site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतविरुद्ध साबित्राले फर्काइन् बराबरी गोल
Sarbottam CementSarbottam Cement

विराटनगर ।  २६ औं मिनेटमा अग्रता लिएको भारतविरुद्ध नेपालले बराबरी गोल फर्काएको छ । गिता रानाको पासमा साबित्राले गोल गरिन् । विराटनगरस्थित सहिद रंगशालामा नेपाल र भारत पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल २६ औं मिनेटमा पछाडि परेको थियो । हिराकुमारी भुजेलले गरेको फाउलमा प्राप्त फ्रिकिकमा भारतकी डालिमाले गोल गरेकी थिइन् ।

घरेलु मैदान र दर्शक साथ पाएको नेपालले आक्रामक खेलिरहेको छ । सुरुआती अवसर नेपालले खेर फालेको छ । साबित्रा भण्डारीले १० औं र २६ औं मिनेटमा गोलका सुन्दर अवसर खेर फालिन् । चिरपरिचित प्रतिद्धन्दी भारतबिरुद्धको फाइनलमा प्रशिक्षक हरी खड्काले सेमिफाइनलमा श्रीलंकाबिरुद्ध मैदान उत्रारेको टोलीलाई नै निरन्तरता दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको प्लेइङ–११ मा गोलकिपरमा एन्जिला तुम्पाबो सुब्बा छन् । डिफेन्डरमा हिरा भुजेल, गिता राना, पुनम जर्घामगर, मनमाया लिम्बू छन् । मिडफिल्डमा मन्जली योन्जन, रेनुका नगरकोटी, दिपा राई र अनिता बस्नेत छन् ।

फर्वाडमा सावित्रा भण्डारी र रेनुका नगरकोटी छन् । सेमिmाइनलमा श्रीलंकालाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । भारतले बंगलादेशलाई पराजित गरेको थियो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC