विदेश
कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सोमबार भ्रष्टाचार विरुद्धको पाँच बर्षे अभियानको सुरुवात गरेका छन् ।
आगामी सन् २०२३ सम्ममा देशलाई भ्रष्टाचार मुक्त बनाउने उद्देश्यले कार्य योजनासहित अभियान सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।
अभियान अन्तर्गत दोषीलाई कानुनी कारबाहीका प्रक्रियाहरु आक्रामक रूपमा अगाडि बढाइने सिरिसेनाले शुभारम्भ कार्यक्रममा बताए ।
संघीय र प्रान्तीय कार्यालयका सरकारी अधिकारी, राजनीतिज्ञ, सामाजिक कार्यकर्ताहरुलगायतका विरुद्धमा पनि अभियान चलाइने उनको भनाई छ ।
अभियान सुरुवात कार्यक्रममा चार ओटा हातेकिताब पनि सार्वजनिक गरिएको छ । -एजेन्सी
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५ २३:३०
प्रतिक्रिया दिनुहोस्