site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चुनावको मुखमा किन नेपाललाई मुछिरहेका छन् भारतीय नेता ? ठाकरेले सोधे–चुनाव नेपालमा कि भारतमा ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतमा चुनाव नजिकिँदै गइरहेको बेलामा नेपालको नाम लिएर केही राजनीतिज्ञले गालीगलौज गरेको पाइएको छ ।  यसैक्रममा महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) का प्रमुख राज ठाकरेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारतीय जनता पार्टीका नेताले ‘में भी चौकिदार’ भन्ने अभियान ट्विटरमा चलाएकोमा मंगलबार आलोचना गर्दै भारतीय लोकसभाको निर्वाचन नेपालमा होइन भारतमा हुन लागेको भन्दै आलोचना गरेको इन्डिया टुडेको अनलाइन संस्करणले आज जनाएको छ । 

ठाकरेले नेपालको नाम त्यसरी जोड्नुमा नेपालबाट आएका व्यक्तिहरु भारतमा चौकिदारको रुपमा रहेको भन्ने हिसाबले अपमान गर्न खोजेको जस्तो देखिएपनि सोझै भने खुलाएका छैनन् ।  यसअघि आम आदमी पार्टीकी एक जना महिला साँसदले पनि यसैगरी चौकिदारको नाम लिएर नेपालीको अपमान गर्न खोजेकोमा आलोचना भएपछि उनले क्षमायाचना गरेकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राज ठाकरे कट्टर हिन्दूवादी बाल ठाकरेका भतिजा हुन् । उनले मुम्बईमा हिजोको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले चलाएको अभियान नाटकीय रहेको बताएका थिए ।  “यो चौकिदारको कुरा के हो ? चुनाव भारतमा हुन लागिरहेको हो कि नेपालमा ? प्रधानमन्त्रीको निर्णय गर्ने प्रक्रिया त्यो भन्दा माथि हुनुपर्दछ,” उनको भनाई थियो ।

भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ को निर्वाचनमा आफू चौकिदार भएर देशको सेवा गर्ने बताएका थिए ।  पछि राफेल विमान खरिद प्रक्रियामा विपक्षी नेता राहुल गान्धीले चौकिदार चोर भएको आरोप सार्वजनिक रुपमा लगाएपछि प्रधानमन्त्री मोदी लगायतका भाजपाका नेताले म पनि चौकिदार भन्ने अभियान अहिले चुनावको मुखमा चलाइरहेका छन् । त्यसैक्रममा भारतीय विभिन्न नेताले नेपाललाई अनायासै जोड्ने काम गरिरहेका छन् ।

Global Ime bank

ठाकरेले केही दिन अघि मात्रै पाकिस्तानमा सन् २०२५ सम्ममा भारतमा गाभिने विवादास्पद अभिव्यक्ति दिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC