site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडासँग स्वीस डेभलपमेन्ट को-अपरेशन एजेन्सीका महानिर्देशक मेनुएर सागरले शिष्टाचार भेट गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री डा खतिवडाले नेपालको समग्र विकास प्रयासमा स्वीस सरकारले पुर्‍याएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।

भेटमा थप सहयोगका क्षेत्रहरुबारे छलफल समेत भएको थियो । विशेषगरी यातायात तथा सुरुङ मार्ग निर्माणको कार्यमा स्वीस सरकारको विशेष दक्षता र अनुभव रहेकोले सो प्रविधिलाई नेपालमा प्रयोग गर्न चाहेको खतिवडाले बताए । उनले नेपाल सरकारले प्रस्तावित गरेको दुई सुरुङमार्गको निर्माणलाई द्रुतगतिमा अगाडी बढाउन स्वीस सरकारसँग विशेष आग्रह पनि गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा महानिर्देशक सागरले नेपालले राजनीतिक स्थिरता प्राप्त गर्न सफल भएको तथा नयाँ संविधान कार्यान्वयनको चरणमा भएकोमा खुशी व्यक्त गरे । 

भेटमा नेपालको भौगोलिक विविधताका कारण प्राप्त गर्न सक्ने लाभका क्षेत्रहरुमा आगामी दिनहरुमा पनि सहयोगको निरन्तरता रहने प्रतिवद्धता व्यक्त गरे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC