राजनीति
काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालका नेता आङ्काजी शेर्पाले पार्टीबाट राजीनामा दिएका छन् ।
उनले पार्टीमा रहेर काम गर्न नसक्ने भन्दै आज राजीनामा दिएका हुन् । उनको राजीनामा पत्रमा पहिचानको आन्दोलनमा अहोरात्र आउनेलाई भन्दा ठूला नेताको घरमा धाउनेलाई बढी अवसर दिएको र पार्टीभित्र ‘नस्लवाद र नातावाद’ हाबी भएको उल्लेख गरिएको छ ।
पार्टीका नेता जिम्मेवारीमा भन्दा पनि व्यक्तिगत स्वार्थ दोहनमा लागेको उनको दाबी छ । उक्त राजीनामा पत्रमा पार्टीको क्रियाशील सदस्यसमेत नरहने गरी राजीनामा दिएको उल्लेख छ । यसैगरी उनले पहिचानको आन्दोलनमा भने अभियन्ताका रुपमा क्रियाशील रहने बताएका छन् । रासस
प्रकाशित मिति: मंगलबार, साउन ११, २०७३ १९:१०
प्रतिक्रिया दिनुहोस्