site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतीय राजनीति : \'म पनि चौकीदार\' भर्सेस \'चोकीदार चोर हुन्\'
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । एक सामान्‍यजस्तै लाग्ने 'चौकिदार' शब्दले यति ठूलो राजनीतिक धुर्वीकरण गराउँछ भन्‍ने अनुमान सायद कसैले पनि लगाएका थिएनन् होला । 

ट्‍वीटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अनिल शाहले जब आफ्नो नामको अगाडी चौकीदार शब्द राखे त्यसपछि यस शब्दावलीले विशेष महत्व पायो र झन एक अभियानका रुपमा अघि बढ्‍यो। यससँगै पियूष गोयल र त्यसपछि राजनाथ सिंह, सुषमा स्वराजलगायत पुरै क्याबिनेट 'म पनि चौकिदार' को कित्तामा उभियो। सन् २०१९ को लोकसभा निर्वाचनमा कांग्रेस अध्यक्ष राहुल गान्धीलाई आफ्नो कम्युनिकेशन थ्योरीका माध्यमबाट जवाफ दिने किसिमले भाजपाको शीर्ष नेतृत्व मैदान उत्रिएको छ। 

एक अर्को गम्भीर विषय त के छ भने भारतको पूरा क्याबिनेट नै 'म पनि चौकीदार' अभियानमा सामेल भएपछि मुलुकको चौकीदारी गर्ने अख्तियार पाएको मन्त्रालयकी रक्षामन्त्री निर्मला सीतारमण अन्तिममा ट्वीटरमा नामको अघि चौकीदार शब्द थपेकी थिइन्। यसबाट प्रष्ट हुन्छ की यो अभियान बीजेपीले रणनीति बनाएर पार्टीको निर्णयमार्फत पारित गरिएको अभियान होइन्। 

Agni Group

तर, प्रधानमन्त्री नरेन्द्र मोदी र बीजेपी अध्यक्ष अमित शाहले जुन तरिकाबाट कांग्रेस अध्यक्ष गान्धीलाई जवाफ दिएका छन्, यसले ठूलो राजनीतिक धुव्रीकरण सुरु भएको बुझ्न सकिन्छ। 

प्रधानमन्त्री मोदीले आफूलाई उदार तथा विनम्र सावित गर्ने चक्करमा नामको अघि चौकीदार शब्द थपेका थिए। तर, उनले आफैंले प्रयोग गरेको सामान्यजस्तै लाग्‍ने चौकीदार शब्द राजनीतिक वृतमा गलाको हड्डी बन्छ भन्‍ने सायदै सोचेका थिए होला। 

Global Ime bank

अर्कोतिर कांग्रेस अध्यक्ष राहुल गान्धीलाई गुजरातको विधान सभा निर्वाचनसम्म यो अनुमान थिएन की मोदीले 'चौकीदार चोर हो' को जवाफमा आफैंलाई चौकीदार बनाएर प्यारोडी रचिरहेका छन्। लोकसभा चुनावसम्म चौकीदार शब्द राजनीतिक धुव्रीकरण र बहसको ठूलो नारा बन्ने निश्चित छ।

चौकीदार शब्द भारतीय राजनीतिमा यती ठूलो स्पेस बनाएको छ। जुन समसामयिक कयौं मुद्दाका लागि ऐनाजस्तै स्थापित भएको छ। यो शब्द अहिले कयौं कम्युनीकेशनका अध्येताहरुका लागि अध्ययनको विषय बनेको छ। 

राहुल गान्धीका सञ्‍चार सल्लाहाकारले सायद यसलाई ठीक तरिकाबाट अर्थ लगाए। जब नरेन्द्र मोदीले आफूलाई चौकीदार भनेर ट्वीटरमा नाम परिवर्तन गरे, त्यसपछि कांग्रेसका सञ्‍चार सल्लाकारले त्यसभित्र लुकेको अर्को अर्थलाई बाहिर ल्याइदिए र चौकीदार चोर पनि हुन्छन् भन्ने अर्थ लगाए। कांग्रेसले चौकीदारले गर्ने पहरेदारीको क्षमतामाथि नै प्रश्‍न गर्नुपर्ने आवश्यकता औंल्याए। यो शब्दले लोकसभा चुनावसम्म नै दुबै पार्टीको टाउको दुखाईको विषय बन्‍ने निश्चित छ। 

राहुल गान्धीले नरेन्द्र मोदीको गृहराज्य गुजरातमा जारी विधानसभा चुनावका बेला नै चौकीदारमाथि धावा बोलेका थिए। उनले प्रधानमन्त्रीको चौकीदारी क्षमतामाथि मात्रै प्रश्न गरेका थिए। 

राहुल गान्धीले पहिला प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व क्षमतामाथि प्रश्‍न उठाउनका लागि चौकीदार शब्‍दको प्रयोग गरेका थिए। उनले हर वस्तुमा कुनै न कुनै कमजोरी भएजस्तै चौकीदारमा पनि कमजोरी हुन्छन् र सबै चौकीदार इमान्दार हुँदैनन् भन्‍ने आसय व्यक्त गर्न खोजेकन थिए। विभिन्‍न चुनावमा भएका कमजोरी, सीबीएसईका पेपरसँगै डाटा लीक भइरहेकै बेला गान्धीले चौकीदार पनि 'वीक' हुन्छन् भनेका थिए। 

अमित शाहका छोरा जय शाहको कम्पनीमा भइरहेको बृहत्तर आम्दानीको तारिफ गर्दै चौकीदारसँग जोडेका थिए- चौकीदार भागीदार बनिसकेका छन‍्।

'चौकीदार कमोर हुन्छन्' र चौकीदार भागीदार बन्छन् भन्‍ने आरोपप्रत्यारोपको सिलसिला बढेर पाँच राज्यको विधानसभा चुनावको माहोलसम्म पुगिसकेको थियो। विस्तारै उक्त वाक्याशं बढेर राहुल गान्धीसम्म आइपुग्दा २१ नोभेम्बरमा उनले घोषणा गरे कि दिल्लीमा 'चौकीदार नै चोर हुन्छन्'।

भारतीय राजनीतिमा आफू अनुकुल शब्दलाई कविताका जस्तै पंक्ति बनाएर त्यसको मन्थक गर्ने सिलसिलाको श्रेय नरेन्द्र मोदी सरकारको सबभन्दा ठूलो देन मान्‍न सकिन्छ। कविताका जस्ता पंक्ति र सांकेतिकरण गर्ने दुबै काम मोदी सरकारको महत्वपूर्ण देन मान्‍न सकिन्छ। 

राहुल गान्धीले जसरी चौकीदार चोर हुन्छन् भन्‍ने पंक्तिलाई मिडियाले पनि जोडतोडका साथ उठाएपछि प्रधानमन्त्री नरेन्द्र मोदी र बीजेपी अध्यक्ष अमित शाहलाई झड्का लागेको थियो। प्रधानमन्त्री मोदी र बीजेपी अध्यक्ष शाहले चौकीदारका लागि जुन मानक बनाएका थिए त्यसलाई मेटाउन नसकिने भएपनि चाणक्यका नीति अनुसार सोही रेखा बराबरको अर्को रेखा तान्न सकियो भने गान्धीले भनेको चौकीदारको परिभाषा प्रभावित हुनसक्ने मनसायका साथ नामको अघि चौकीदार शब्‍द राखेका थिए। 

सन् २०१८ मा भएको पाँच राज्यको विधानसभा चुनावको प्रचार शैलीलाई गम्भीर रुपमा अध्ययन गर्ने हो भने राहुल गान्धीको 'चौकीदार' र चौकीदारको आक्रमण जसरी बढ्दै गइरहेको थियो उता प्रधानमन्त्री मोदी र अमित शाहले त्यसको जवाफ दिनमै अल्झिरहेकाजस्तो देखिन्थ्यो। 

प्रधानमन्त्रीले ७ फेब्रुअरी २०१९ मा आफ्नो कार्यकालको उपलब्धीको व्यहोरा पेस गर्ने क्रममा आफू जनताको चौकीदारी गरिरहेको बताएका थिए। संसदमा बसेका पत्रकारहरुको संकेत मिल्यो की गान्धीको चौकीदारलाई आक्रमण गर्नुको साटो प्रधानमन्त्री मोदी आफैं चौकीदारबाट रक्षात्मक बनीरहेका थिए। 
 
प्रधानमन्त्री मोदी र बीजेपी अध्यक्ष शाहले ट्वीटरमा आफ्नो नामको अघि चौकीदार शब्द राखेपछि आएका प्रतिक्रियालाई आधारमान्दा आफैंले बुनेको जालमा आफैं फसेकाजस्ता देखिन्छन्। 

बिहार विधानसभाको चुनावपछिका पाँच वर्षमा बीजेपीका शीर्ष नेताहरुले अरुको उठेका प्रश्‍नको जवाफ दिनुको साटो प्रतिआलफचनामा उत्रिए त्यसपछि सफलता भन्दा पनि उल्झनको सामना गर्नु परेको छ। 

'म पनि चौकीदार भर्सेस' 'चौकीदार चोर हुन' का बीच लोकसभा चुनावको तयारी भव्य प्रचारबाजीका साथ अघि बढीरहेको देख्‍न सकिन्छ। 

(यो लेखकको निजी विचार हो। )
 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५  ११:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC