काठमाडौं । रामेछाप जिल्लाको बाम्ती भण्डार स्थित सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पसका लागि निर्मित क्याम्पस भवनको औपचारिक उद्घाटन भएको छ ।
सन् १९६३ मा स्थापित तथा त्रिभुवन विश्वविद्यालयसँग सम्बद्घ सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पसमा हाल एकहजार विद्यार्थीहरु अध्ययनरत छन् । सन् २००६ देखि यस क्याम्पसले स्नातक तहका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पस रामेछाप जिल्लाको प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा परिचित छ ।
भारत सरकारको रु ३.५५ करोड अनुदान सहयोगमा निर्मित यस तीनतल्ले नयाँ भवनमा १२ वटा कक्षाकोठा रहेका छन् । संकाय, प्रधानाध्यापक, पुस्तकालय, बैठक, लेखा शाखा, प्रयोगशाला, भण्डारणका लागि एक–एक कोठा तथा प्रत्येक तलामा छात्र छात्राका लागि शौचालय निर्माण गरिएका छन् ।