site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । समाजमा आपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले समुदायसँग मिलेर काठमाडौँमा ‘घर दैलो’ अभियान चलाउने भएको छ । 

आवश्यक प्रहरी अधिकारीको सम्पर्क नम्बरसहितको प्रचार सामग्री वितरण गरी समुदायसँग सम्बन्ध विस्तार गर्न घरघरमा पुग्ने गरी उक्त अभियान चलाउन लागिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख वसन्त लामाले जानकारी दिए । ‘समुदाय ¬प्रहरी साझेदारी’ कार्यक्रममार्फत शुरु हुने घरदैलो कार्यक्रमअन्तर्गत हरेक घरघरमा सामाजिक सेचतनाका विषय उल्लेख गरिएको स्टिकरसमेत टाँस गरिनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

“सो कार्यक्रमअन्तर्गत जिल्ला समितिको बैठकले घरदैलो कार्यक्रम गर्ने निर्णय गरिरसकेको छ, अहिले हामी त्यसैको तयारीमा छौँ, छिट्टै अभियान सञ्चालन हुँदैछ”, परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले भने । समुदायसँग मिलेर मात्रै अपराध नियन्त्रण गर्न सकिने भएकाले घरदैलोलाई प्राथमिकता दिन लागिएको हो । 

घरदैलो कार्यक्रमका लागि घरघरमा पुग्नुपर्ने, सबै घरधनी र परिवारको विवरण र भाडामा बस्ने मानिसको विवरण लिनुपर्ने भएकाले तोकिएको ढाँचा वडा कार्यालयबाट लिने तथा घरघरमा टाँस गर्ने स्टिकर तयार गर्ने प्रक्रिया शुरु गरिएको छ । 

Global Ime bank

घरदैलोसँगै सडक मानव, सडक बालबालिकामा र मगन्तेलाई जनचेतना र उद्धारमार्फत दिगो र प्रभावकारी व्यवस्थापनको कार्ययोजना बनाई कार्यान्वयन गर्ने, महिला हिंसा, महिला तथा बालबालिकाविरुद्धको अपराध, साइबर अपराध, सवारी साधन दुर्घटना न्यूनीकरण, मदिरा तथा लागुपदार्थ प्रयोगबारे अभिभावकको दायित्व विषयमा अभिमुखीकरण गर्ने कार्यक्रम तय भएको पोखरेलले बताए । आगामी शैक्षिक सत्रको क्यालेण्डरमै प्रहरीको सचेतना कक्षा राख्न स्थानीय तहमार्फत विद्यालयलाई अनुरोध गर्ने निर्णयसमेत गरिएको जनाइएको छ । 

सडकबत्ती नभएका स्थानमा सवारी दुर्घटना बढ्नाका साथै चोरीका अपराध पनि बढेकाले आ–आफ्नो वडा क्षेत्रमा सडकबत्ती नभएका स्थान पहिचान गरी त्यस्ता क्षेत्रमा वडा कार्यालयमार्फत सडकबत्ती राख्ने योजनासमेत उक्त अभियानको छ ।नेपाल प्रहरीले गएको कात्तिक ११ गते देशभर एकैसाथ ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ लागू गरेको थियो । त्यसयता काठमाडौँ जिल्लाको सुरक्षा हेर्ने प्रहरी परिसरले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत एउटा जिल्ला समिति, ११ पालिका समिति, १३८ वडा समिति, ७०३ विद्यालय सम्पर्क समिति, १३२ टोल समिति गठन गरेको र ४९० भन्दा बढी विद्यालयमा सम्पर्क कार्यक्रम गरिएको जनाएको छ । 

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार उक्त कार्यक्रमअन्तर्गत अहिलेसम्म ७५३ स्थानीय तहमध्ये ७४७ तहमा समिति निर्माण गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको छ । प्रहरीले उक्त अभियानकै क्रममा पहिलो चरणमा काठमाडौँमा १० केन्द्रीय अस्पतालमा सुर्तीजन्य पदार्थ प्रयोगमा निषेध गर्ने योजना बनाएको छ । 
बत्ती नभएको स्थानमा सडकबत्ती राख्न हरेक घरलाई आग्रह गर्ने र विभिन्न सङ्घसंस्थाको सहकार्यमा सूचना बोर्ड राख्ने योजना अघि बढाइएको प्रहरीले जनाएको छ । 
– नारायण ढुङ्गाना (रासस)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC