site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
७३७ म्याक्स दुर्घटनापछि कसलाई बढी घाटा, बोइङ कि एयरलाइन्स कम्पनी ?
Sarbottam CementSarbottam Cement

बीबीसी । पाँच महिनामा दुई ठूला दुर्घटनापछि बोइङ ७३७ म्याक्स जेटमाथिको विश्वास कम भएको छ । दुर्घटनाको कारण अझैसम्म नखुलेको अवस्थामा यस मोडलको जहाज कम्तिमा मेसम्म ग्राउन्डेड हुने बताइएको छ । बोइङले ७३७ म्याक्सको डेलिभरि रोकेको छ । यता केही एयरलाइन्स कम्पनीले भने क्षतिपूर्तिको माग गरिरहेका छन् । केही पुराना खरिदकर्ताले भने जहाज फिर्ता गर्नेसम्म बताएका छन् ।

तर, हालसम्म दुर्घटनाको कारण नखुलेको अवस्थामा कम्पनीमा दीर्घकालीन असर पर्ने जानकारहरुले उल्लेख गरेका छन् । इथियोपियन एयरलाइन्सको दुर्घटनापछि हालसम्म कयौं देशमा बोइङ ग्राउन्डेड भइसकेका छन् ।

७३७ को उडान बोइङका लागि कत्तिको महत्वपूर्ण ?

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकी नियामक निकायका अनुसार ७३७ म्याक्स बोइङको इतिहासको सर्वाधिक चाँडो बिक्री हुने गरेको विमान हो । नयाँ मोडल र उत्कृष्ट पुनः इन्जिनियरिङ गरिएको विमान हो, ७३७ म्याक्स । यो विमानको डेलिभरि २०१७ मा सुरु भएको थियो । हाल संसारभर ३ सय ७० वटा ७३७ म्याक्स सञ्चालनमा छन् भने ५ हजार विमान किन्नका लागि अर्डर पनि भइसकेका छन् ।

उड्डयन विश्लेषक रिचर्ड एबोलाफियाका अनुसार हालका बजार सानो भएपनि बोइङ ७३७ बोइङको भविष्यको सबैभन्दा ठूलो आयस्रोत हो । हरेका विमानको अर्डरको औसतमा मूल्य ५० मिलियन डलर छ जसको केही हिस्सा कम्पनीले लिइसकेको छ ।

Global Ime bank

अर्डर अब के हुन्छ ?

अमेरिकी संघीय उड्डयन प्रशासनको निर्णयअनुसार बोइङले तत्कालका लागि अस्थायी रुपमा नयाँ विमान डेलिभरि रोकेको छ । यद्यपी कम्पनीले विमान उत्पादन जारी राखेको जनाएको छ भने उत्पादन गति कम गर्ने कुनै योजना नभएको जनाएको छ । केही एयरलाइन्सले अर्डर रद्द गर्ने बताइसकेका छन् । जसमध्ये इन्डोनेसियाको गरुडले २० वटा जहाज खरिद अर्डर रद्द गर्ने बताइसकेको छ भने भियतजेटले पनि २५ बिलियन डलरबराबरको अर्डरबारे अनुसन्धानको नतिजाअनुसार सोच्ने जनाएको छ ।

बोइङको प्रतिस्पर्धा संसारको सबैभन्दा ठूलो विमान उत्पादक कम्पनी एयरबससँग छ । एयरबस ए ३२० बोइङ ७३७ को सबैभन्दा ठूलो प्रतिस्पर्धी हो । तर, एयरलाइन्स कम्पनीहरुका लागि विमान उत्पादक कम्पनी नै परिवर्तन गर्नु चानचुने कुरा भने होइन ।
फ्लाइट ग्लोबलका एसियाली व्यवस्थापन सम्पादक ग्रग वाल्ड्रोनका अनुसार दुवै कम्पनीका अर्डर पुस्तिका धेरै ठूला भइसकेका छन् । उनले भने, “एअरबसको अर्डर वर्षौंको लागि प्याक भइसकेको छ ।”

यसका अतिरक्त पाइलटलाई एयरबस चलाउने तालिम पनि दिनुपर्ने हुन्छ जुन सहज छैन । केही एयरलायन्स क्षतिपूर्ति माग्ने दाउमा छन् । नर्वेजियन एयर र चेक क्यारियर त्यस्ता केही कम्पनीमध्ये हुन् ।

एयरलाइन्सहरुलाई कस्तो प्रभाव ?

संसारमा एकदमै थोरै संख्यामा ७३७ म्याक्स सञ्चालनमा छन् । विमान ग्राउन्डेड एयरलाइन्स उद्योगको पिक समयमा भने भएको होइन, तसर्थ प्रभाव कमै अनुभव भएको छ । केही एअरलाइन्स भने उडानका चाप महसुस गर्न थालिसकेका छन् । अन्यले भने उडान प्रभावित भएको महसुस गरेका छन् । नर्वेजियन एयरलाइन्स स्वयम्ले ७३७ म्याक्सको स्थानमा ठूलो ७८७ ले उडान भरिरहेको छ । जसका कारण कम्पनीले थप भार भोग्नुपरेको छ । उपभोक्तालाई पनि असहज महसुस हुने गरेको छ ।

यसर्थमा बोइङ थप समय ग्राउन्डेड भए समस्या झन् जटिल हुनेछ ।

बोइङलाई कस्तो प्रभाव 

बोइङ ग्राउन्डेड भएयता कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटिसकेको छ भने कूल बजार पुँजीकरण २५ अर्ब डलरले कम भएको छ । यसको प्रभाव दीर्घकालसम्म पर्न सक्ने बताइएको छ । जानकारका अनुसार इथियोपियन विमान दुर्घटना लायन एयरको जस्तै कारण भएको अनुसन्धानबाट पुष्टि हुन आए कम्पनीले ठूलो क्षति हुनेछ । डिजाइनमै परिवर्तन गर्नुपर्ने हुनाले कम्पनीलाई थप भार पर्नेछ ।

तर, यो समय लामो नहुन पनि सक्ने बताइएको छ । बोइङजस्तो कम्पनीले यस्तो समस्या चाँडै समाधान गर्न सक्ने विश्लेषकहरुले टिप्पणी गर्दै आएका छन् । बीबीसीबाट 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC