site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को विवादबारे अनुगमन गर्न आएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टोलीले मंगलबारबाट सरोकारवालाहरूसँग भेटघाट सुरु गरेको छ । आईसीसीको तीन सदस्यीय टोलीले मंगलबार क्यानका पूर्वअध्यक्षहरू विनयराज पाण्डे र टंक आङबुहाङसँग छुट्टछुट्टै अनौपचारिक भेटघाट गर्ने कार्यक्रम छ । टोलीले उनीहरूसँग नेपाली क्रिकेटको विकास र विवादबारे छलफल गर्ने बताइएको छ । 
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रेस सल्लाहकार रोहित दाहालका अनुसार बुधबार आईसीसीको टोलीले राखेपका सदस्यसचिव केशवकुमार विष्टलाई भेट्नेछ । टोलीले  युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, पूर्व तथा वर्तमान राष्ट्रिय टिमका कप्तान तथा खेलाडीहरूसँग पनि भेट्ने कार्यक्रम छ । 
आन्तरिक कलह र राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले क्यानलाई गत वैशाख १३ गते निलम्बन गरेको थियो । त्यसपछि गत महिना स्कटल्यान्डको इडिनवर्गमा भएको आईसीसीको वार्षिक बैठकले नेपालमाथि लगाएको प्रतिबन्धलाई सदर गर्दै नेपाली क्रिकेट अघि बढाउने विषयमा प्रतिनिधिमण्डल नेपाल पठाउने निर्णय गरेको थियो । त्यहीअनुसार आईसीसीका कानुन शाखा प्रमुख पाउल म्याक्माहोन, एसिया विकास व्यवस्थापक बन्दुला बार्नापुरा र लेखा शाखाका अमर शेख नेपाल आएका छन् ।
नेपाल भ्रमण तय गरेका आईसीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेविड रिचर्डसन र एसोसिएट प्रतिनिधि इमरान ख्वजा भने नआउने भएका छन् । नेपालमा राजनीतिक स्थिति परिवर्तन भएकाले रिचर्डसन र ख्वजाले नेपाल भ्रमण स्थगित गरेको प्रेस सल्लाहकार दाहालले जानकारी दिए ।
गत वर्ष मंसिरमा निर्वाचित क्यानको पदावधि सकिएपछि विवादले उग्र रूप लिएको हो । उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायत पक्षले मंसिरमा चुनावी साधारणसभा गर्दै चन्दको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेका थिए । तर, त्यसलाई राखेप र अध्यक्ष  आङबुहाङ पक्षले अवैधानिक बताउँदै आएको थियो । 
विवादपछि राखेपले गत पुसमा रमेश सिलवालको अध्यक्षतामा क्यानको १५ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । चन्दलगायतले सो तदर्थ समितिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेपछि अदालतले दुवै पक्षलाई काम कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको थियो । यो मुद्दाको अहिलेसम्म किनारा लागेको छैन ।
त्यसपछि क्यानमा अन्तरिक कलह र राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले प्रतिबन्ध लगायो । क्यानलाई प्रतिबन्ध लगाए पनि आईसीसीले नेपाली क्रिकेट टिमलाई भने खेल्न अनुमति दिएको छ । नेपाली टोलीले अहिले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलिरहेको छ । नेपालले नेदरल्याण्डसँग साउन २९ र ३१ गते उसैको मैदानमा खेल्नेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा तेस्रो चरणको खेल सकिँदा नेपाल नेपाल छैटौं स्थानमा छ ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ११, २०७३  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC