गएको अनुभव गर्न पाएका छाैं । यसमा हामी आफ्नो व्यावसायिकताप्रति गर्व र जनमानसको विश्वासप्रति नमन गर्न चाहन्छौँ ।

Global Ime bank

हाम्रो समाजमा व्याप्त समस्या र कुनै पनि व्यक्ति वा संस्थाको विश्वसनीयताप्रति शंका गर्नुपर्ने वर्तमान अवस्थामा एकै वर्षमा हामीले आफूलाई प्रमाणित गर्न सकेका छौँं भनेर घमण्ड गर्दैनौ तर हामीले अपनाएका मूल्य र मान्यताले क्रमशः विश्वास आर्जन गर्दै गएकोमा प्रशन्नभने अवश्य नै छौं ।
लोकतान्त्रिक समाज र उदार व्यवस्थामा विश्वास गर्ने सबै राजनीतिक दलका हामी समर्थक हौँ तर नैतिकता, इमानदारी र समाजप्रतिको कर्तव्य बिर्सने कुनै पनि राजनीतिक व्यक्तित्व, सरकारका प्रतिनिधि, कर्मचारी, व्यापारी वा समाजका प्रतिनिधिप्रति निर्ममरूपमा प्रस्तुत हुने कलम धारण गर्ने बाह्रखरीलाई कसैले बेवास्ता नगरुन् भन्ने हाम्रो अनुरोध छ । जनताको लागि काम गरे हाम्रो समर्थन जित्नुहुनेछ भने जन विरोधी क्रियाकलापमा संलग्न कसैले पनि बाह्रखरीको बलियो प्रतिरोध सहन तयार रहनुपर्नेछ ।

राजनीतिक नेतृत्व लगामविहीन तथा नैतिकताहीन भएकाले समाजका सबै अङ्ग कमजोर बनेको सबैले महसुस गरेकै विषय हो । यस्तो अवस्थामा पत्रकारिता पनि नकारात्मक रूपमा शक्ति र सम्पत्तिको प्रभावमा परेको छ । अझ साइबर स्पेसमा जो सुकैले जे सुकै पनि लेख्न र फैलाउन सक्ने अवस्था भएकाले पनि अहिले अनलाइन मिडियामा जनविश्वासको जरा दह्रोसँग गड्न सकेको छैन । तर, अब सूचनाको माध्यम त इन्टरनेट र अनलाइन मिडियानै हो । यस क्षेत्रमै बसी जनताको विश्वास जितेर समाजलाई अघि बढाउने संकल्प लिएर आएका हाम्रो स्थापनाको पहिलो वर्षमा आत्मविश्वास बढेको छ । भविष्यमा पनि तपाईंहरूको साथ र शुभेक्षा पाइरहनेमा हामी विश्वस्त छौँं । 
धन्यवाद
प्रतीक प्रधान
प्रधान सम्पादक
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ७, २०७३  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC