site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मनिरपेक्षता, गणतन्त्रजस्ता विषयमा आफ्नो जनमत संग्रहमा जान तयार भएको अभिव्यक्ति दिएका छन् । पूर्व पञ्चहरूको राष्ट्रिय प्रजातन्त्र पार्टीले सडकबाट ‘हिन्दुराज्य र राजतन्त्र’ फर्काउने घोषणा गरेकै बेला कोइरालाले धर्मनिरपेक्षता र गणतन्त्रका बारेमा जनमत संग्रहमा जानसकिने बताएका हुन् । जनताले चाहेमा आफ्नो पार्टी धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताका विषयमा जनमत संग्रहमा जान तत्पर रहेको धारणा नेपाली कांग्रेसको आधिकारिक अडान भने हैन । नेपालमा अहिले जनमत संग्रह गरेरै टुंगो लगाउनुपर्ने कुनै गरी कुनै पनि विषयमा सतहमा देखापरेको पनि छैन । यसैले महामन्त्री कोइरालालगायत सबैको जनमत संग्रहको माग ‘कुबेलाको राग’मात्रै ठहर्छ ।

नेपालको संविधान, २०७२ मा धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र विभिन्न आन्दोलनका बलमा समावेश गरिएका हुन् । यद्यपि, संविधान सभामा भएका मतदानमा दुई तिहाइभन्दा बढीले यिनको पक्षमा मतदान गरेका छन् । यी कुनै पनि नेपालका लागि आवश्यक र उपयोगी थिए कि थिएनन् भन्ने विषयमा पर्याप्त र गम्भीर छलफल संसद् भित्र वा बाहिर कहिल्यै भएन । पुनःस्थापित प्रतिनिधि सभाले धर्मनिरपेक्षताको घोषणा विनाछलफल गरेको हो । त्यतिबेलै पनि यसमा विवाद भएको थियो । संविधान सभाको पहिलो बैठकले राजतन्त्र हटाउने निर्णय गरेको थियो । संघीयता मूलतः मधेस आन्दोलनको दबाबमा आएको थियो । यिनको स्थापना जनताको चाहनाबाट भएको हैन । यसैले नेपाली जनमत यी तीनै विषयमा विभाजित हुनसक्छ । तर, संविधान सभाबाट अनुमोदित भइसकेकाले अब यी विषयमा विवाद गरिरहनुको औचित्य छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

संविधान निर्माणपछि भएको निर्वाचनमा राजतन्त्र र हिन्दुराज्यका पक्षमा जनताले मत दिएनन् । नेपाली कांग्रेसले पनि चुनावमा धर्मनिरपेक्षता, गणतन्त्र, संघीयताको विरोधमा जनतासँग मत मागेको थिएन । यसैले अहिले कांग्रेसका महामन्त्रीले जनमत संग्रहमा जान सकिने धारणा व्यक्त गर्नु कुबेलाको रागमात्रै हो । महामन्त्री कोइरालाले अहिलेको संविधानमा हस्ताक्षर गरेका छन् । यसैले पनि उनले अपरिहार्य अवस्था नआउँदासम्म यो संविधानको विपक्षमा उभिन मिल्दैन । पक्कै पनि जनमत संग्रह उच्चकोटीको लोकतान्त्रिक अभ्यास हो । तर, यसको प्रयोग भने बिरलै र अत्यावश्यक हुँदामात्र गरिन्छ । अहिले नेपालमा कुनै पनि विषय जनमत संग्रहबाटै टुंगो लगाउनुपर्ने अवस्था छैन । यसैले यी विषयबाट अहिले पछि हट्नु वा प्रश्न गर्नु पश्चगमन ठहर्छ । पछाडि हट्ने बाटो सकिएको अवस्थामा यिनले गर्ने क्षति कसरी कमगर्न सकिन्छ भनेर चिन्ता गर्ने हो ।  

व्यक्तिका रूपमा डा. शशांक कोइरालाका विभिन्न विषयमा निजी धारणा हुनसक्छन् । हिन्दु धर्म वा राजतन्त्रप्रति उनको मोह पनि हुनसक्छ । तर, नेपाली कांग्रेसका महामन्त्री कोइराला प्रमुख विपक्षी दलका शीर्ष पंक्तिका नेतामध्येमा पर्छन् । उनी प्रतिनिधि सभाका सदस्य पनि हुन् । यसैले उनको अभिव्यक्तिलाई गम्भीररूपमा लिनुपर्ने हुन्छ । र, उनले पनि बोल्दा त्यसको हेक्का राख्नुपर्छ । अहिले जनमत संग्रहको बहस गरेर जनताका दैनिक समस्यालाई उपेक्षा गर्नु विपक्षी दलका लागि पनि प्रत्युत्पादक हुन्छ । यसबाट जनतालाई पनि धोका हुन्छ । अहिले त विपक्षी दलका नेताले संसद् र सडकमा सरकारका गलत क्रियाकलापविरुद्ध आवाज उठाउनु जरुरी छ । महामन्त्री कोइरालाको त आफ्नै पार्टी लथालिंग छ । त्यसैलाई व्यवस्थित बनाउन ध्यान दिए हुन्छ । जनमत संग्रहको माग गरेर कुबेलाको आत्मघाती रागमा रमाउनसको कारण बुझ्न सकिएन ! 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC