site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा सांसद पम्फा भुषालले नेपाली चेलीहरु भारतको प्रधानमन्त्री हुने आंकक्षा बोकेर भारतमा बिहे गरेर नगएको बताएकी छन् ।
 
बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सांसद भुषालले यस्तो बताएकी हुन् । “नेपाली चेलीहरु भारतको राजनीति नेतृत्व तहमा रहेको मैले सुन्न पाएको छैन । तर भारतबाट विवाह गरेर नेपाल आएका थुप्रै भारतीय बुहारीहरु अहिले हाम्रै प्रतिनिधिसभा सदस्यमा पनि हुनुहुन्छ,” बैठकमा सांसद भुषालले भनिन्, “नागरिकता दिने भारत र नेपालको व्यवस्था निकै फरक छ । भारतबाट आएका बुहारीहरुले बिहे गरेको भोलिपल्टै नागरिकता पाउने व्यवस्था छ तर हाम्रा नेपाली छोरीहरुले बिहे गरेर भारत गएको ७ वर्षपछि मात्र त्यहाँको नागरिकता पाउन सक्छन् । हाम्रा छोरीचेलीहरु भारतको प्रधानमन्त्री बन्नका लागि बिहे गरेर भारत गएका होइनन् ।”

नागरिकता ऐन संशोधनका विषयमा विभिन्न राजनीतिक दलका प्रतिनिधिबीच अझै सहमति जुट्न सकेको सकेको छैन । सांसद भुसालले समितिबाट नागरिकताबारे सहमति जुट्न नसके उपसमिति बनाएर अंगिकृत नागरिकताबारे स्पष्ट व्यवस्थाका लागि निष्कर्ष निकाल्नुपर्नेसमेत बताइन् ।

बैठकमा सांसदहरुबीच अंगिकृत नागरिकताका विषयमा सहमति नजुटेपछि उपसमिति गठन गर्नका लागि सहमति जुटेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“नेपालमा यी दुवै प्रकारबाट नागरिकता वितरण गरिँदै आएको छ तर यसमा असन्तुष्टिको पक्ष के रह्यो ?,” उपसमिति गठनको सहमति जुट्नुअघि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने, “दक्षिण कोरियाको पुरुषले अन्य देशबाट महिला बिहे गरेर लगेपछि त्यहाँको भाषा र संस्कृतिको ज्ञान अनिवार्य हुनुपर्ने व्यवस्था छ । त्यहाँको सरकारले एउटा परीक्षा लिन्छ, त्यो पास गरेपछि मात्र नागरिकता पाइन्छ । इटालीमा बसोबासको आधारमा नागरिकता पाइँदैन ।”

नागरिकताका सवालमा नेपाल धेरै नै लचिलो मुलुक भएको सांसदहरुको तर्क छ । 

Global Ime bank

“अहिले नागरिकताको मुख्य समस्या नेपाल र भारतबीच भूराजनीतिका कारण उत्पन्न भएको हो, ” नेकपाका सांसद नवराज सिलवालले भने, “तराईका साथीहरु नडराउनूस्, तपाईंहरुले भारतीय महिला नेपाली पुरुषले बिहे गरेर ल्याएको भोलिपल्टै नेपाली नागरिकता पाउने तर्क गर्नुभन्दा नेपाली महिला भारतीय पुरुषसँग बिहे गरेर भारत गएपछि नागरिकता पाउन किन सात वर्ष पर्खिनुपर्ने ? तपाईंहरु नेपाली चेलीहरुले भारतको नागरिकता सहजै पाउन नसकेकोबारे किन केही बोल्नुहुन्न ?”

सांसद सिलवालले नेपाली नागरिकताका विषयमा आफू निकै कडा भएको पनि बताए । सांसद सिलवालले ४२.७ प्रतिशत महिला बिहे गरेर नेपाल आउने र ५८.३ प्रतिशत महिलाहरु बिहे गरेर भारत जाने गरेको तथ्यांकसमेत प्रस्तुत गरे ।

“अब नेपाली महिलाको बिहे गरेर जाने ट्रेन्ड युरोप, अमेरिकातिर बढेको हुँदा नागरिकता ऐनका विषयमा यसतर्फ पनि ध्यान दिइयोस्,” सांसद सिलवालले भने, “उपसमिति गठन गर्ने भएपछि मैले धेरै बोलिरहनु नपार्ला ।”

सांसद यशोदा अधिकारीले राज्यबाट वंशज नागरिकता पाउनु नागरिकको अधिकार र अंगिकृत नागरिकता दिनु राज्यको दायित्व रहेको स्पष्ट पारिन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC