यस्तो छ साताको राशिफलः अनुकूल साता  

यस्तो छ साताको राशिफलः अनुकूल साता  

साप्ताहिक राशिफल 

२०७५ चैत्र ९ – १५ गतेसम्म 

चैत्रकृष्ण तृतीया – नवमीसम्म 

९ गते नालामत्स्येन्द्रनाथ रथयात्रा, विश्व मौसम दिवस, 

१० गते विश्व क्षयरोग दिवस,

१४ गते अष्टमीव्रत, गोरखकालीपूजा, शीलताष्टमी, वासेरा, 

१५ गते दूदूच्याँच्या 

मेषः साताको सुरु अनुकूल रहनेछ । शनि, रविबार अत्यन्त सुखद र रमाइलो रहनेछ । प्रियजनसँग भेटघाट हुनेछ ।  सोम, मंगलबार मन खिन्न हुन सक्नेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ । बुध,बृहस्पति, शुक्रबार मध्यम प्रायः रहनेछ । 

वृषः साताको पूर्वार्धका दिन अनुकूल रहनेछन् । शनि, रविबार आटे ताकेको काम बन्नेछ । सोम, मंगलबार व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजन भेटिनेछन् । मनोरञ्जन गरिनेछ । बुध, बृहस्पति, शुक्रबार नितान्त प्रतिकूल रहनेछ । 

मिथुनः साताको सुरु बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार सावधानयोग्य रहनेछ । सोम, मंगलबार शत्रु पराजित हुनेछन् । दीर्घकालीन कामको सोच बढ्नेछ । बुध, बृहस्पति, शुक्रबार यात्राको योग रहेको छ । रमाइलो हुनेछ । 

कर्कटः साताको अन्तिम अनुकूल रहनेछ । शनि, रविबार नितान्त प्रतिकूल रहनेछ । सोम, मंगलबार कडा प्रतिस्पर्धा गरिनेछ । नियमित कामलाई निरन्तरता दिनु बेस हुनेछ । बुध, बृहस्पति, शुक्रबार साताकै उत्कृष्ट र कार्यसिद्धिदायक रहनेछ । 

सिंहः साताको थोरै मात्र दिन अनुकूल रहनेछ । शनि, रविबार साताकै उत्कृष्ट र कीर्तिवर्धक रहनेछ । सोम, मंगलबार प्रतिकूल रहनेछ । बुध, बृहस्पति, शुक्रबार सावधानयोग्य रहनेछ । मनमा चिन्ता बढ्नेछ । धैर्य गर्नु बुद्धिमानी हुनेछ । 

कन्याः साताको मध्य भाग अनुकूल रहनेछ । शनि, रविबार आर्थिक विचलन देखिन सक्नेछ । बोलीमा कडापन आउन सक्छ । सोम, मंगलबार उपयुक्त कार्यशैली र निर्णय गरिनेछ । यश, मिल्नेछ । बुध, बृहस्पति, शुक्रबार नितान्त प्रतिकूल रहनेछ । 

तुलाः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रविबार भाग्यवर्धक कार्यसिद्धि हुनेछ । सोम, मंगलबार मध्यम प्रायः रहनेछ । स्वास्थ्य कमजोर रहनेछ । बुध, बृहस्पति, शुक्रबार कार्यव्यस्तता बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

वृश्चिकः साताको थोरै मात्र दिन अनुकूल रहनेछ । शनि, रविबार खर्चिलो रहन सक्नेछ । सोम, मंगलबार महत्वपूर्ण र उच्चस्तरीय कार्यक्रम बन्नेछ । भाग्योदय हुनेछ । बुध, बृहस्पति, शुक्रबार बोलीवचनमा सावधान रहनु पर्ने देखिन्छ । 

धनुः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रविबार सबैतिरबाट अनुकूल र लाभदायक रहनेछ । सोम, मंगलबार प्रतिकूल रहनेछ । बुध, बृहस्पति, शुक्रबार भाग्यवर्धक काम गरिनेछ । पढाइ लेखाइले तीव्र गति लिनेछ । 

मकरः साताको अन्तिम बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार मानसम्मान पदप्रतिष्ठा प्राप्त हुनेछ । सोम, मंगलबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । मन प्रसन्न हुनेछ । बुध, बृहस्पति, शुक्रबार नितान्त प्रतिकूल रहनेछ । 

कुम्भः साताको सुरु बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार मध्यम प्रायः रहनेछ । सोम, मंगलबार मानसम्मान प्राप्ति र उच्चस्तरीय कार्यक्रम बन्नेछ । बुध, बृहस्पति, शुक्रबार राम्रै आयस्रोत जुट्नेछ । मनमा सन्तोष मिल्नेछ । 

मीनः साताको अन्तिम अनुकूल रहनेछ । शनि, रविबार प्रतिकूल रहनेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । सोम, मंगलबार धर्मकर्ममा व्यवधान आउन सक्छ । धैर्य गर्नु पर्नेछ । बुध, बृहस्पति, शुक्रबार मानोन्न्तिको अवसर आउनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

यस्तो छ साप्ताहिक राशिफलः मध्यम साता 

२०७५ फाल्गुन ११ –  १७ गतेसम्म  फाल्गुनकृष्ण चतुर्थी – दशमीसम्म  १४ गते अष्टमीव्रत, गोरखकालीपूजा,  मेषः साताको पूर्वार्धका दिन अनुकूल रहनेछन् । शनिबार शत्रु

यस्तो छ साप्ताहिक राशिफलः अनुकूल साता 

२०७५ मंसिर ८ – १४ गतेसम्म  मार्गकृष्ण प्रतिपदा – अष्टमीसम्म ८ गते थानकोट महालक्ष्मीयात्रा,  १३ गते भैरवोत्पत्ति, १४ गते अष्टमीव्रत, गोरखकालीपूजा, मेषः साताको थोरै मात्र

साप्ताहिक राशिफलः अनुकुल साता  

२०७४ श्रावण २१ – २७ गतेसम्म  श्रावणशुक्ल त्रयोदशी – भाद्रकृष्ण चतुर्थीसम्म  २१ गते शनिप्रदोषव्रत,  २३ गते पूर्णिमाव्रत, कुम्भेश्वर, गोसाइँकुण्ड, पशुपतिनाथमेला,  खण्डग्रास चन्द्रग्रहण, हयग्रोवोत्पत्ति,  २४ गते