site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
परराष्ट्रमन्त्रीद्वारा अन्तर्राष्ट्रिय सहयोग र साझेदारीमा जोड
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दक्षिण दक्षिण सहयोग नेपालको लक्ष प्राप्तिका लागि सहयोगी बन्ने जनाएका छन् । अर्जेन्टिनाको व्युनसएयर्समा आयोजित दोस्रो साउथ साउथ कोअपरेसनको राष्ट्रसंघीय उच्चस्तरीय बैठकलाई बुधबार( नेपाली समय अनुसार गएराति ) सम्बोधन गर्दै परराष्ट्रमन्त्रीले सो कुरा बताएका हुन् ।

परराष्ट्र मन्त्रालयले जनाए अनुसार कोहीपनि पछाडि नछुट्ने, गरिबी निवारण गर्ने र दीगो विकासको लक्ष प्राप्त गर्ने कुरा ठूलो लडाईँ  भएको उल्लेख गर्दै उनले दक्षिण दक्षिण सहयोग अन्तर्गत राष्ट्रिय स्वामित्व तथा नेतृत्वलाई सम्मान गर्दै देशको प्राथमिकतामा केन्द्रीत हुनुपर्ने जनाएका छन् ।

उनले सो अवसरमा सम्बोधन गर्दै लैंगिक समानता, समावेशिता,सामाजिक न्याय,जलवायु जस्ता कुराहरु विकास अवधारणाका मार्ग हुनुपर्ने जनाएका छन् । उनले महिला र युवाहरुलाई अझ राम्रो अवसरको सुनिश्चितताका विषयमा समेत जोड दिएका छन् ।
उनले सन् २०३० सम्मको दीगो विकास लक्ष्य प्राप्तिका लागि दक्षिण दक्षिण सहयोगको महत्वपूर्ण भूमिका हुने समेत चर्चा गरेका छन् । उनले विकासको लक्ष्य प्राप्तिका लागि अन्तर्राष्ट्रिय सहयोग र साझेदारीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  ०८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC