site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीले भने– सरकार टिकाउन गोटी चाल्नै पर्दैन
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार त्यसैपनि शक्तिशाली रहेकोले  सबै अधिकार आफूमा ल्याएर प्रधानमन्त्री शक्तिशाली बन्न लागेको भन्ने हल्लाको अर्थ नभएको बताएका छन् ।  प्रधानमन्त्री ओलीले बुधबार राति नेपाल टेलिभिजनमा जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै चुनाव अघि देखि नै अधिनायकवादको हल्ला कपटपूर्ण ढंगले फैलाएर जनतालाई आतंकित पार्ने काम गरिएको बताए ।

पहिला ६० वर्ष उमेर पुगेकालाई गोली ठोक्छन् भनेर हल्ला फैलाइएकोमा त्यो विश्वास नगर्ने अवस्था भएपछि अहिले देशको छबी बिगार्नेगरी प्रचार भइरहेको र त्यसै सिलसिलामा प्रधानमन्त्री शक्तिशाली बन्न लाग्यो भनेर हल्ला फैलाइएको बताए ।

Dabur Nepal
NIC Asia

उनले आफूहरुले लोकतन्त्र हात थापेर उपयोग गरेको नभई आफैंले ल्याएको चर्चा गर्दै आफूले नै आधा शताब्दी भन्दा बढी पार्टीमा पूर्णकालीन सदस्यका रुपमा काम गरेको बताए । बहुमत ल्याएको प्रधानमन्त्री त्यसैपनि शक्तिशाली हुने र पहिलाको जस्तो टिक्नकै लागि गोटी चलाउने अवस्था नरहेको उनले जनाए । यसैले राजनीतिक रुपमा बोल्ने कुरा नपाएर पटक पटक यस्ता हल्ला फैलाइएको उनको आरोप थियो । 

“मैले यस्ता कुरामा अल्झिनु जरुरी ठानेको छैन । कसैले यस्तो कुरा गरेर अस्तित्वको लडाईंका लागि प्रयास गर्छ भने म त्यस्तोमा अल्झिनु आवश्यक ठान्दिनँ,” प्रधानमन्त्रीको भनाई थियो । 

उनले अब सरकार विकासको काममा तीब्र ढंगले अघि बढ्ने समेत बताए । उनले पृथकतावादको वकालत गरिरहेको सीके राउतको समूह अहिले मूलधारमा आइसकेको चर्चा गर्दै विप्लब समूहको नेकपालाई पनि अहिलेको संविधान स्वीकार गर्दै मूलधारमा आउन खुला रहेको जनाए ।

उनले सो समूहलाई हतियार बुझाउनका लागि समय दिइएको बताउँदै कानुन अनुसार हतियार कहाँबाट आयो भनेर पनि उनीहरुले भन्नुपर्ने भएपनि त्यो नभनीकनै हतियार बुझाउने छूट दिइएकोले त्यसलाई सरकारको लचकताको रुपमा संकेत गरेका थिए । सो समूहले गरेका आतंककारी गतिविधि रोक्नका लागि नै सरकारले प्रतिबन्ध लगाएको चर्चा गर्दै कानुन विपरीत चल्नेलाई सरकारले सहन नसक्ने बताए । 

उनले नेपाली कांग्रेसका नेताहरुले यस्तो विषयमा पनि प्रदेश पिच्छे नै प्रतिबन्धको कुरालाई फरक फरक ढंगले व्याख्या गरेकोमा आश्चर्य मान्दै रुवाबासी गर्नु लज्जाजनक रहेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  ०६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro