site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
घरेलु मैदानमा भारतलाई हराउन नेपाली चेली तयार
Ghorahi CementGhorahi Cement

विराटनगर । महिला साफ च्याम्पियनसिप फुटबलमा चौथो पटक उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको नेपाल भारतको दबदबा तोड्ने लक्ष्यमा छ । फाइनलको अघिल्लो दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक हरि खड्काले भारतको दबदबालाई तोड्न टोली तयार रहेको बताए ।

साफ च्याम्पियनसिपको चौथो बाहेक सबै संस्करणमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको छ । सबैमा भारत विजयी भएको छ । प्रशिक्षक खड्काले यसपटक घरेलु मैदानमा नेपाल च्याम्पियन बन्ने दाबी गरे । “विराटनगरमा उपाधि जित्न नेपाललाई भाग्यमै लेखेको छ । तर मेहनत गर्न आवश्यक छ । त्यसका लागि खेलाडी तयार छन् । भोलिको दिन हाम्रो हो,” उनले भने ।

साफ च्याम्पियनसिपका सुरुवाती तीन संस्करणमा भारतलाई उपाधि सुम्पेको नेपाल यसपटकको संस्करणलाई यादगार बनाउने लक्ष्यमा छ । भारतसँगका पछिल्ला दुई भेटमा सफल नतिजा निकालेका कारण पनि नेपाली टोली फाइनल जित्नेमा बढी विश्वस्त छ । गत कात्तिकमा म्यानमारमा भएको ओलम्पिक छनोटमा नेपाल र भारतले १–१ को बराबरी खेलेका थिए । गत महिना भारतमै भएको हिरो गोल्डकपमा भने नेपालले भारतलाई २–१ ले पराजित गरेको थियो । महिला फुटबलमा नेपालले भारतलाई हराएको त्यो पहिलो पटक हो । त्यसयता यी दुई टोलीले एकअर्काको सामना गर्दैछन् । 

Agni Group

तर,दक्षिण एसियामाआफूलाई प्रमाणित गरिसकेको भारतविरुद्ध प्रशिक्षक खड्का उत्तिकै सचेत छन् । “भारतले दक्षिण एसियामा आफूलाई प्रमाणित गरिसकेको छ । हामी प्रमाणित गर्ने अवस्थामा छौं । टेक्निकल्ली र फिजिकल्ली उनीहरु हामी भन्दा माथि छन् । हामीले जित्ने भनेको लडेर अर्थात् मेहनत गरेर हो,” खड्काले भने ।

च्याम्पियनसिपमा समूह चरण र सेमिफाइनलमा भन्दा फाइनलमा दबाब कम रहेको खड्काको भनाइ थियो । “भारत पनि अलआउट भएर खेल्छ । विपक्षीले रक्षात्मक खेल्दा कठिन हुन्छ । भारतसँग खेल्दा सहज हुन्छ किनकी उनीहरु पनि रक्षात्मक खेल्दैनन् । यस्तोमा जसले मौकाको सदुपयोग गर्न सक्छ, त्यही टोली विजयी हुन्छ,” उनले भने । 

Global Ime bank

उनले भारतका चार खेलाडीलाई निगरानीमा राख्नैपर्ने आंैल्याए । “भारतको विङ्गर बलियो छिन । प्ले मेकेरसंगिताबास्पोरी र इन्दुमती काथिरासन बलिया छन् । ती दुईजनालाई टाइम र स्पेस नदिई खेल्नेछौं,” उनले भने । एट्याकिङ खेलमा विश्वास गर्ने बताएका प्रशिक्षक खड्काले भारतविरुद्ध नयाँ रणनीति अपनाउने बताए । “घरेलु मैदानमा स्वभाविक दबाब नै हुन्छ । तर हामी दबाब नभई उत्साहित भएर खेल्नेछौं । पहिलो पटक यति ठूलोे खेलाडी फेस गरिरहेका छौं,” खड्काले थपे,“फाइनलमा अझै समर्थकको दबाब हुन्छ । पास मिस गर्दा आउने नकारात्मक हुटिङप्रति खेलाडी तयार छन् । रणनीतिक हिसाबले खेलेपछि बलियो टोलीलाई हराउन सक्छौं भनेर प्रमाणित गरिसकेकाले जित्नेछौं ।”

समूह चरण र सेमिफाइनलमा प्रतिद्वन्द्वी रक्षात्मक भइदिँदा सावित्रा भण्डारीले अपेक्षाकृत गोल गर्न नसकेको र फाइनलमा त्यो नहुने प्रशिक्षक खड्काको विश्वास छ । उनले भने, “भारत पनि आक्रामक खेल्छ । त्यहीभएर सावित्रा खेल्न पाउनेछिन् । यसअघि उसलाई रोक्ने योजना बन्दा स्कोर नभएको मात्र हो,”प्रशिक्षक खड्काले भने । 

टोली कप्तान निरु थापा घरेलु मैदानमा उपाधि जित्ने अवसर खेरनफाल्नेमा ढुक्क छिन् । उनले भनिन्, “फाइनल जसरी पनि जित्न कोसिस गर्नेछौं । यस्तो अवसर सधै आउँदैन । हामी त्यसका लागि तयार छौं ।” पछिल्ला खेलमा भारतमाथि जित निकालेकाले खेलाडी उच्च मनोबलमा रहेको कप्तान निरुले बताइन् । उनले भनिन्, “भारत भन्दा आत्तिहाल्ने समस्या थियो । तर अहिले सक्छौं भनेर प्रमाणित गरेका छौं । मिहिनेतका साथ खेल्नेछौं ।”

भारतकी प्रशिक्षक मायामोल नेडुगाडान रक्कीले पनि पाँचौं उपाधिका लागि भारत तयार रहेको बताइन् । उनले यसअघि नेपालसँग जस्तो नतिजा रहेपनि फाइनलमा त्यसलाई बिर्सेर खेल्ने बताइन् । उनले भनिन्, “नेपाल बलियो प्रतिद्वन्द्वी हो । यसअघि के भयो होइन कि अब कस्तो खेल्नेमा विश्वास गर्छौ । फाइनल रोमाञ्चक हुनेछ ।”उनले उपाधिका साथ च्याम्पियनसिपको अन्त्य गर्ने लक्ष्य राखेको बताइन् । उनले भनिन्,“नेपालको घरेलु मैदान हो । तर हामीले नेपालजस्तै धेरै स्थानमा गएर खेलिसकेका छौं । यसले हामीलाई फरक पार्ने छैन ।”

भारतकी कप्तान अशलता देवी लेइतोङबमले यसअघि लगातार चारपटक उपाधि जितिसकेको र अब पनि जित्नका लागि प्रयास गर्ने बताइन् । उनले भनिन्, “हामी दबाबमा पनि छैनौं र विपक्षीलाई कमजोर पनि आकेका छैनौं । नेपालप्रति हाम्रो सम्मान छ । हामी उपाधि जित्ने प्रयास गर्नेछौं ।”

नेपाल र भारतबीच फाइनल खेल शुक्रबार दिउँसो ३ बजे हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC