site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हिरोले मात्रै चलचित्र बन्छ, नायिका चाहिँदैन ?
Sarbottam CementSarbottam Cement

चलचित्र ‘क्याप्टेन’सँगै रिलिजमा आएको चलचित्र ‘ब्रेकअप’ की नायिका सिल्पा मास्के एक महिनाको अन्तरालमै फेरि दर्शक माझ आइपुगेकी छिन् । सिल्पा मास्के अभिनित चलचित्र ‘कागजपत्र’ आजबाट प्रदर्शनमा आएको छ । चलचित्रमा उनी नायिकाको भूमिकामा छिन् । यद्यपि उनी मात्रै लिड रोलमा छैनन् । सरिता गिरी, भोलाराज सपकोटा, नाजिर हुसेन मुख्य भूमिकामा छन् । जसरी हुन्छ अमेरिका वा अष्ट्रेलिया जानै पर्ने मनोविज्ञानबाट गुज्रिदै गएको समाज, व्यक्ति र प्रवृत्तिप्रतिलाई मुख्य कथान बनाएको चलचित्र ‘कागजपत्र’ लगायत चलचित्रप्रतिको उनको बुझाई, अनुभव र आम प्रवृत्तिप्रति केन्द्रित रहेर नायिका सिल्पा मास्केसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः 
० ० ०
शुक्रबारबाट प्रदर्शनमा आएको तपाईंले अभिनय गरेको चलचित्र ‘कागजपत्र’ कस्तो मुभी हो ? 
अहिले समाजमा भइरहेको विषय जसमा अधिकांशले आफूमा रिलेट गर्न सक्नुहुन्छ । सबैले मन पराउनेगरि सरल रुपमा प्रस्तुत गरिएको छ । जसरी पनि अष्ट्रेलिया अथवा अमेरिका जानै पर्ने जुन मानसिता अहिले समाजमा विकास भइरहेको छ, त्यही कुरा नै चलचित्रको मुख्य कथानक हो । 

केही समय अगाडि मात्रै रिलिज भएको तपाईंको पहिलो चलचित्र ‘ब्रेकअप’ ले अपेक्षित सफलता प्राप्त गर्न सकेन । यो चलचित्रको अवस्था पनि त्यस्तै पो हुने हो की ?
मैले ‘कागजपत्र’ हेरिसकेको छु । ट्रेलरमा जति राम्रो छ त्योभन्दा राम्रो फिल्म बनेको छ । हसाउँछ, रुवाउँछु । समाजिक कथाबस्तु पनि छ । चलचित्रको गीत देखि ब्याकग्राउन्ड स्कोरसम्म सबै राम्रो छ । स्क्रिप्ट देखि नै होल युनिटले मेहनत गरेको हुनाले पनि चलचित्र राम्रो बनेको छ । 

पछिल्लो समय अपेक्षा गरिएका चलचित्र नै चलिरहेका छैनन् । एकपछि अर्को चलचित्रको निराशाजनक समीक्षा र ब्यापारबाट गुज्रिरहेका बेला ‘कागजपत्र’लाई कसरी विश्वास गर्न सकिन्छ ? 
पक्कै पनि तपाईंले भने जस्तै छ अहिलेको अवस्था । चलचित्र हेर्न दर्शकहरु आइरहनु भएको छैन । चलचित्रले ब्यापार गरिरहेका अवस्था छैनन् । ‘कागजपत्र’ राम्रो बनेकाले यसलाई दर्शकले मन पराउनु हुनेछ भन्ने विश्वास हो । ग्रान्ड स्टोरी र ग्रान्ड हिरो हिरोइन भएको चलचित्र होइन । क्यारेक्टर बेस मुभी हो । चल्छ चल्दैन त त्यो आजभोलीसम्म थाहा हुन्छ । मेरो विश्वास वर्ड अफ माउथले नै यो चलचित्र चल्छ भन्ने छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चरित्र प्रधान चलचित्र भए पनि मुख्य भूमिकामा नै हुनुहुन्छ । ‘ब्रेकअप’ बाट ठूलो सफलता हात नपरेको अवस्थामा यो सम्भवत तपाईंको ‘करिअर’ मेकर चलचित्रका रुपमा हेरिएको छ । कत्तिको प्रेसर हुँदोरहेछ ?
क्यारेक्टर बेसको चलचित्र भएकाले चलचित्रको सिंगो भारी मैले बोकेर हिँड्नु परेको छैन । धेरै कलाकार समानान्तर रोलमा हुनुहुन्छ । स्क्रिप्ट टाइट छ । एउटा मात्रै क्यारेक्टर भएन भने पनि पूरै चलचित्र नै अधुरो हुन्छ । त्यसैले चलचित्रमा प्रेसर छैन । मेरो विचारमा यो चलचित्र मेरो करिअरका लागि हेल्पफूल मुभी बन्ने छ । दर्शकले मलाई एक महिनाको अन्तरमा नै दुई पटक देख्दै हुनुहुन्छ । ‘ब्रेकअप’मा भन्दा यसमा मलाई फरक रुपमा देख्न सक्नुहुनेछ ।

‘कागजपत्र’मा अधिकांश कलाकार थिएरटरबाट आएका छन् । थिएटरमा काम गरिसकेका कलाकारसँग काम गर्न कत्तिको चुनौतीपूर्ण हुँदोरहेछ ?
थिएटरबाट आएको कलाकार क्यारेक्टर भित्रको सानोसानो कुरामा डुबेर काम गर्नुहुन्छ । प्राकितक कुराहरु आउँछ अभिनयमा पनि । उहाँहरुसँग काम गर्न पाउँदा मैले पनि धेरै कुरा सिकेँ उहाँहरुबाट । सिनहरु छिटो छिटो हुने । काम गर्न पनि सजिलो थियो उहाँहरुसँग । 

Global Ime bank

मैले पनि मेहनत गरेको छु । दुई वर्ष एक्टिङ सिकेर आएको हुँ । उहाँहरुले थिएर एक्टिङ सिक्नु भयो । मैले एक्टिङ क्लासमा सिकेँ । 

छोटै समय भएपनि पक्कै केही अनुभव त गर्नुभयो होला । हलिउड, बलिउडका चलचित्र चल्ने तर नेपाली चलचित्र नचल्ने कारण के रहेछ ? 
नेपाली चलचित्रबाट दर्शक भड्किसक्नु भयो जस्तो लाग्छ । सिनेमा प्रचार, ब्रिफिङ, गीत र ट्रेलरले जती हाइप पाएको हुन्छ हलमा पुग्दा पाएको पाइप र भनिए जस्तो चलचित्र राम्रो हुँदैन । यस्तै पक्षहरुले गर्दा नेपाली चलचित्र राम्रो हुँदैन भन्ने छाप परिसके जस्तो लाग्छ । अब यस्तै हो भने राम्रो फिल्म आए पनि चल्नेवाला छैन । 

स्क्रिप्टमै त्रुटी हुन्छ हाम्रोमा । सेटमा सबैले मेहनत गर्नुहुन्छ तर मुख्य कुरा स्क्रिप्टमै गल्ती भएपछि जतिसुकै मेहनत गरे पनि कहाँ राम्रो हुन्छ र ? प्राविधिक रुपमा धेरै गल्तीहरु छन् । समय लगाएर राम्रो बनाउँ भन्दापनि सबैलाई तीन महिनामै काम सकेर हलमा लगाइहाल्न हतार छ यहाँ । 

कतिपय अवस्थामा कलाकारले सेटमा पनि मेहनत नगरेको  भन्ने आरोप लाग्दै आएको छ । न्यून पारिश्रमिक पनि यसको कारण हुन सक्छ ?
मेहनतको कुरा गर्दा जसले अभिनयलाई नै आफ्नो कर्म र धर्म भनेर लागिरहको उसैलाई आफ्नो चलचित्रमा लिएपछि यसको समाधान भइहाल्छ । हामीले मेहनत गरेअनुसार त्यसको प्रतिफल आएन भने पक्कै पनि त्यसले निराश बनाउँछ । जति मेहनत गरे पनि यस्तै हो, किन मेहनत गर्ने भन्ने हुन्छ । 

नव नायिकाहरुबाट चलचित्रको पारिश्रमिकले पकेट खर्च पनि चल्दैन भनेका गुनासाहरु पनि आइरहेका छन्, हो ? 
अरुले कति पाउनु भयो त्यो त मलाई थाहा भएन । तर त्यती धेरै गाह्रो पनि हुँदैन । प्रोडक्सन अनुसार पनि हुन्छ । तर यो चाहिँ सही हो जति मेहनत गरिन्छ त्यो भन्दा कम चाँहि हुन्छ । 

त्यो पनि नायक र नायिकामा फरक छ भन्छन्, हो ? 
त्यो त हो । यो त फेरि फरक प्रसंगतर्फ गइहाल्छ । नायकहरुले यती पायो उती पायो भनेर समाचारमै आइरहेको हुन्छ । यस्तो समाचार आउने अवस्था नायिकाको हकमा पनि हुनुपर्छ । एक जनाले मात्रै फिम्म बन्छ र ? नायकले मात्रै फिल्म बन्ने हो र ? नायिका पनि त चाहिन्छ । फिल्म बन्न त हरेक कलाकारको उत्तिकै योगदान हुन्छ नी । मेहनत, समय बराबरी खर्च हुन्छ भने समानता पारिश्रमिकमा पनि त हुनुप¥यो । महिलाको सशक्तिकरण हामीले नै गर्ने होइन र ? म त यसबारे जहिल्यै बोल्न तयार छु । 

महिलालाई सेन्टरमा राखेर निर्माण भएका नेपाली चलचित्र पनि निकै कम छन् नि !
हो । यो अर्को सत्य हो । ‘बुलबुल’ ले महिलालाई केन्द्रमा राख्यो म एकदम खुसी छु । महिला राइटर, निर्देशक, क्रु पनि निकै कम हुनुहुन्छ । सायद महिला फिल्म राइटर नआएससम्म महिलालाई केन्द्रिय चरित्र बनाएर चलचित्र कमै निर्माण हुन्छन् होला । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC