site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सावित्रा सर्वाधिक गोलकर्ता, अनुको कीर्तिमान नजिक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

विराटनगर । नेपाल साफ च्याम्पियनसिपको उपविजेतामा सिमित हुँदा सावित्रा भण्डारी भने सर्वाधिक गोलकर्ता बनेकी छिन् । सावित्रासँगै उपाधि विजेता भारतकी इन्दुमति काथिरासेनले च्याम्पियनसिपमा समान ४ गोल गरेकी थिइन् । विराटनगरको सहिद रंगशालामा नेपाललाई ३–१ ले हराउँदै भारत पाँचौ पटक विजेता बनेको थियो । 

पहिलो हाफमा सावित्राको गोलमा नेपाल खेलमा फर्केको थियो । सावित्राको त्यो गोल २६ औं अन्तर्राष्ट्रिय गोल हो । त्योसँगै उनले नेपालका लागि सर्वाधिक गोल गर्ने दोस्रो स्थानमा हरेकी जमुना गुरुङलाई पछि पारेकी छिन् । अब सावित्रा दोस्रो स्थानमा उक्लेकी छिन् । जमुनाको २५ गोल गरेकी थिइन् । अनु लामा ३५ गोलका साथ सर्वाधिक गोलकर्ता शीर्षस्थानमा रहेकी छिन् ।

सावित्राले समूह चरणका दुई, सेमिफाइनल र फाइनल सबैमा एकएक गोल गरेकी थिइन् । यसअघिको संस्करणमा नेपाल सेमिफाइनलबाट बाहिरिँदा सावित्राले सर्वाधिक १२ गोल गरेकी थिइन् । 
भारतकै डालिमा छिबर प्रतियोगिताकी उत्कृष्ट खेलाडी घोषित बनिन् । बंगलादेश फेयर प्ले टोली घोषित भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५  १९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC