site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालका लागि स्कोडा कारको आधिकारिक बिक्रेता स्कोडा एमएडब्लुले स्कोडा कोडियाकको नयाँ र सबैभन्दा माथिल्लो भेरियन्ट लरिन एन्ड क्लेमेन्ट (एलएन्डके) एडिसन सार्वजनिक गरेको छ । ‘एलएन्डके’ भेरियन्टमा रहेको अतुलनीय डिजाइन र अभुतपुर्व फिचरले स्कोडा कोडियाकलाई अझै माथि पुर्‍याउने अपेक्षासहित कम्पनीले नयाँ भेरियन्ट सार्वजनिक गरेको हो ।

कोडियाकको ‘लरेन एन्ड क्लेमेन्ट’ ब्याजले स्कोडाका संस्थापकहरुको सम्झना दिलाउने कम्पनीको दाबी छ । स्कोडा कोडियाक ‘एलएन्डके’ पाँच वटा कलरः ‘लाभा ब्लु’, ‘क्वार्ज ग्रे’, ‘मुन ह्वाइट’, ‘म्याजिक ब्ल्याक’ र ‘अल न्यु म्याग्नेटिक ब्राउन’मा उपलब्ध हुनेछ । नेपालमा कोडियाक ‘एलएन्डके’को मूल्य १ करोड ५८ लाख रुपैयाँ तोकिएको छ । 

यस्ता छन् फिचरः

Prabhu Bank
Agni Group
NIC Asia

बेजोड डिजाइन

कोडियाक एल एन्ड केको एक्सटेरियर डिजाइन र फिचरहरुले तत्काल ध्यान आकृष्ट गर्छ । यसको फेसियामा विशेषखालको क्रोम ग्रिल रहेको छ र यसको स्वरुपलाई ‘आई ल्यास’ जस्तो देखिने एलईडी हेडलाइट र १८ (आर) त्रिनिटी एलोई ह्विलले विशेष बनाइदिएको छ । 

Global Ime bank

पछाडिको भागमा स्कोडाको टिपिकल ‘सी’ आकारको एलइडी टेललाईटमा क्रिस्टलाइन इलेमेन्टहरु राखिएका छन् । पछाडिको बम्परमा रहेको क्रोम ट्रिमले ‘एक्जस्ट पाइप’ र ‘डिफ्युजर’लाई छुट्याएको छ भने ‘सिल्भर रुफ रेल’ले यसको ‘प्रिमियमनेस’लाई अझ बढाइदिएको छ । ‘फ्रन्ट विंग्स’मा राखिएको ‘एलएन्डके’ ब्याज उत्कृष्ट पेन्टिङ जस्तै देखिन्छ ।

कम्फोर्ट र कन्भिनियन्स

कोडियाकको सबैभन्दा बिलासी भर्सन ‘एलएन्डके’मा धेरै ‘इनोभेटिभ’ फिचर पाइन्छ जुन अरु धेरैमा पाइँदैन । बडीको विभिन्न स्थानमा राखिएका चार वटा ‘वाइड एंगल’ क्यामेरामार्फत ३६० डिग्री ‘सराउन्ड एरिया भ्यु’ देखिन्छ ।

त्यसैगरी, ‘ह्यान्डफ्रि पार्किङ’ले पार्किङलाई आरामदायी बनाइदिन्छ । यसको मद्दतले ‘प्यारेरली’ वा ‘पर्पेन्डिकुलरी’ पार्क गरिराखेको गाडीको भीडमा पार्किङ गर्ने उत्तम ठाउँ पत्ता लगाउन सक्नु हुन्छ र यसले पार्किङमा असिस्ट पनि गर्छ । 

‘सिम्प्ली क्लेभर’ फिचर

स्कोडा कोडियाकमा रहेका ‘सिम्प्ली क्लेभर’ फिचरहरुबाट स्कोडा सदा ‘मोर कार’ दिन तत्पर रहेको कुरालाई पुष्टि गर्छ । व्यवहारिक र आरामदायी साना अनि ठूला सुविधाले यात्रालाई आनन्ददायी बनाइदिन्छ । 

‘डोर एज प्रोटेक्सन’ एउटा उदाहरण हो । जब कारको ढोका खोलिन्छ तब अटोमेटिकल्ली एउटा ‘प्रोटेक्सन सिल्ड’ निस्कन्छ जसले ढोकाको मेटललाई भित्ता वा अन्य कारमा डाइरेक्टली ठोकिनबाट बचाउँछ । जब ढोका बन्द गरिन्छ तब यो शिल्ड आफैं भित्र जान्छ । त्यसैगरी, अगाडि रहेको ‘प्रोएक्टिभ इलेमेन्ट’ले फ्रन्ट बम्परमा स्क्र्याच हुनबाट बचाउँछ । 
कोडियाक एल एन्ड के ‘सिम्प्ली क्लेभर’ ‘पावर न्याप प्याकेज’ले लामो यात्राका क्रममा पछाडिका पेसेन्जरलाई आनन्दले सुत्न सहयोग गर्छ । यसमा टाउकोको पोजिसनलाई सपोर्ट गर्ने ‘हेड रेस्ट’ र दुई वटा ब्ल्यांकेटहरु पनि उपलब्ध छन् । 

कोडियाक ‘एलएन्डके’मा ‘डिजिटल भ्वाइस इन्ह्यान्समेन्ट’ फिचर छ । यो प्रविधिले ककपिटमा रहेको माइक्रोफोनको सहयोगमा अगाडि र पछाडिका यात्रीहरुबीच सहज संवाद गर्न सहयोग गर्छ । 

‘पावरफुल पर्फर्मेन्स‘

स्कोडा कोडियाक ‘एलएन्डके’को सुन्दरतालाई यसको आकर्षक पर्फर्मेन्सले साथ दिएको छ । २.० टिडीआई (अल ह्विल ड्राइभ र अटोमेटिक) डिजेल इन्जिनले ११० किलोवाट (१५०पीएस) उर्जा र ३४० एनएम टर्क उत्पन्न गर्छ । 

इलेक्ट्रोनिक कन्ट्रोलसहितको अल ह्विल ड्राइभ सिस्टमले ‘ट्रयाक्सन, स्टाबिलिटी र सेफ्टी’लाई बेजोड बनाइदिन्छ । यसमा इलेक्ट्रिकल्ली कन्ट्रोल हुने ‘मल्टिप्लेट क्लच’समेत रहेको छ जसले कोडियाकको अफरोड क्षमतालाई बढाइदिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  १९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC