site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
होली नदल्न आग्रह गर्दा प्रहरीमाथी निर्घात कुटपिट
Sarbottam CementSarbottam Cement

दाङ । बहिनीलाई होली नदल्न आग्रह गर्दा दाङमा प्रहरीमाथी युवाहरुले निर्घात कुटपिट गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत विदामा घर दाङको तुलसीपु्र उपमहानगरपालिका-१८ निवासी जितबहादुर चौधरीमाथि विहीवार युवाहरुको एक समुहले निर्घात कुटपिट गरेको हो । 

टाउको र खुट्टामा चोट रहेका घाइते चौधरीलाई तुलसीपुरका सिटी हस्पिटलमा प्रारम्भीक उपचार पछि थप उपचारको लागि नेपालगन्ज रेफर गरिएको छ । घाइते चौधरीको दिदी सीता चौधरीले बहिनी शोभामाथि १०-१२ जनाको संख्यामा आएका युवाहरुले बलजफती लखेटी लखेटी होली दल्न थालेपछि त्यसो नगर्न आग्रह गर्दा भाई माथि उनीहरुले कुटपिट गरेको जानकारी दिइन । युवाहरुको समुहले कुटपिट गरि चौधरीलाई नजिकै रहेको खोलाको पुलवाट फालिदिएको दिदी सीता चौधरीले बताइन ।

Prabhu Bank
Agni Group
NIC Asia

कुटपिटमा संलग्न १० जना स्थानीय युवालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले १८ बर्षीय केशर बस्नेतलाई पक्राउ गरिएको र माधव वली लगाएका युवाहरु फरार रहेको जानकारी दिए । 

११६ चालक पक्राउ 

Global Ime bank

प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने एकसय १६ जनालाई नियन्त्रणमा लिएको छ । जसमा ९४ वटा मोटरसाईकल चालक, १२ वटा स्कुटर, २ वटा कार, ६ वटा अटो रिक्सा, २ वटा ट्याक्टरका चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले बताए । 

उच्श्रृखल गतिबिधि गर्ने ५९ र अन्य जबरजस्ती रंग लगाउनेलाई पक्राउ गरिएको हो । 

दुर्घटना हुँदा चार जना घाइते 

दाङमा दुर्घटना हुँदा चारजना घाईते भएका छन् । दाङका विभिन्‍न स्थानमा भएको दुर्घटनामा परि चारजना घाईते भएका हुन् । दाङको धारापानी, रिहार, खिलतपुर र गोग्लीमा सवारी दुर्घटना हुँदा चारजना घाइते भएका हुन् ।

घरको छतबाट खस्दा बालक घाइते
 
होली खेलेको हेर्न गएको बेला घरको छतबाट खस्दा दाङमा एक बालक घाइते भएका छन् । 

बिहीबार शान्तिनगर गाउँपालिका ३ पातेटाकुरा घर भई हाल तुलसिपुर उपमहानगरपालिका-१९ अम्रित टोलस्थित कोठाभाडामा बस्‍ने गौरी केसीका १२ वर्षीय छोरा विप्लव केसी घाईते भएको प्रहरीले बताएको छ । उनको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  २१:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC