site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उपाधिका लागि नेपालको भिडन्त भारतसँग
Ghorahi CementGhorahi Cement

विराटनगर । नेपाल र भारतबीच पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । साविक विजेता भारतले दोस्रो सेमिफाइनलमा बंगलादेशमाथि ४–० को जित निकालेपछि उपाधिका लागि नेपालसँगको भेट पक्का भएको हो । 

योसँगै नेपाल र भारत चौथो पटक साफको उपाधिको लागि मैदान उत्रिने छन् । फाइनल खेल शनिबार हुनेछ । साफमा सफल राष्ट्र भारतले बुधबार भएको सेमिफाइनमा बंगलादेशमाथि जित निकाल्दा इन्दुमति काथिसानले २ तथा डालीमा चिबेत र मनिषाले १–१ गोल गरिन्। 

Agni Group

विराटनगरस्थित सहिद रंगशालामा भारतले १८ औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेशकी गोलकिपर अगाडि बढेको मौकामा डालिमाले गरेको प्रहार गोलमा परिणत भएपछि भारत अग्रता लिन सफल भएको थियो । लगत्तै ५ मिनेटपछि भारतले अग्रता दोब्बर बनायो । भारतको अग्रता दोब्बर बनाएकी इन्दुमतीले ३७ औं मिनेटमा टोलीका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरिन् ।  

पहिलो हाफमा ३ गोल गरेको भारतले दोस्रो हाफमा १ गोल थपेको हो । बंगलादेशले सुधारिएको प्रदर्शन गरेपछि भारतले दोस्रो हाफमा गोलका लागि इन्जुरी समय कुर्नुपरेको थियो । भारतका लाग मनिषाले गोल गर्दै ४–० को जित पक्का गरिन् । बंगलादेशको पुनरागमनको प्रयास असफल हुँदा भारत पाँचौं पटक नै फाइनलमा स्थान बनाउन सफल भयो । यसअघि आजै भएको पहिलो सेमिफाइनलमा आयोजक नेपालले श्रीलंकामाथि ४–० को जित निकालेको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC