site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । सेयर बजार मंगलबार पनि आकासिएर नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार नेप्से परिसूचक २८ अंकले बढेर १ हजार ८६६  अंकमा पुगेको छ । यो हालसम्मकै सबै भन्दा बढी हो । सोमबार नेप्से परिसूचक ३९.६६ अंकले बढेर १ हजार ८३८ अंक पुगेको थियो । सेयर बजार आकासिएर दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ । मंगलबार ११ हजार ७४३  कारोबार भएको छ । एकै दिन २ अर्ब ७५ करोड ३७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यो हालसम्मकै सर्वाधिक बढी कारोबार हो । बैंक तथा वित्तीय संस्थाको सेयर बढेकाले समग्र नेप्से परिसूचक उकालो लागेको हो । नेप्से परिसूचक समग्रममा १.५२ प्रतिशतले बढेको छ ।
 
मंगलबार उत्पादनमूलक क्षेत्रको परिसूचक ६४.३८ अंकको भारी गिरावट आएको छ । बैकिङ समूहको सेयर बढेकाले समग्र परिसूचकमा उछाल आएको हो । बैकिङ परिसूचक २७.२४, होटल समूहको ७६, विकास बैंकको ७३.९, जलविद्युत्को ३०.१५, वित्त कम्पनीको २२.३२, र विमाको ३१.६ प्रतिशत बढेको छ । सोमबार जलविद्युत् समूहको परिसूचकमा गिरावट आएकोमा मंगलबार उत्पादनमुलक समूहको परिसूचकमा ६४.३८ अंकको भारी गिरावट आएको छ । 
 
वोनस सेयर र हकप्रद सेयर आउने आशामा लगानीकर्ताले सेयर बजारमा लगानी बढाउँदा उछाल आएको धितोपत्र बोर्डका प्रवत्ता नीरज गिरी बताउँछन् । “यो सेयर बजार बढ्ने बेला हो” उनले भने “बैंक तथा वित्तीय संस्थाको पूँजी वृद्धि गर्नुपर्ने भएकाले वोनस सेयर पाउने आशामा सेयर बजार बढेको हो ।” यस्तै सेयर कारोबार दलाल कमिशन शूल्क ४० प्रतिशतसम्म घटेपछि लागत कम हुन गई कारोबार बढेको हो ।  
 
यस्तै अस्वभाविक रुपमा सेयर बढ्न थालेपछि धितोपत्र बोर्डले कम्पनीको अवस्था विश्लेषण गरेर माग लगानी गर्न साना लगानीकर्तालाई सुुझाएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ११, २०७३  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC