site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एसईई तयारीमा रहेकी करिष्मालाई छोरीको हौसला- डु वेल (तस्बिर र भिडियोसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । नायिका करिष्मा मानन्धर यो वर्ष एसईई परीक्षा दिँदैछिन् । अर्को साताबाट सुरु हुने परीक्षाका लागि उनी एक महिनादेखि विशेष तयारी गरिरहेकी छन् ।

मंगलबार बिहान ८ बजे फोन गर्दा उनी बेडमै बसेर पढिरहेको बताउँदै थिइन् । दिउँसो भेट्न समय माग्दा परीक्षापछि भेट्न आग्रह गरिन् । कारण परीक्षाको तयारीलाई थप तिव्र बनाउनु थियो भने उनलाई पढाउन घरमै अकाउन्ट र साइन्सका टिचर घरमै आउँछन् । 

बाह्रखरीको आग्रहलाई उनले स्वीकार त गरिन् । तर धेरै समय नलिने शर्तमा । 

Agni Group

\"\"

दिउँसो साढे १२ बजे गोदावरीस्थित उनको निवास पुग्दा उनी गणित प्राक्टिस गरिरहेकी थिइन् । उनलाई अकाउन्ट र साइन्स तुलनात्मक रुपमा केही कठिन लाग्छ रे ! गणित निरन्तरको अभ्यासले सजिलो लाग्न थालेको बताइन् । तर साइन्स केही गाह्रो लाग्ने उनलाई सामाजिक शिक्षा भने रमाइलो लाग्छ रे ! 

Global Ime bank

\"\"

“एक महिना अगाडिसम्म सोसल स्टडी सजिलो लाग्थ्यो तर एक्जाम आउन लागेपछि त त्यही पनि गाह्रो लाग्न थालेको महसुस भइरहेको छ,” करिष्मा भन्छिन्, “तर एक्जामको प्रेसर नलिई पढिरहेको छु ।”

\"\"

एक महिनादेखि सँगै अध्ययन गर्ने विद्यार्थी कम्मर कसेर पढिरहेका छन् । विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गरिरहेको छ । तर, करिष्मा भने एक महिनादेखि विद्यालय गएकै छैनन् । स्कुल आउँदा–जाँदा समय लाग्ने भएकाले त्यो समयमा पनि घरमै बसेर अध्ययन गरिरहेको करिष्माले सुनाइन् । 

\"\"

एक महिनादेखि सबै काम छोडेर परीक्षाको तयारीमै बसे पनि दिनरात भने उनी पढ्दिनन् । साँझ ९ बजे सुतिसक्ने उनी बिहान भने ५ बजे नै उठेर सरसर्ती सबै विषय पढ्छिन् । दिउँसो १ बजेबाट एक घण्टा शिक्षक दिपेन श्रेष्ठले घरमै आएर एकाउन्ट पढाउँछन् । बीचमा केही समय आराम गर्ने करिष्मालाई साइन्स पढाउन दिपेश लामा अपरान्ह उनकै घर पुग्छन् ।

\"\"
घरको टपमा छ, उनको स्टडी रुम । बीचमा रहेको टेबलमा छरपष्ट किताब, कपी र क्वेइसन्स बुक छन् । अहिले उनी त्यही क्वेइसन्स बुकका प्रश्न सल्भ गरिरहेकी छन् । 

\"\"

बेलाबेलामा छोरी कविता आउँछिन्, र भन्छिन्, “डू वेल ।” स्कुलका शिक्षकहरु ‘राम्रो गर्नुपर्छ है’ भनेर भन्छन् । छोरी र शिक्षकको हौसलाले उनलाई थप ऊर्जा प्रदान गरिरहेको छ । 

\"\"

उनलाई पनि राम्रै तयारी गरिरहे जस्तो लाग्छ । “म कक्षाको एभरेज विद्यार्थी हुँ । पास हुन्छु होला । म अरुलाई जितौं र टपर बनौं भनेर पढेकै होइन ।” उनलाई एउटा चिन्ता छ परीक्षालाई लिएर, उनी तुलनात्त्मक रुपमा केही ढिलो लेख्छिन् । तर त्यसलाई सुधार गर्न पनि उनी लेखेर प्राक्टिस गरिरहेकी छिन् । “छिटो लेख्ने बानी पनि हुन्छ र सम्झिन्छ भनेर पनि लेखेर प्राक्टिस गरिरहेको छु ।”

\"\"

“प्रेसर लिन्नभन्दा पनि पढ्नु पर्छ भन्ने फिल चाहिँ हुँदोरहेछ,” उनी परीक्षा सकिएको दिन त म फ्रि भएको फिल गर्छु होला र आफ्नै दैनिकीमा फर्किन्छु,” उनी भन्छिन् ।

\"\"

परीक्षाकै लागि भनेर उनी नयाँ शक्ति पार्टीका बैठकहरुमा सहभागी नभएको करिब एक वर्ष भयो । “डा बाबुराम भट्टराईसँग भेट नभएको त जुग भएजस्तो लागिरहेको छ,” करिष्माले भट्टराईलाई सम्झिइन्, “जिन्दगीमा सिक्ने क्रम चितामा नपुगेका दिनसम्म चलिरहन्छ भनेर उहाँले पनि मलाई इन्करेज गर्नुभएको छ ।”

\"\"

\"\"

\"\"\"\"

\"\"

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC