site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कांग्रेस अहिले कम्युनिष्ट मुक्त मुलुक बनाउने अभियानमा लागेको बताएका छन्। 

नेपाली कांग्रेस जिल्ला कार्य समिती बैतडीद्वारा शिवनाथ गाउँपालिकामा आयोजित अर्न्तक्रियामा बोल्दै नेता लेखकले कम्युनिष्ट शासनको एक बर्षमा नै जनता निरास भएकोले कम्युनिस्टमुक्त मुलुक बनाउने अभियानमा अघि बढेको बताएका हुन्। 

Prabhu Bank
Agni Group
NIC Asia

उनले कम्युनिस्टहरुले चौबाटोमा छोडेको संविधान नेपाली कांग्रेसले पूरा गरेको दाबी गरेका छन्। उनले भने, "२०६४ मा कम्युनिष्टको बहुमत हुँदा संविधान निर्माण गर्न नसकेको तर २०७० मा कांग्रेसले जित्दा देशमा संविधान निर्माण र तीन तहका चुनाव गरेर नेपाली कांग्रेसले नै कार्यान्वयन गरेको हो।"

कम्युनिष्टका कारण मुलुक द्वन्दको भुमरीमा जान्छ कि भन्नेमा कांग्रेस चिन्तित भएको नेता लेखकले बताए। उनले भने, "ध्वंशलाई नै सर्वोपरी ठान्‍ने कम्युनिस्ट सरकार विकाश विरोधी हो। कांग्रेसले सुरूवात गरेका विकास निर्माणका कार्यसमेत सरकारको निर्देशनमा रोकिएका छन्।"

Global Ime bank

कार्यक्रममा राप्रपा जिल्ला सदस्य राजु देवी साउँदलगायत नेकपा, राप्रपा परित्याग गरि ११० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC