site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अरुको थाहा भएन, म 'टिपिकल' तिज गीत गाउँछु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
मुना थापा मगर, (गायिका)
करिब डेढ दशकदेखि नेपाली सांगीतिक आकाशमा सक्रिय मुना थापा मगर नेपाली लोकदोहोरीकै पर्यायवाची नाम हो । उनले आजसम्म सयौं त्यस्ता गीत गाइन्, जुन गीत लाखौं संगीतप्रमीका जिब्रोमा झुण्डिए । अहिले तिजका गीत गाउन व्यस्त उनी केही दिनपछिबाट स्वेदशकै स्टेज प्रोगाममा व्यस्त हुँदैछिन् भने तिजमा भने उनी नेपालबाहिर हुनेछिन् । उनै गायिका मगरसँग तिजको सन्दर्भ पारेर गरिएको कुराकानीः
यो वर्ष तिजका कति वटा गीत गाउनुभयो ?
धेरै गाएको छैन । १० वटा रेकर्ड भयो । अब अरु पनि केही रेकर्ड गर्ने तयारीमा छु । 
सबै आफ्नै हुन् कि अरुको एल्बममा गाउनुभएको हो ?
सबै अरुकै एल्बमका लागि गाएकी छु । आफ्नो त एउटा पनि छैन । 
कस–कसको एल्बममा गाउनुभयो ?
प्रेमसागर पौडेल, विजय केसी, धिरज श्रेष्ठलगायत नयाँ भाईहरूको एल्बमका लागि गाएकी छु । 
तिजका गीतहरू बढी नै उच्छृङ्खल भएजस्तो लाग्दैन ?
मैले गाएका गीतहरु सबै टिपिकल नै छन् । पहिलेदेखि नै सबै टिपिकल गीत नै गाउँदै आएकी छु र आगामी दिनमा पनि म गीतको शब्दमा ध्यान दिन्छु । अरुको विषयमा कुरा नगरौं । समयको माग पनि होला । कति हामीले यो गीतचाहिँ ठीक छैन संस्कार र संकृतिका हिसाबले भनेको गीत पनि स्रोताले मन पराइरहनु भएको हुन्छ । 
गीतको शब्द र भाव एउटा हुन्छ, भिडियोचाहिँ अर्काेतिर हुन्छ नि !
यो त भिडियो डाइरेक्टरको हातमा हुन्छ । गीतअनुसार भिडियो बनाउनुपर्ने उहाँहरूको दायित्व हो । गीत एकातिर भिडियो अर्कोतिर भयो भने उहाँहरूकै कार्यक्षमतामा प्रश्नचिन्ह उठ्छ नि ।
तिजका गीत भन्ने तर बन्द कोठाभित्र बसेर सिर्जना गर्ने परिपाटी हाबी भएर गयो । यो राम्रो हो ?
धेरै गीत यस्तै छन् । यस्तै गीत हिट पनि भइरहेका छन् । यो त जो संकलक हो, उसको कमजोरी हो । तपाईंले भनेजस्तो लोकगीत भने पनि लोक परिवेश समावेश भएको हुनुपर्छ । स्थानीय संस्कार र संस्कृति पनि समावेश भएको हुनुपर्छ । जनबोली र लवज आउनुपर्छ । त्यो भएन भने पक्कै पनि राम्रो होइन । प्रश्न गर्ने ठाउँ रहन्छ । सकेसम्म यस्ता प्रश्न आउन दिने ठाउँ राख्नु हुन्न भन्ने लाग्छ ।
यस्ता खालका गीत तपाईंहरू स्थापित भएका कलाकाारहरूले म गाउँदिन भन्न सक्नुहुन्न ?
हाम्रो त गाउने पेशा नै हो, त्यसैले गाउनुपर्छ । अरुले के गर्नुहुन्छ, मैले बोल्ने कुरा होइन । समाज र संस्कृतिलाई नै असर गर्ने खालका गीत मैले गाएको छैन । र, गाउँदिन पनि ।
तिजका गीतसँग हिन्दू संस्कृति पनि जोडिएको छ भन्ने भावना कलाकारमा हराइसकेको हो ?
सबै कलाकारले कला, संस्कृति, संस्कार र परम्परा नै बिर्सिसके भन्ने होइन । कतिले गीतलाई व्यावसायिकता र लोकप्रियता तथा चर्चाका लागिमात्रै लिनुभएको होला । तर, हाम्रैमा त्यस्ता सर्जक पनि छन् जो नेपाली कला, साहित्य र संस्कारको संरक्षण तथा सम्वद्र्धनमा मात्रै पनि लागेका छन् ।
एक महिनाअघिदेखि नै तिजको दर खाँदै हिँड्ने नयाँ संस्कार भित्रिएको छ नि सहरमा ! यो तपाईंका नजरमा ठीक छ कि बेठिक ?
यसलाई दुवै तरिकाले हेर्न सकिन्छ । लामो समयदेखि भेट नभएका दिदीबहिनी तथा आफन्तहरूबीच भेटघाट हुन्छ । वर्षभरिका पिर, वेदना साटासाट हुन्छ । यो हिसाबले हेर्दा राम्रो हो । तर, यसलाई भड्किलो रूपमा मनाउने हो भने विकृति नै भन्नुपर्छ । 
यो सालको तिजको कार्यक्रम के छ तपाईंको ?
गीतहरू रेकर्ड गरिरहेकी छु । म आफैं मोडलिङ नगर्ने भएकाले छायाङ्कन त गर्नुपर्दैन । तर, लिप्सिङका लागि पनि लोकेसनमा जानुपर्छ । आज पनि लिप्सिङ दिनु पर्नेछ । देशकै विभिन्न जिल्लामा स्टेज सोका लागि जाँदैछु । तिजको समयमा तिजकै कार्यक्रममा इजरायल हुन्छु ।
तस्बिरः मुना थापा मगरकाे फेसबुकबाट
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ११, २०७३  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC