site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मेलामै आवेदन, लगत्तै अन्तर्वार्ता अनि जागिर
Sarbottam CementSarbottam Cement

विराटनगर । सुनसरीको दुहबीमा मंगलबार सम्पन्न भएको वृत्ति परामर्श तथा रोजगार मेलामा अनौठो दृश्य देखियो । मेलामा उद्योगहरुले ५ सय जना कामदारहरुको तत्काल आवश्यकता रहेको भनि खुल्ला आह्वान गरे । यो सूचना मेलामा पुग्ने बेरोजगार युवाले थाहा नपाउने कुरै भएन । 

भेला भएकामध्ये २ सय ८६ जना युवाले तत्काल आवेदन दिए । अनि शुरु भयो अन्तरवार्ता । झण्डै एकसय जनाको तत्काल अन्तर्वार्ता भयो । अनि तुरुन्तै उत्तीर्ण पनि भए । उनीहरुको हातमा जागिर हात लाग्यो । उनीहरु मुस्कुराउँदै रोजगार बनाइदिएकोमा रोजगारदातालाई धन्यवाद दिए । धेरै युवाले विस्तृत वृत्ति परामर्श लिन छुटाएनन् । 

दुहबीमा मंगलबार सम्पन्न भएको रोजगार मेला उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी १० वर्षभित्र प्रदेशलाई बेरोजगार मुक्त बनाउने तयारी रहेको बताउँदै भने,‘‘प्रदेशलाई समृद्ध बनाउने नै सरकारको तयारी छ ।’’ मुख्यमन्त्री राईले तत्कालै रोजगारी प्रदान गर्ने कार्यको पनि प्रशंसा गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

सामाजिक विकास मन्त्री जीवन घिमिरेले बेरोजगार युवाहरुलाई रोजगारको बाटो देखाउन कोषेढुंगा सावित हुने बताउँदै भने,‘‘संभवत यो प्रयास नेपालमै पहिलो हो ।’’ मन्त्री घिमिरेले रोजागारी सिर्जना गर्न प्रदेश सरकारको पनि प्रयास जारी रहेको र व्यवसायिक तालिम दिने तयारी गरेको बताए । 

मेलामा विभिन्न तालिम प्रदायकहरु, वृत्ति परामर्श केन्द्र, स्थानीय महिला समूहहरु र रिटर्नी माइग्रेट नेपाल गरी जम्मा २६ वटा स्टलहरु राखिएको थियो । पाँच हजार युवाहरुले रोजगार मेलाको अवलोकन गरेका थिए । 

Global Ime bank

दुहवी नगरपालिका, उद्योग संगठन मोरङ, बुढिगंगा गाँउपालिका आयोजक र प्राविधिक शिक्षा तथा व्यवसायिकतालीम परिषद, हेल्भेटास, इन्स्योर परियोजना, मनमोहन पोलिटेक्निक इन्स्टिच्यूट, मोरङ ब्यापार संघ र व्यवसायिक सीप तालिम प्रदायक संघ प्रदेश१ को आर्थिक तथा प्राविधिक सहयोगमा सुनसरी जिल्लाको दुहवी नगरपालिका–५ दुहवी सुनसरीमा प्रदेश सरकार, स्थानीय सरकार, उद्योगी व्यावसायीहरु, रोजगारदाता, तालिम प्रदायक संस्थाहरु र बेरोजगार युवाहरु उल्लेखीय उपस्थिति थियो । 

समारोहमा दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै अवको समय तालिम, सीप र रोजगारीको रहेकोले उद्योग ब्यावसायीहरुलाई निर्धकसँग उद्योग चलाउन र हातमा सीप भएका तालीमे प्रशिक्षार्थीहरुलाई ठूलो छाती बनाएर अवसर दिन समेत आग्रह गरे । कार्यक्रममा उद्योग संगठन मोरङ अध्यक्ष भिम घिमिरेले कार्यक्रमको महत्वमाथि प्रकाश पारे । 

कार्यक्रममा व्यवसायिकसीप तालीम प्रदायक संघ प्रदेश १ का अध्यक्ष कृष्ण शाह, हेल्भेटास इन्स्योरका टिम लिडर सुवास सुवेदी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका उपनिर्देशक दीपकबाबु अर्याल, मोरङ व्यापार संघका अध्यक्ष पवन शारडाले रोजगार मेलाले रोजगारी सिर्जना गर्न ठूलो समन्वयको काम गरको बताए । बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले मेला फलदायी भएको बताए । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  ०७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC