काठमाडौं । नख्खु बम विस्फोटका मुख्य योजनाकार भनिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली सुदर्शन पक्राउ परेका छन् ।
मध्य केन्द्रीय कमाण्ड इन्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन् । ओलीलाई प्रहरीको विशेष ब्यूरो, अपराध महाशाखाको टोली र काभ्रे प्रहरीले पक्राउ गरेको हो ।
ओलीसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका छन् । उनीहरु सबै गाडीमा भाग्न लागेको अबस्थामा पक्राउ परेका हुन ।
ओलीकै योजनामा फागुन १० गते ललितपुरको नख्खुमा रहेको एनसेल टावर अगाडि बम विस्फोट भएको प्रहरीको निष्कर्ष छ । विस्फोटमा एकजनाको मृत्यु भएको थियो ।
ओली नेकपाका तेस्रो नम्बरका नेता हुन् । ओलीले नख्खु बम विस्फोटको जिम्मेवारी लिएका थिए।