site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दक्षिणी अफ्रिकामा युद्धको क्षतिको झल्को
Sarbottam CementSarbottam Cement

दक्षिण अफ्रिका । पछिल्ला केही दिनयता दक्षिण अफ्रिकाका तीन वटा देश मोजाम्बिक, जिम्बाबे र मलावीमा भयानक क्षती भएको छ। उक्त क्षतीको कारण हव समुद्री आँधी इडाई ।  इडाईले दक्षिणी अफ्रिकामा सिर्जना गरेको ठूलो विपत्तिका कारण लाखौँ मानिसहरू प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। त्यहाँबाट प्राप्त विवरणहरूका आधारमा इडाई आँधी पृथ्वीको दक्षिणी गोलार्धमा भएको मौसमसम्बन्धी सबैभन्दा ठूलो विपद् हुनसक्ने राष्ट्रसंघको मौसमसम्बन्धी निकायले जनाएको छ।

आँधीले प्रहार गरेका मुख्य मुलुक मोजाम्बिक, जिम्बाब्वे र मलावीमा अझै बाढीबाटसमेत प्रभावित छन्। मोजाम्बिकका राष्ट्रपति फिलिपी न्युसीले आँधीबाट "ठूलो अनुपातको मानवीय विध्वंस" भएको बताएका छन्।

उनका अनुसार अघिल्लो हप्ता आँधीले प्रहार गरेपछि मोजाम्बिकमा मात्र एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। यस आँधीबाट २५ लाखभन्दा बढी मानिसहरू प्रत्यक्ष रूपमा प्रभावित भएको सहयोगी निकायहरूले बीबीसीलाई बताएका छन्।

Prabhu Bank
Agni Group
NIC Asia

आँधीको क्षति यति धेरै भएको छ कि जुन सुन्दा पनि डर लाग्छ। सयौं लाशहरु बाढीमा तैरिरहेका देखिन्छन् भने बिजुलीका पोलहरु तथा रुखहरु ढलेर सडक पुरै अवरुद्ध भएको छ। १७७ किलोमिटर प्रति सेकन्डको रफ्तारमा उक्त तुफान आएको बीबीसीले जनाएको छ। जसले गर्दा जमिन पुरै दर्किएको छ। त्यहाँका अस्पतालहरु सबै आँधीमा भएका घाइतेहरु भरिएका छन्। 

मोजाम्बिक सरकारका अनुसार बन्दरगाह सहर बेयरामा मात्र एक लाखलाई तत्कालै उद्धार गर्नुपर्ने आवश्यकता देखिएको छ। एउटा हवाई सर्वेक्षणमा बुजी नदी फुटेर ५० किलोमिटर सम्मको क्षेत्रफल डुबानमा परेको देखिएको थियो। केही मानिसहरू घरको छानामा बसेका छन् भने केही पानीमा डुबेरै उद्धार कुरिरहेका छन्। उद्धार गरिएका मानिसहरूले आफ्नो घर र बस्ती भयावह स्थितिमा रहेको बताएका छन्।

Global Ime bank

आँधी र बाढीले घरमा केही पनि बाँकी नराखेको उनीहरूको भनाइ छ। उद्धार गरिएकी एक महिला भन्छिन्, "राति मसँगै सुतेकी छोरीलाई बाढीले बगायो। र, अर्को भेलले मलाई झन् पर पुर्‍यायो।"

उद्धार समस्या

बेयराका एक पीडितले के खाने र कहाँ सुत्ने थाहा नभएको भन्दै त्यहाँको उक्त विपद्लाई युद्धको अवस्थासँग तुलना गरेका छन्। अहिले त्यहाँ युद्ध हुँदाको जस्तो अवस्था रहेको उनको भनाइ छ। पूर्वी जिम्बाब्वेको एउटा आश्रयस्थलमा रहेकी बीबीसी संवाददाता सिंघाई नोक्याका अनुसार घाइते मानिसहरू, वृद्ध, महिला र बालबालिकाहरू समेत सकसपूर्ण लामो यात्रा गरेर सुरक्षित स्थलसम्म गइरहेका छन्। 

"धेरैले केही दिनदेखि खाना नपाएको बताएका छन्। उद्धारको प्रयास मौसमका कारण मात्र नभई हेलिकप्टरको कमीले पनि ढिलो भएको छ।" द इर्न्टरनेश्नल फेडरेशन अफ रेडक्रस र रेड क्रिसेन्टका अनुसार केही गाउँमा रूख र टेलिफोनका पोलहरू पूरै डुब्नेगरी बाढी आएको थियो। बाढीको गहिराइ छ मिटरसम्म रहेको बताइएको छ।

मध्य मोजाम्बिकमा झन्डै चार लाख मानिसहरू घरबारबिहीन बन्न पुगेको एक सहायता समूहले बताएको छ। रेडक्रसले त्यहाँ हैजा र पानीजन्य अन्य प्रकोपहरू फैलन सक्ने चेतावनी दिएको छ। धेरै ठाउँमा सडकको सञ्जाल टुटेकाले राहत र उद्धार चाहिनेभन्दा निकै कम भइरहेको सहायताकर्ताहरूले बताएका छन्।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  ०७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC