साहित्य
काठमाडौं । ‘प्रहरीको छहारीमा’ नामक वालगित संग्रह सार्वजनिक गरिएको छ । विद्यार्थिहरुमा रहेको सृजनात्मक क्षमताको प्रस्फुटन, विकास र प्रोत्साहनको लागि नेपाल प्रहरी विद्यालय सामाखुसीमा अध्यनरत विद्यार्थिहरुले गीति एल्बम सार्वजनिक गरेका हुन् ।
विद्यार्थीहरुका साथै गायक आन्नद कार्कीको समेत गीतमा स्वर रहेको छ । गीतमा गीतकार राजेन्द्र थापा, नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक नवराज सिलवाल, केन्द्रित बाल कल्याण समितिका अध्यक्ष डिल्लीराम गिरी, करुणा फाउनडेशन नेपालका राष्ट्रिय निर्देशक दिपक राज सापकोटा, प्रहरी निरीक्षक शिवराज बस्नेत, प्रहरी निरीक्षक इश्वर थापा, प्रहरी सहायक निरीक्षक विश्वनाथ झाका शब्द रहेका छन् ।
गीतमा संगीत संयोजन प्रहरी सहायक निरीक्षक विश्वनाथ झा र पूर्व प्रहरी नायब निरीक्षक मनोज सिंहको छ । केही समयपछि गीतको म्युजिक भिडियो पनि निर्माण गर्ने लक्ष्य रहेको नेपाल प्रहरी विद्यालय सामाखुसीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ११, २०७३ १८:४६
प्रतिक्रिया दिनुहोस्