site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विराटनगरमा  होलीको उल्लास
Ghorahi CementGhorahi Cement

विराटनगर । तराई–मधेशमा औपचारिक रुपमा चैत ७ गते होलीको बिदा छ । धेरैले त्यही दिन उल्लाससाथ पर्व मनाउने तयारी गरेका छन् । तर, विराटनगरसहित झापा, मोरङ र सुनसरीका धेरै ठाउँहरु प्नि सात अघिबाटै होलीको रंगमा रंगन थालेका छन् । 

संस्थागत रुपमा सुरु भएका होली मिलन कार्यक्रमले सहरको माहोल होलीमय बनाइसकेको छ । विराटनगरमा होलीको पहिलो कार्यक्रम नै विराट व्यापार संघले गर्दै आएको छ । यो क्रमलाई यो पटक पनि निरन्तरता दिइएको छ । 

Agni Group

विराट व्यापार संघले आयोजना गरेको होली कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख गोबिन्दबहादुर तुम्बाहाङ प्रमुख अतिथि थिए । यसैसाता आयोजना गरिएको कार्यक्रम लगत्तै विराटनगरमा संस्थागत रुपमा होली मनाउन सुरु भएको छ । संघका अध्यक्ष शिव रिजालले होलीलाई स्वागत गर्न समाजका सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी कार्यक्रम आयोजना गरिएको बताए । भने,‘‘होली आपसी भाइचार अभिवृद्धि गर्ने पर्व पनि हो । तराईमा त यसको झन् धेरै महत्व छ ।’’ उनले होलीलाई नशा सेवन गर्ने पर्वको रुपमा मात्र बुझ्न नहुने बताए ।

प्रदेश प्रमुखको कार्यालयले मंगलबार होलीको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । प्रदेश प्रमुखका प्रेस सल्लाहकार शेखर रेग्मीका अनुसार निवासमै राखिएको कार्यक्रममा सबैक्षेत्रको प्रतिनिधित्व हुने गरी शुभकामना आदान प्रदान गरिने छ । भने,‘‘होलीलाई आपसी सम्बन्ध र सहकार्यलाई समेत प्रगाढ बनाउने पर्वका रुपमा बुझिन्छ ।’’

Global Ime bank

विराटनगरको बिएफमले प्रदेश राजधानीभरिका संचारकर्मी भेला गराएर होली पर्व मनाएको छ । हरेक वर्ष झैं सँधै काममा खटिने पत्रकारहरुको मनोरञ्जनका लागि होली मिलन कार्यक्रम राखिएको बताउँदै एफएमका प्रबन्ध निर्देशक सन्देशदास श्रेष्ठले भने,‘‘हामीले हरेक वर्ष होली आउनु भन्दा अघि नै मनाउने गरेका छौं ।’’ उनले यसरी कार्यक्रममा सहभागी हुँदा एकआपसमा भाइचारासमेत अभिवृद्धि हुने बताए । 

गायक सुमित खड्काले कार्यक्रममा होली गीत गाएर मनोरञ्जन दिलएका थिए । खड्काले भने,‘‘संचारकर्मी साथीहरुसँगै गीत गाउँदै होली मनाउन निकै रमाइलो भयो ।’’ खड्काले होली अवधिभर विभिन्न स्थानमा आयोजना हुने कार्यक्रमहरुमा गीत गाएर संगीत पारखीहरुलाई मनोरंजन दिलाउने योजना रहेको सुनाए । 

विराटनगरमा यो पटक नशारहित होली मनाउन आह्वान गर्दै कतिपय सामाजिक संघ संस्थाले जनचेतनामुलक कार्यक्रमसेत आयोजना गरिरहेका छन् । पत्रकार उमा थापाले होलीलाई नशायुक्त भन्दा पनि नशामुक्त पर्वको रुपमा मनाइनु पर्ने बताइन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC