site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
न्युजील्याण्डकी प्रधानमन्त्रीद्वारा हतियार प्रयोगमा रोक लगाउने घोषणा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

न्युजील्याण्ड । न्युजील्याण्डकी प्रधानमन्त्री जाकिन्दा आर्डेनले सैनिकले चलाउने खालका अर्ध स्वचालित हतियार, एसल्ट राइफल र उच्च क्षमताका म्याग्जीन्सहरुमा रोक लगाइने घोषणा गरेकी छन् । गएको शुक्रबार क्राइस्ट चर्च क्षेत्रका दुई मश्जिदमा  एक व्यक्तिको गोली प्रहारबाट ५० जना मानिसको ज्यान गएपछि  प्रधानमन्त्रीले पछिल्ले  घोषणा गरेकी हुन् । 

अर्ध स्वचालित हतियारहरु जुन शुक्रबारको आक्रमणमा प्रयोग भएका थिए त्यस्ता हतियार प्रयोगमा रोक लगाउने सम्बन्धी  कानुन तत्कालै ल्याइने समेत उनले जनाइन्  ।  उनले यस सम्बन्धी कानुन अप्रिल ११ सम्ममा आउने उल्लेख गर्दै अहिले बन्दुक बोक्ने जसले ती हतियार बुझाउन चाहन्छन् अहिलेबाटै बुझाउन थाल्न उनीहरुलाई आग्रह समेत गरेकी छन्  । 

गएको सोमबार न्युजील्याण्डको मन्त्रिपरिषद्ले बन्दुक सम्बन्धी कानुन पुनरावलोकनको लागि सैद्धान्तिक सहमति जनाएकोमा विहीबार प्रधानमन्त्रीले  सोही अनुसारको घोषणा गरेकी बीबीसीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  ०९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC