site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

जाजरकोट । स्थानीय तहले सिंहदरबारको अधिकार गाउँ, गाउँमा पुर्याउने लक्ष्यअनुसार घरदैलोमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । 

यसै क्रममा भेरी नगरपालिकाले सबै वडामा शुक्रबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य संस्थासम्म उपचारका लागि आउन नसक्ने ज्येष्ठ नागरिकलाई लक्ष्य गरी ‘मेयर निःशुल्क स्वास्थ्य शिविर’ सञ्चालन गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

शिविरमा भिडियो एक्स–रे, दन्त सेवा, पाठेघरको जाँचलगायत सेवा प्रदान गरिएको छ । गाउँमै स्वास्थ्य सेवा पाएपछि नगरवासी खुशी भएको प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले जानकारी दिए ।  

भेरी नगरपालिका–११ जगतीपुरमा सञ्चालन गरिएको शिविरमा ३०० जनाभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । रुघाखोकी, जरो, ग्याष्ट्रिकलगायत सामान्य खालका रोगका बिरामी बढी मात्रामा उपचारका लागि आएको बेल्वासेले बताए । गाउँ, गाउँमा चिकित्सकसहित शिविर सञ्चालन भएपछि उपचार गराउन आउनेको भीड लाग्ने गरेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।  

Global Ime bank

यसैबीच जिल्लामा २५ वर्षपछि खाद्य प्राविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयले बजार अनुगमन गरेको छ । कार्यालय स्थापना भएको अढाइ दशक बित्दासम्म बजारमा अनुगमन गरिएको थिएन । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बजार अनुगमनलाई तीव्र पारिने बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५  ०८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC