site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
होलीलाई विकृत नबनाऊँ  

रंगहरुको पर्वकै रूपमा पनि होलीको आफ्नै महत्त्व छ तर होली रंगहरुको मात्रै नभएर आपसी मित्रता र सदभावको पर्व पनि हो । होलीले व्यक्तिलाई सद्भावका साथ जीवन बिताउने सन्देश दिन्छ ।  मिथकका रुपमा होली पर्वसँग भक्त प्रह्लादको नाम जोडिएर आएको छ । प्रह्लादको भक्तिभावको कथा हिन्दु धर्म ग्रन्थमा वर्णन गरिएको छ । प्रल्हादको चरित्रलाई हिन्दुहरुले उदाहरणीय र प्रेरणाका अजस्र स्रोतका रुपमा लिँदैआएका छन् । 

राजा हिरण्यकश्यप प्रल्हादका पिता थिए । उनी आफ्नो भौतिक बल र आर्थिक समृद्धिका कारण उन्मत्त थिए । उनमा अजेय शक्तिशाली राजा भएको दम्भ पनि थियो । त्यसैले उनले देवीदेवतालाई पनि मान्दैनथे । उनी आफूलाई सम्पूर्ण लोकको अधिपति ठान्थे । 

मभन्दा ठूलो र शक्तिशाली राजा कोहि छैन । म नै राजा हुँ, म नै भगवान हुँ भन्ने घमण्ड उनका थियो । त्यसैले देवी देवताको अस्तित्व निमिट्यान्न पारेर त्यस स्थानमा आफ्नो नाम स्थापित गर्ने इच्छा उनको थियो । उनको क्रियाकलाप राक्षसी प्रकृतिको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

यिनै राजा हिरण्यकश्यपकी बहिनी अर्थात् प्रह्लादकी फुपु हुन् होलिका । उनले घोर तपस्या गरेर शक्तिशाली हुने वरदान प्राप्त गरेकी थिइन् । होलिकालाई आगोले डढाउन सक्तैनथ्यो । आफू शक्तिशाली भए पनि होलिका आफ्ना दाजुको आज्ञा शिरोपर गर्थिन् । 

उता राक्षसी प्रवृत्तिका राजा हिरण्यकश्यपका छोरा प्रह्लाद भने आफ्ना बाबुको अभिमानी चरित्रलाई उपहास गर्दै नारायणको भक्ति गर्थे । प्रह्लादको भक्तिबाट नारायण प्रशन्न थिए । आफूलाई स्वघोषित भगवान मान्ने हिरण्यकश्यप भने प्रह्लादले नारायण भक्तिबाट क्रुद्ध थिए ।

Global Ime bank

उनी प्रह्लादले नारायणको भसक्त नगरून् भनेर करबल गर्थे । तर प्रह्लाद भने नारायणका ठूला भक्त थिए । उनी सधैँ नारायणकै अर्चना र भक्तिमा लिन रहन्थे । प्रह्लादको बालक चित्त नारायणको भक्तिबाट कहिल्यै विचलित हुँदैनथियो । कति सम्झाउँदा, फकाउँदा र हप्काउँदा पनि प्रह्लाद नमानेपछि हिरण्यकश्यपले आफ्नै छोरा प्रह्लादलाई अनेकौं प्रकारले यातना दिए । तर, प्रह्लाद नारायण भक्तिबाट डगमगाएनन् । 

हिरण्यकश्यपको आदेशानुसार प्रह्लादलाई मार्न भिरपहराबाट समेत फ्याँकियो, हात्तीले कुल्च्याइयो, विष खुवाइयो । तर, कुनै यत्न गर्दा पनि प्रह्लाद मरेनन् । प्रह्लादलाई सधै नैं भगवत् कृपाले बचायो र पाल्यो । यिनै प्रह्लादलाई मार्ने क्रममा हिरण्यकश्यपले अक्कल निकाले । 
हिरण्यकश्यपकी बहिनी होलिकाले आगोमा नपोलिने वर पाएकी थिइन् । नपोलिने भएपछि फुपुले भदाहा प्रह्लादलाई काखमा लिएर बस्ने र प्रह्लादलाई समाप्त गर्ने तयारी गरियो । यस अवस्थामा प्रह्लाद जलेर मर्ने निश्चित थियो ।

राजा हिरण्य कशिपुले होलिकालाई आदेश दिए। आदेशको पालना भयो । होलिका प्रह्लादलाई लिएर आगोमा पसिन् । आश्चर्य, होलिकाका वस्त्र जले तर प्रल्हादले लगाएका वस्त्रहरु जलेनन् । अन्ततः होलिकाको अन्त्य जलेरै भयो । नारायण प्रह्लाद जीवित रहे ।

यही न्याय र विजय अनि अन्यायको पराजय स्वरुप मनाईँदै आएको होलीका पर्व अर्थात होली हरेक वर्ष फागुन पुर्णिमाका दिन मनाईँदै आइएको छ । यसै घटनामा राक्षसीका लुगा जलेकाले चीरदाहको प्रचलन चलेको मान्यता छ । 

यसै पर्वलाई स्थानअनुसार आआफ्नै प्रकारले मनाउने प्रचलन बढ्दै गएको छ । सबै धार्मिक समुदायले भगवानलाइ नाप्ने, तौलिने, बुझ्ने र विश्वास गर्ने एकै मार्ग भएको भए दुनियाँभर धार्मिक दंगा फसाद हुने निै थएनन् होला । धर्मका नाममा राजनीति पनि हुने थिएन होला । इतिहासदेखि वर्तमानसम्म लाखौँको ज्यान जाने थिएन होला ।

भाङको नशाले मानिस आत्म केन्द्रित हुन सक्छ र साधुहरुमा आत्मकेन्द्रित भएर तपस्या गर्न गाँजा भाङको प्रचलन रहेको देखिन्छ । तर भाङ नशाका रुपमा प्रयोग गर्ने हो भने त्यो घातक सिद्ध हुनसक्छ । आजकल होली भाङ खाने चाडको रुपसमेत हुनपुगेको छ । निरीह बटुवालाई पानी हालेको लोलाले हान्ने दूषित वातावरण पैदा भएको छ । यो सद्भावको पर्वका लागि न्यायपूर्ण हैन । 

कुनै पनि चाडपर्वका नराम्रा चलन हटाऊँ र राम्रा कुराहरुमात्रै अनुसरण गरौँ । विजयको प्रतीकका रुपमा रातो, हरियो, नीलो टीकामात्रै लगाएर हाँसीखुसीसहित होली मनाऊँँ । सायद, आजको समयले पनि यही भन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC