site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
होलीको दिन काठमाडौंमा १० दुर्घटना, दुईको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा भएको दुर्घटनामा परी दुईको मृत्यु भएको र तीन सख्त घाइते भएका छन् । होली पर्वमा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भु र सातदोबाटोमा भएको दुर्घटनामा दुईको मृत्यु भएको र तीनको अवस्था जटिल छ । 
ती दुर्घटनामा काठमाडौँ कीर्तिपुरका ३१ वर्षीय सुनिल शाही र ललितपुर गोदावरीका १७ वर्षीय सचिन श्रेष्ठको मृत्यु भएको थियो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले घाइतेहरूको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल र सातदोबाटोस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको जानकारी दिए । होलीमा बुधबार मात्र काठमाडौँ उपत्यकाका स्थानमा १० दुर्घटना भएका थिए । गत वर्षको होलीमा २२ सवारी साधान दुर्घटनामा हुँदा १८ घाइते भएका थिए । ट्राफिक प्रहरीले बुधबार होलीमा उपत्यकाभित्र जथाभावी रुपमा सवारीसाधन चलाउने ९१८ चालकलाई कारवाहीसमेत गरेको छ । तीमध्ये ९०५ दुईपाङ्ग्रे र १३ चारपाङ्ग्रे सवारीसाधनका चालक कारवाहीमा परेका थिए । 
रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  ११:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC