site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा ३५ मुक्त हलिया परिवारलाई पुनः स्थापन गरिएको छ । भूमि सुधार कार्यालयले नौ धुर जग्गा र घर निर्माण गर्न रु दुई लाख २५ हजार उपलब्ध गराएर ‘क’ वर्गका मुक्त हलिया परिवारलाई पुनः स्थापन गरेको हो । 

जग्गा र घर निर्माणका लागि रकम पाएपछि मुक्त हलिया परिवार घर निर्माणमा जुटेका छन् । “घर जग्गा नहुँदा सडक किनारमा टहरा बनाएर बस्दै आएका थियौँ । अरुका पक्की घर देख्दा हामीले पनि कहिले यस्तो घर बनाउन सकौँला जस्तो लग्थ्यो”, मञ्जु दमाईले भनिन् “सरकारले रोजगारको पनि व्यवस्था गरिदिए हुन्थ्यो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

सामुदायिक वन छेउमा बस्दै आएका सुरेश नागरी घर जग्गा पाउँदा निकै खुशी देखिए । उनले भने, “बास पाइयो । अब जागिर चाहियो ।” अधिकांश मुक्तहलिया परिवारले घर निर्माण गरे पनि केही परिवारले भने आर्थिक अभावका कारण घर बनाउन सकेका छैनन् । 

“सरकारले उपलब्ध गराएको रकममा घर बनाउन सकिन्न”, मोहन दमाईंले भने । पुनःस्थापनमा परेका मुक्तहलिया परिवारले बालबालिकालाई पढाउन विद्यालय, रोजगार, विद्युत् र खानेपानीको माग गरेका छन् । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC