site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
९ जना विद्रोही मारिए
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
ढाका । बङ्गलादेशको राजधानी ढाकाको कल्याणपुर इलाकामा लुकेर बसेका सशस्त्र बिद्रोहीको अखाडामा मंगलबार सरकारी सुरक्षाबलले गरेको कारबाहीमा ९ जना आतङ्ककारीको मृत्यु भएको छ । 
 
घटनास्थलमा भारी परिमाणमा ग्रिनेड र अन्य बिस्फोटक पदार्थ बरामद हुनुका साथै केही आशङ्कित सशस्त्र विद्रोहीलाई पनि पक्राउ गरिएको छ । 
 
समाचार स्रोतका अनुसार कल्याणपुर बजार इलाकामा रहेको एउटा अपार्टमेन्ट भवनमा सशस्त्र आतङ्ककारीहरु लुकेका बसेका सुराकी प्रहरी पाएको थियो । 
 
सोही आधारमा खोजी गर्दै जाँदा अखाडा जमाइ बसेका ती आतङ्ककारीहरु फेला परेपछि सशस्त्र प्रहरी र रापिड याक्सन बटालियनका जवानहरुको संयुक्त टोलीले बिहान साढे ५ बजे तिर भवनलाई घेरा हाली आक्रमण गरेका थिए । 
 
त्यसैगरी सो अपार्टमेण्ट भवनबाट सुरक्षाकर्मीले ठूलो परिमाणमा जिहादी पर्चाहरु तथा सञ्चार साधनका विभिन्न उपकरणहरुसमेत जफत गरेका छन् । 
 
छापा मार्ने क्रममा सशस्त्र विद्रोहीले सरकारी सुरक्षाकर्मी उपर हस्तनिर्मित ग्रिनेड बम र गोली प्रहार गरी केही बेर दोहोरो भिडन्तसमेत भएको जनाइएको छ । 
 
तर सुरक्षाकर्मीतर्फ के कति हताहति भयो सो भने खुल्न सकेको छैन । रासस/सिन्ह्वा
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ११, २०७३  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC