site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इटालीमा विद्यार्थीले भरिएको स्कुल बसमा ड्राइभरद्वारा आगजनी
Sarbottam CementSarbottam Cement

रोम । ५१ जना विद्यार्थी बोेकेको एउटा स्कुल बसलाई अपहरण गरेर सो बसका ड्राइभरले इटालीको मिलानमा बुधबार आगजनी गराएका छन् । केटाकेटीमध्ये कतिपयलाई भित्र बाँधेर राखिएको भएपनि झ्याल फुटाएर उनीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ । १४ जना बालबालिकाले धुवाँका कारण अप्ठेरो महसुस गर्नुपरेपनि कसैलाई स्वास्थ्य सम्बन्धी गम्भीर समश्या भने उत्पन्न नभएको जनाइएको छ । ड्राइभर ४७ वर्षिय इटालीका नागरिकलाई प्रहरीले गिरफ्तार गरेको छ । उनी सेनेगलका मूल बासिन्दा भएपनि लामो समयदेखि इटाली बस्दै आएका थिए । ड्राइभरले बाटोमा पुगेपछि ‘अब कोहीपनि बाँच्ने छैन’भनेर धम्क्याएका थिए ।

‘‘यो घटनामा मिराकल भएको छ । ठूलो आमहत्या हुने अवस्था रहेको थियो,” मिलानका प्रमुख अभियोजक फ्रान्केसो ग्रेसोलाई उद्धृत गर्दैै बीबीसीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सो बसमा चढेका एक जना शिक्षकका अनुसार सो ड्राइभरले इटालीको आप्रवासी सम्बन्धी नीतिको विरोध समेत गरेका  थिए ।

कसरी शुरु भयो यो घटना ?

Global Ime bank

दुई वटा कक्षामा पढ्ने भाइलाती दि क्रेमा स्कूलका  किशोरवयका बालबालिकाहरुलाई जिमको लागि बाहिर लगिएकोमा उनीहरुलाई नियमित रुट भन्दा अर्कै बाटो प्रयोग गरेर ड्राइभरले लगेका थिए । त्यसपछिको  झण्डै ४० मिनेटको समयमा यी सबै गतिविधि भएका हुन् । बाटोमा ड्राइभरले हातमा चक्कु लिएर विद्यार्थीहरुलाई सम्बोधन गरेका थिए । त्यही बेलामा एक जना बालकले फोनबाट घटनाक्रमको बारेमा आफ्ना बाबुआमालाई जानकारी गराए ।  त्यसपछि ती अभिभावकले प्रहरीलाई भनेपछि लगत्तै प्रहरी पुगेको घटनास्थल पुगेको थियो  । 
प्रहरीका अनुसार बसको वरपरी पेट्रोल छर्केर आगो सल्काइसकिएको थियो ।  त्यसैले यो आगो लागेर बिस्फोट हुनुअघि नै प्रहरीले बालबालिकाहरुलाई उद्धार गरेको थियो ।  मिलानका अभियोजकले सो घटना आतंकवाद समेत हुन सक्ने कुरालाई समेत ध्यान दिँदै सबै हिसाबले अध्ययन भइरहेको जनाएका छन् । 

इटालीका आन्तरिक मामिला मन्त्री माट्टेओ साल्भीनीले सो व्यक्तिको पृष्ठभूमि आपराधिक पाइएको उल्लेख गरे ।

आप्रवासी विरुद्धको कडा नीति
गएको जुन महिनामा इटालीको सत्तारुढ लिग पार्टी र पपुलिस्ट फाइफ स्टार मुभमेन्ट सत्तामा आएपछि आप्रवासीको विरुद्धमा कडा अडान राख्दै आएका छन् । त्यसले गर्दा त्यहाँ रहेका आप्रवासी रिसाइरहेको बताइँदै आएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  ०७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC