site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुख्यमन्त्री राईद्वारा होलीको शुभकामना
Sarbottam CementSarbottam Cement

विराटनगर । होलीको अवसरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशबासीलाई शुभकामना दिएका छन् ।
 
फागु पूर्णिमा (होली) सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् । 

मुख्यमन्त्री राईद्वारा जारी गरिएको शुभकामना सन्देशमा भनिएको छ,  "असत्यमाथि सत्यको विजयको रुपमा लिइने होली पर्वले मुलुकभर मानव जीवनलाई रंगिन र उल्लासमय बनाउन प्रेरित गरोस भन्ने कामना व्यक्त गर्दछु ।
 
हाम्रा चाडपर्वहरुले विविधतायुक्त नेपाली समाजमा सद्‍भाव बढाउँदै एकताबद्ध गर्न र आ-आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्द्धन गर्न अभिप्रेरित गरिरहेको सन्देशमा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जातीय तथा धार्मिक-साँस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रा पर्वलाई सबै नेपालीहरुले खुसी र मनोरञ्जन साटासाट गर्न विभिन्न रङहरुमा रंगिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने गरेको मुख्यमन्त्री राईको सन्देशमा भनिएको छ ।

‘‘यस पर्वले सबै नेपालीबीच सामाजिक सद्‍भाव कायम गर्दै सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गर्ने मैले ठानेको छु,’’ सन्देशमा उल्लेख छ ।

Global Ime bank

मुख्यमन्त्री राईले मुलुकमा मनाइने विविध चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा सम्बर्द्धन गर्दै समृद्धितर्फको यात्रामा अघि बढ्नु सबैको दायित्व भएको जनाएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC