site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
च्याम्पियन्स लिगका अप्रत्यासित तीन नतिजा 
Sarbottam CementSarbottam Cement

एजेन्सी । च्याम्पियन्स लिग फुटबल विश्व फुटबल इतिहासको प्रतिष्ठित लिग हो। करिव ६४ वर्ष पहिला सञ्चालनमा आएको च्याम्पियन्स लिगले फुटबलमा एउटा बेग्लै इतिहास बनाउन सफल छ।
च्यम्पियन्स लिगमा हालसम्म विभिन्न क्लबले उपाधि उचालिसकेका छन्। च्यम्पियन्स लिग विश्व फुटबल इतिहासमा एक मात्र यस्तो लिग हो जहाँ बलियो मानिएको टोली कमजोर र कमजोर मानिएको टोली बलियो हुन सक्छ। 
त्यसैले च्याम्पियन्स लिगको हरेक सिजन अप्रत्यासित नतिजाहरु निस्कन्छन्। कतिपय बलिया टोलीहरु समूह चरणबाटै बाहिरिन्छन् त कतिपय कमजोर टोलीहरुले उपाधि उचाल्छन्। 
च्याम्पियन्स लिगका तीन अप्रत्यासित नतिजा यस्ता छन्

१) बार्सिलोना २–२ चेल्सी (२०१२) 
\"\"स्पेनिस क्लब बार्सिलोना फुटबलमा बलियो टोली हो। बार्सिलोना र चेल्सीबीच सन् २०१२ को च्याम्पियन्स लिग सेमिफाइनलमा भेट भएको थियो। उक्त खेलको पहिलो लेगमा बार्सिलोना चेल्सीसँग १–० गोलले पराजित भएको थियो। बार्सिलोनाले दोस्रो लेगमा भने २–२ गोलको बराबरी गर्न पुग्यो। 

Prabhu Bank
Agni Group
NIC Asia

समग्रमा चेल्सीले ३–२ गोलले फाइनलमा स्थान बनाउन सफल भयो। चेल्सीले उक्त सिजन च्याम्पियन्स लिगको उपाधि पनि जितेको थियो। चेल्सीले फाइनल खेलमा वार्यन म्युनिखलाई हराउँदै उपाधि उचालेको थियो। 

२) म्यान्चेस्टर युनाइटेड १–१ पोर्टाे (२००४) 
\"\"इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेड प्रिमियर लिगको सर्वाधिक च्याम्पियन टोली हो। युनाइटेडलाई पोर्टाेले सन् २००४ को प्रि–क्वाटरफाइनल खेलबाट आउट गरेको थियो। 
प्रि–क्वाटरफाइनलको पहिलो खेलमा २–१ गोलको जित निकालेको पोर्टाेले दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेको थियो। 

Global Ime bank

पोर्टाेले समग्रमा ३–२ गोलको जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको थियो। उक्त सिजन पोर्टाेले च्याम्पियन्स लिगको उपाधि उचालेको थियो। 

३) रियल मड्रिड १–४ आयाक्स (२०१९) 
\"\"रियल मड्रिड च्याम्पियन्स लिगको सर्वाधिक उपाधि विजेता टोली हो। रियलले हाल सम्म च्यम्पियन्स लिगमा १३ उपाधि उचालि सकेको छ। 
यो सिजन भने रियललाई च्याम्पियन्स लिग राम्रो रहेन। च्याम्पियन्स लिगमा रियल यस सिजन प्रि–क्वाटरफाइनलबाट आउट हुन पुग्यो। पहिलो लेगमा २–१ गोलले विजयी भएको रियललेपछिल्लो लेगमा ४–१ गोलले पराजित हुन पुग्यो। योसंगै रियल च्याम्पियन्स लिगको उपाधि होडबाट बाहिरिन पुग्यो। 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC