साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘कागजपत्र’को गीत रिलिज भएको छ । यही चैत ८ गतेका लागि रिलिज डेट लिएको चलचित्रले आज स्याड सङ् रिलिज गरेको हो ।
‘तिमी जाने बाटो कता’ बोलको गीतमा स्वर प्रविशा अधिकारी र अनुपम शर्माको सुन्न सकिन्छ । संगीत सापकोटाको शब्द तथा संगीत रहेको छ ।
भिडियोमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन् । नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा भिडियोमा देखिएका छन् ।
अपिल विष्टले निर्देशन गरेको चलचित्रले विदेशमा डिपेन्डेन्ट, स्टडी भिषामा तथा गैरकानुनी रुपमा गएका व्यक्तिले पाउने दुःखलाई केन्द्रिय कथानक बनाएको छ ।
चलचित्रका निर्देशक, कलाकार तथा निर्माण पक्षले आज पत्रकारसँग होली खेलेकाे छ ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५ १८:२०
प्रतिक्रिया दिनुहोस्