site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पत्रकार वृत्ति कोष स्थापना तथा सञ्‍चालन निर्देशिका ०७५ स्वीकृत 
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले गोरखा दरबार हेरचार कार्यालय तथा संग्रहालय गोरखा, नुवाकोट दरबार हेरचार कार्यालय तथा संग्रहालय नुवाकोट, मनकामना क्षेत्र विकास समिति र हलेसी महादेवस्थान विकास समितिलाई संघअन्तर्गत राख्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

Agni Group

यस्तै सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त गरेको छ । यस्तै नेपाल-भारत व्यापार पारवहन सन्धीलगायतका विषयमा छलफल गर्न सहसचिव रविशंकर सैँजूको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन गरिएको बास्कोटाको भनाइ छ ।

यस्तै पाल्पा दरबार संग्रहालयलाई प्रदेश ५ अन्तर्गत र सहिद स्मारक प्राकृत प्रष्ठिान थानकोटलाई प्रदेश ३ अन्तर्गत राखी व्यवस्थापन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको बाँस्कोटाले बताए ।

Global Ime bank

सूचना प्रविधि पार्कको जग तथा भवन सुरक्षण मुद्रण विकास समितिलाई उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । “पत्रकार वृत्ति कोष स्थापना तथा सञ्चालन निर्दे्शिका ०७५ स्वीकृत गरिएको छ । नेपाल पत्रकार महासंघको चौंथो संशोधन विधान ०७३ स्वीकृत गरिएको छ । चिकित्सकीय कानुनी सेवा सञ्चालन निर्देशिका ०७५ स्वीकृत गरिएको छ । एकलबिन्दु सेवा केन्द्र स्थापना तथा सञ्चालन गर्ने बारेको सूचना प्रकाशन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई स्वीकृति दिइएको छ,” पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, “शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज नियमावली ०७५ स्वीकृत गरिएको छ ।”

यस्तै मन्त्रिपरिषद बैठकले ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैयाँमा भारतीय सरकारी कम्पनी कोन्कन रेलवेज कर्पोरेसन लिमिटेड मार्फत दुई सेट डेमु ट्रेन जि टु जि प्रक्रियाबाट खरिद गर्न रेल विभागलाई स्वीकृति दिएको मन्त्री बाँस्कोटाले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC