site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एपीएफ क्लब च्याम्पियन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौँ । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा पूर्वाञ्चललाई १० रनले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । 
एपीएफले दिएको ६५ रनको विजयी लक्ष्य पछ्याएको पूर्वाञ्चलले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ५४ रन मात्र बनाउन सक्यो । उसका रुविना क्षेत्रीले अविजित १६ रन बनाइन् भने रश्मी शर्माले १२ रन जोडिन् । यसअघि वर्षाका कारण १० ओभरमा छोट्याइएको खेलमा एपीएफले १ विकेट गुमाएर ६४ रनको योगफल तयार गरेको थियो । एपीएफका लागि सीता राना मगरले अविजित २९ र सरिता मगरले अविजित २२ रनको योगदान दिइन् । त्यस्तै ज्योती पाण्डेले ८ रन बनाइन् ।
उपाधि ट्रफीसँगै एपीएफले १ लाख रुपैयाँ हात पारेको छ । उपविजेतामा सिमित पूर्वाञ्चलले ५० हजार रुपैयाँमा हात पार्यो । प्रतियोगितामा प्लेयर अफ डी टुर्नामेन्ट एपीएफकी सरिता मगर भइन । उनले १० हजार प्राप्त गरिन । त्यस्तै पूर्वाञ्चलका सब्नम राई उत्कृष्ट फिल्डर,  मध्य पश्चिमाञ्चलकि लक्ष्मी चौधरी उत्कृष्ट ब्याट्सअोमन, उत्कृष्ट बलर पूर्वाञ्चलकी सन्तोषी चौधरी घोषित भइन् । उनीहरुले ५-५ हजार प्राप्त गरे ।
इंग्ल्यान्डमा अर्को वर्ष हुने आइसीसी महिला विश्वकप क्रिकेटको लागि खेलाडी छनोट गर्न राष्ट्रिय खेलकुद परिषद(राखेप) ले दुईवर्षपछि राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता गरेको हो । आईसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले हङकङ, चीन र थाइल्याण्डसंँग प्रतिस्पर्धा गर्ने छ । 
नेपाल सम्मलित एसियाली छनोटको आयोजना हङकङमा आगामी अक्टोबरमा हुनेछ । एसियाली छनौटमा आयोजक हङकङसँगै नेपाल, चीन र थाइल्याण्डले राउण्ड रोबिनका आधारमा खेल्नेछन् । आईसीसीले छनोट खेल अक्टोबर ९ देखि १५ मा हुने जनाएको छ । 
यस प्रतियोगिताबाट २४ उत्कृष्ट खेलाडी छनोट गरी साउनको अन्तिमबाट बन्द प्रशिक्षणमा राखिने छ । खेलाडी छनोट नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा, श्यामसन जंग थापा, सुदिप पौडेल, अरुण अर्याल र विनायक पोखरेल रहेका छन् । त्यसपछि विश्वकप छनोटका लागि १४ सदस्यीय टोली भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीका प्रतिनिधीसहितको छनोट समितिले गर्ने राखेपले जनाएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ११, २०७३  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC